फुलब्राइटको अपराजित यात्रा कायम नै

चाँगुनारायण नगरपालिकास्तरीय हाजिरीजवाफ प्रतियोगिताको उपाधी फुलब्राइटलाई

भक्तपुर, भदौ १८ । चाँगुनारायण नगरपालिकास्तरीय हाजिरीजवाफ प्रतियोगिताको उपाधी फुलब्राइट स्कुलले चुमेको छ ।
चाँगुनारायण नगरपालिकामा भएका तीन ओटा स्रोत केन्द्रमा आबद्ध विद्यालयहरुबीच छुट्टाछुट्टै प्रतिस्पर्धा गराइएको थियो र ती स्रोतकेन्द्रका विजेता दुई टोलीलाई प्रतियोगितामा समावेस गरिएको थियो । कृष्ण माध्यमिक विद्यालय खरिपाटीमा भएको कार्यक्रममा तीन ओटा स्रोतकेन्द्रको प्रतिनिधित्व गरी छ ओटा विद्यालयको सहभागिता रहेको थियो ।
विद्यालयबाट प्रतिनिधित्व गरेर गएका विद्यार्थीहरु रशिका आचार्य, आदेश खनाल, र सन्देश बूढाथोकीले विपक्षी समूहलाई एकसय १५ नम्बरले पछि पार्दै प्रथम स्थान हासिल गरेका हुन् । विजेता फुलब्राइटले दुईसय ३० अंक प्राप्त गरेको थियो भने प्रज्ञा ई. स्कुलले एकसय १५ अंक प्राप्त गर्दै द्वितीय स्थानमा चित्त बुझाएको थियो भने तृतीय साइनिङ ई. स्कुल भएको थियो ।
कृष्ण माध्यमिक विद्यालय खरिपाटीमा भएको सो हाजिरीजवाफ प्रतियोगितामा चाँगुनारायण नगरपालिकाका मेयर सोमप्रसाद मिश्रको पनि उपस्थिती रहेको थियो भने विजेतालाई पुरस्कार वितरण पनि मेयरले नै गरेका थिए । पुरस्कार वितरण समारोहमा बोल्दै मेयर मिश्रले विजयी विद्यालयलाई बढाइ ज्ञापन गर्नु भएको थियो ।

:1104 Views

Leave a Reply