फ्रान्सका स्काउट टोली पनौतीमा

काभ्रे । पनौतीस्थित सामूदायिक बोर्डिङ्ग स्कूलमा संचालित हिमकुञ्ज स्काउट ट्रुपको आयोजनामा ३ दिने स्काउट क्याम्प सञ्चालन भएको छ । नेपालका ४० र फ्रान्सका १२ जना गरी ५२ जना स्काउटहरुले भाग लिएको उक्त ३ दिने आवासीय क्याम्पमा मेन्टल, फिजिकल र स्पीरीच्यूयल सम्बन्धी ज्ञान दिइएको थियो । अत्याधुनिक प्रविधीवाट व्यवस्था गरिएको कमाण्डो ब्रिज सहितको सुपरम्यान जम्प जस्ता खेल राखिएको उक्त क्याम्पको समापनमा स्काउटको लिडर ट्रेनर विजेन्द्र ध्वजु र लिडर सुचिता सुवाल सहितको उपस्थितिमा सामुदायिक बोर्डिङ्ग स्कूलका प्रिन्सिपल पूर्ण कुमार श्रेष्ठको अध्यक्षतामा र ज्ञानज्योति स्काउट ट्रुपका अध्यक्ष रमेश राजलवट, भाइस प्रिन्सिपल विमल कार्की, अतिरिक्त क्रियाकलाप उपसमितिका संयोजक प्रविण दाहाल तथा भक्तपुरका रोवोट रेञ्जर तथा स्काउट मास्टरहरुको सहभागितामा भएको थियो । समापनमा प्रमाण पत्र तथा प्रशंसा पत्र सहित मायाको चिनो वितरण गरीएको थियो । विदेश तथा स्देशका स्काउटहरु विच सहयोग तथा अनुभव साटासाट गर्ने क्रममा स्काउटले भेटघाट गराइदिएकोमा खुसी व्यक्त गर्दै नेपालको तर्पmवाट वविता तामाङ्ग तथा फान्सको तर्पmवाट बेलेलेले मन्तव्य दिएका थिए ।

:698 Views

Leave a Reply