बालबालिको अन्तरनिहित गुणलाई चिनौ र सहयोग गरौँ

हाम्रो घर समाजमा दिनदिनै सुन्छौँ एउटै आमाको पेटबाट जन्मेको बच्चा पनि कति फरक । किन यो यस्तो भएको होला मैले दुईजनामा केही फरक गरेको छैन र आजकल शिक्षाको भाषामा हरेक बच्चा (मान्छे) फरक ( every child is unique ) भनेर सुन्छौँ ।

हो हरेक बच्चा, हरेक मान्छे फरक हो । एकले अर्कालाई फरक बनाउने उसको इच्छा, चाहना, बानी, ब्यवहार र यी सबै कुरालाई असर पार्ने अन्तरनिहीत क्षमता र गुण । हरेक मान्छेमा अन्तरनिहीत क्षमता र गुण हुन्छ । अन्तरनिहीत क्षमता वा गुण भन्नाले ऊ जन्मेसँगै बोकेर आएको क्षमता । हामी देख्छौँ कोही गीत गाउन, नाच्न, बोल्न, … गर्न आदी । हामीले संसारमा हेर्दा भने त्यही मान्छे सफल भएको छ जसले आफ्नो क्षमतालाई चिनेर अगाडी बढ्न सक्यो ।

हामी अभिभावकले यो कुरा बुझ्न सक्यौँ, आफ्ना बालबालिकाका क्षमता चिन्न सक्यौँ र त्यही अनुसार सहयोग गर्न सक्यौँ भने हाम्रा हरेक बालबालिकाले खुशीको संसारमा रमाउँछ । ऊ संसारको सफल ब्यक्ति बन्न कसैले रोक्न सक्दैन । हामीले बालबालिकासँग नजिक बसेर, उसको कुरा सुनेर, उसँगै उसको इच्छा, आकांक्षा बुझ्न सकिन्छ र उसको अन्तरनिहीत गुणलाई चिन्न सकिन्छ ।

बालबालिकालाई चिन्ने, बुझ्ने, सुन्ने ब्यक्ति नै आमाबुबा हो । आमाबुबाको हौसला, पे्ररणाले बालबालिकाले जीवनको कुनै पनि समयमा पछाडि फर्केर हेर्नु पर्दैन ।

हामी अहिले समाजमा देख्छौँ आमाबुबा आफ्ना छोराछोरीलाई हप्तामा एक चोटी रेष्टुरेन्ट लग्ने, समयमा फिल्म देखाउने, घुम्ने कुरामा धेरै जोड दिएको देखिन्छ र यसलाई नै मैले उसको इच्छा अनुसार सबै गरिदिएको छु, पु¥याईदिएको छु भनेर घमण्ड गर्छन् । अनि फेरी अभिभावकको चाहना पढाई, लेखाईमा राम्रो होस् भन्ने छ । स्कुल गतिविधिमा उत्कृष्ट गायक, उत्कृष्ट नर्तक होस् भन्ने छ । वक्तित्वकला, नाटकमा पनि मेरै बच्चा राम्रो होस्, गरोस् भन्ने छ । यी सबै कुरा आशा गर्नु नराम्रो होइन । तर यसको लागि अभिभावकले कसरी, कति सहयोग गरेको छ । पढाई, लेखाई राम्रो होस् भन्ने चाहना राख्ने अभिभावकले बच्चाले एउटा नयाँ किताब पाठ्यपुस्तक बाहेकको किनिदिनुप¥यो भने नचाहिने ठाउँमा खर्च ग¥यो, अस्ति किनेको किताब नै पढको छैन । खुरुक्क पाठ्यपुस्तक पढ भनेर गाली नै गरेको हुन्छ । बालबालिकाको पढाई, लेखाई राम्रो हुन शब्द भण्डार राम्रो हुनुपर्छ । शब्दभण्डार राम्रो हुन धेरै किताब पढ्नुपर्छ । किताब घोकेर शब्द भण्डार राम्रो हुदैँन । बच्चा सुझबुझ होस् भन्ने चाहना छ तर ब्यवहारिक ज्ञान सिकाउन हामीसँग समय छैन । तिम्रो पारामा लाग्यो भने काम कहिले सकिन्न । सुझबुझ भन्ने कुरा ब्यवहारिक ज्ञान सिपबाट आउँछ ।

हामीले बालबालिकाको कृयाकलापलाई नियाल्यौँ भने ऊ केमा राम्रो छ भन्ने कुरा ठम्याउन सकिन्छ । हामीले अभिभावकबाट सुन्छौँ जति खेर पनि नाचिराखेको छ, चित्र कोरिराखेको हुन्छ, ऐना हेरेर बस्छ, क्राफ्त गरेर बस्छ, बेसी बोल्छ, सामान बिगारेर, फुटाएर हेर्छ, विरुवा देख्यो कि उखालेर हेर्छ, आकाशमा हेरेर टोलाएर बस्छ, जनावर पायो कि खेल्न थाल्छ यस्तै यस्तै । यी नै हुन उनका क्षमता । यी नै हुन कलाकार, वैज्ञानिक, व्यापारी, गायक, कलाकार तर अभिभावक त्यही बालबालिकाको क्षमतालाई दुश्मन ठानेर दिनको दुईतीन पल्ट झगडा गरेको हुन्छ । हामीले संसारका सफल मानिसलाई हेर्यौ भने अभिभावकको ठूलो भूमिका देख्छौँ । संसारको धनी ब्यक्ति बिल गेट्स हवार्ड जस्तो विश्वविद्यालयबाट ड्रपआउट हुँदा त काम नलााग्ने मान्छे भनेर उसको चाहना अनुसार सफ्टवेयर बनाउन सहयोग र वातावरण मिलाईदियो । अल्बर्ट आइन्सटाइनको आमाले शिक्षकले लेखेको चिठ्ठी तिम्रो छोरा एक नम्बरको निकम्मा, काम नलाग्ने बालक हो भनेर दिएको चिठ्ठीलाई देखाउन त भएन तर साथै शिक्षकले तिमी एकदम बुद्विमान हो भन्ने कुरा आमाको आफ्नो बच्चाप्रतिको विश्वास नै ति ब्यक्तिहरु महान् हुन सहयोग गरेका हुन् । यस्तै संसारमा धेरै उदाहरण छन् ।

बिरङ्गना महर्जन
प्रिन्सिपल
सुदेशा स्कुल, नख्खु, ललितपुर

:551 Views

Leave a Reply