फेरिल्यान्डले मनायो तीज

काठमाडौं । नरेफाटस्थित फेरिल्यान्ड मन्टेश्वरीले विद्यार्थी, अभिभावक, शिक्षक तथा कर्मचारीको उपस्थितिमा यसपालिको तीज विशेष रुपले मनाएको छ ।

विद्यार्थीहरुको कक्षागत नृत्य प्रस्तुतीबाट सुरु भएको उक्त कार्यक्रममा आमाहरुले विभिन्न खेलहरु खेलेका थिए । कार्यक्रमको अन्त्यमा अभिभावकलाई ¥याम्प वक गराएर आफ्नो नामको पट्टी बक्समा हाल्न लगाइएको थियो । स्कुलको कान्छो बालकलाई पट्टी निकाल्न लगाएर लक्की ड्र गरेर फेरिल्यान्ड तीज क्वीन छानिएको थियो । लक्की ड्रबाट राधा काफ्ले उक्त उपाधि जितेकी थिइन् । कार्यक्रमले अभिभावकसँगको सम्बन्ध सुधार हुने, साँस्कृतिक भेटघाट भएको विद्यालयका प्रिन्सिपल चन्द्रमा खत्रीले बताइन् ।

:314 Views

Leave a Reply