बालसंरक्षणका १८ विद्यार्थी दीक्षित

ललितपुर, २६ चैत्र । ललितपुरको लुभुस्थित बाल संरक्षण बाटिका स्कुलको अभिभावक दिवस सम्पन्न भएको छ । शनिबार भएको वार्षिकोत्सवको अवसरमा महालक्ष्मी नगरपालिका वडा ८ का अध्यक्ष विश्वराज श्रेष्ठले प्रि–प्राइमरि सकाएका १८ जना विद्यार्थीलाई दीक्षित गरिएको थियो । विद्यार्थीले विभिन्न साँस्कृतिक क्रियाकलाप गरेर अभिभावकलाई मनोरञ्जन दिएका थिए । कार्यक्रममा विद्यालयले महालक्ष्मी नगरपालिका वडा ८ का सदस्यहरुलाई स्वागत सम्मान पनि गरिएको थियो भने विद्यालय अध्यक्ष प्रेरणा खरेलले विद्यालयमा सरस्वतीको मूर्तिको स्थापना गरेकी थिइन् ।

:539 Views

Leave a Reply