बालाचतुर्दशी संस्कार

बाह्र महिनाव्यापी एक वर्षको चक्रयाम÷समयचक्र सौर्यममण्डलका हाम्रै बासस्थान पृथ्वी ग्रहकै गतिअनुरूप घुमफिरी सालबसाली उही बिन्दुमा आइरहन्छ । त्यसैले प्रत्यक ऋतुहरू अनि ऋतुअनुसारका मौसमी चाडपर्वहरू हाम्रामा आइपुग्छन् । तिनका आगमनमा हामी रमाउने गर्छौँ । हाम्रा तिनै रमरम रमाईभित्र अनेक उष्णहरू रहेका हुन्छन् । उष्ण भन्नु अदृश्य उर्जाशक्ति हो । त्यसका अभावमा हाम्रां दैनिक भनौं या भौतिक शरीर शिथिल हुन्छन् । बालाचतुर्दशी पर्व पनि उस्तै एक पर्व हो ।

पाठक महानुभावका मनमा चसक्क चस्किँदो हो… ! कसरी ? अन्तरभावना÷दृढसंकल्पले गरे, गरिएका यावत काम अमूर्त रूपले हामीमा उर्जा थपिरहेका हुन्छन् चालै नपाइने गरी ! हामी स्वच्छ, शुद्ध पौष्टिक आहारहरू लिन्छौँ, खान्छौँ । तिनले हाम्रा अङ्गप्रत्यङ्गलाई सक्षम, कर्मठ, बलवान, समर्थ पारिरहेका हुन्छन्, छन् नै ! स्वच्छ हावा, निर्मल पानी, विकिरण बिनाको उज्यालो तेज, असीम, अदृश्य आकाश तत्व, सार्थक पृथ्वीतत्व वालाचतुर्दशी पर्वका रमणका क्रममा संचय गर्छौँ हामी । स्वच्छ र स्वच्छ पानी प्रबहमान गतिशिल नदीको धार हो ।

बालाचतुर्दशीका योगमा सखारै स्नान गर्छौँ हामी । जिउमा स्फुर्ति बढाईदिन्छ त्यसले । खुल्ला हरियालीयुक्त जीवात्माहरूका बासस्थान जङ्गलमा केही घण्टा घुम्छौँ हामी बालाचतुर्दशी पर्वका अवसरमा । प्रदुषणमुक्त हावामा फेरिएको श्वाँस–प्रश्वाँसले मुटुलाई स्वस्थ, स्वचालित राख्न बल पुर्याउँछ । स्वच्छ प्राङ्गारिक कृषिकर्मका उत्पादन हरियो साकाहारी भोजनले शरीरलाई स्वच्छरूपमा स्वस्थ बनाउन योगदान गर्छ बालाचतुर्दशीका रमण परिभ्रमणले ।

झट्ट हेर्दा अन्धविश्वासको पोल्टोमा पालिएको परम्परागत धार्मिक संस्कार झै लाग्ने यो बालाचतुर्दशी मेला निकै अर्थपूर्ण छ । आफै जीवन जन्मका श्रोत गर्भ बनेका माता–पिता, पिता पूर्खाका पनि दिवङ्गत पूर्खाहरूप्रति अन्तरमनका श्रद्धाभावले छर्ने सतबिज–अन्नका दानाहरू सप्तर्षितुल्य पुर्खाको आदरसम्मान श्रद्धा श्राद्ध न्यायोचित कृतज्ञता हो । हाम्रा संस्कृतिमूलक संस्कारले ऐतिहासिक परम्परालाई नतमस्तक अँगाल्छ, जगेर्ना गर्ने प्रेरणा प्रदान गर्छ, गरिरहेको छ । यस्ता लिखित संरचनाले प्रबुद्ध पाठक–मूलत शिक्षण शिक्षा पेशागत मित्रजनलाई सायद कुनै हदसम्म अन्तरप्रेरणा दिने भूमिका खेल्नसके नै रचनाकार, पत्रकार, सम्पादक–सम्पादिका सबैको बर्चस्व कायम गर्न सघाउँदो हुन्छ । विद्या आर्जन गर्ने घर मन्दिर–विद्यालय, विद्याश्रमहरू नै यस्ता सांस्कृतिक पर्वहरूको नाभिस्थान बुझ्ने प्रयासबाट टाढिन पुगे हाम्रा आदिम आर्य संस्कृतिका सार्थक तत्वका आयामिक तत्वबोधहरू नहुँदो हो! यसो होस् भन्ना खातिरै संचार सयन्त्रका महिमा गान गाईनु पर्ने हुन्छ ।

सतबिज आफ्ना दिबंगत आत्माको सम्झनामा चलाइएको संस्कार हो । श्लेषमान्तक र गुहेश्वरी परिसरमा आर्यघाट र गौरीघाट वरपर छर्दा ती सतबिज खेर जान्न । ती अन्नका दाना त्यहाँ रहेका चराचुरुङ्गी, बानर साथै अरु जीव जन्तुहरूले समेत खाने गर्छन् ।

बालाचतुर्दशीको महिमा धान, गहुँ, अक्षता, सानु केराउ, जौँ, कालोभटमास, तिल आदि सप्त बिज छर्नु हो । काठमाडौँमा पशुपति आर्यघाट परिसरका श्लेषमान्तक बन तथा गौरी घाटमा स्थापित गुुह्यश्वरी परिसरमा रमण गरिने परम्परा छ । संस्कृतिका एक आधारभूमि रहेका परम्परा हाम्रा वर्चश्वशाली समाजको आधार पाटो रहे, बनेको छ । यी प्रकृति प्रदत्त जीवजन्तुयुक्त हरियो बन, तहतहका हरिया थुम्का, पर्बत श्रृंखला, नदीनाला आदिले गर्दा वागमति किनारको यो भूमि पूण्यभूमि कहलिएको छ । ऐतिहासिक, सांस्कृतिक एवम् भौगोलिक पर्यावरणकै कारण त्यहाँ सतबिज छर्ने गरिएको हो ।

सतबिज आफ्ना दिबंगत आत्माको सम्झनामा चलाइएको संस्कार हो । श्लेषमान्तक र गुहेश्वरी परिसरमा आर्यघाट र गौरीघाट वरपर छर्दा ती सतबिज खेर जान्न । ती अन्नका दाना त्यहाँ रहेका चराचुरुङ्गी, बानर साथै अरु जीव जन्तुहरूले समेत खाने गर्छन् । पहिले हामी बालक, युवा अवस्थामा छँदा त्यहाँ अहिलेभन्दा बढी ढुकुर, सुगा, जुरेली, धोबीचरा साथै अन्य जीवजन्तुहरूका बासस्थान बनेको थियो । पुस्तैपिक्षे त्यहाँ बन्यजन्तु लोप हुँदै आएको पाइन्छ । मेरै बालयुवा अवस्थामा आफैले देखे–भोगेको कतिपय अचेल आँखा सामुन्ने पर्दैन ।

बालाचतुर्दशी पर्वमात्र परम्परागत संस्कारका रूपमा चलिआएको संस्कृतिलाई झैँ निम्तो पौराणिक मात्र ठान्नु हुन्न । यसले हाम्रा धार्मिक, साँस्कृतिक परम्पराभित्र अन्तरनिहित तत्ववोध पनि गर्न सक्नुपर्छ । विश्लेषण गरौँ अलिकति । धार्मिक आस्थाका आधारमा अडेको ठानिए पनि त्यसलाई नकार्नु पर्दैन सरासर । धर्म भनेकै आस्था हो ।

बालाचतुर्दशी मेला दिवंगत आत्माका स्मृतिमा रमण गरी सतबिज छर्ने पर्व भएकोले पितृप्रतिको असीम श्रध्दा व्यक्त गर्ने संस्कार हो । मात्र यसले त्यति नै होइन, बरु यसप्रति पारम्परिक स्थानीय र आन्तरिक पर्यटनका सत्यनिष्ठ पनि खोतल्नु आवश्यक छ । स्कुल, कलेज र विश्वविद्यालयका गुरुवर–गुरुबा, गुरुमाहरूले धीरतासाथ आत्मचिन्तन गर्नुपर्छ ।

यस सन्दर्भमा धर्मको पारिभाषिक अर्थ आफ्नो पारम्परिक संस्कृतिलाई युगीन परिप्रेक्षका नवदृष्टि फैलाउन सक्नु हुन आउँछ । सार्हेचार बीस र पचासीवर्षे जीवनयौवनको यो तन्नेरी सौगात प्रिय पाठक महानुभावमा इमानधर्मसाथ मेरो ।

बालाचतुर्दशी मेला राजधानी उपत्यकामा मात्र सीमाबध्द छैन । नेपाल राष्ट्रकै सांस्कृतिक आस्थावान आम राष्ट्रपे्रमी नागरिकहरूले सातै प्रदेश अन्तर स्थानीय आवहवा अनुकूल मानी आएका छन् पनि । आम नेपाली जनताले मौलिक बालाचतुर्दशी, मेला–पर्व राष्ट्रब्यापी रूपमै परिचालन गरिआएका छन् । यो पर्व–मेला आम नेपालीकै लोकप्रिय संस्कार रहे, बनेको छ । कृषिबाला समाजका हाम्रै बन्धुहरू सतबीजका मूलसराजाम अन्नाका गेडीगुडीहरू विशुद्ध विउबिजन मान्दछन् । यसै धारणाअनुसार सतबिजलाई पवित्र भूमिमा छर्दा वनजङ्गगलमा छरी कुहिएका जति बनीय प्रांगारिक मल बन्ने धारणा राख्छन् । अरु केही अलग्ग धारणा राख्छन् । कुण्डकुण्ड पानी मुण्डमुण्ड विचार हुनु त मानिसका चेत गुणस्तरीय स्वभाव नै हो ।

सतबिज संस्कृतिका संस्कार यसरी चलिआएको छँदाछँदै पनि नौवटा अन्नका बिज पनि छर्ने परस अन्तर देखिने गरी नौ विजहरू मिसाई छर्ने प्रति असहमति गरेका छैनन् । यो सामञ्जस, समावेशी सहकार्यमुखी समाजको नेपाली स्वरूप रहे, बनेको मान्नु पर्दछ । पहेँलो तोरीको बिऊ र रायोको बिऊ गेडाहरू थपेर छर्नेहरू पनि अद्यावधिक छन् । त्यस्तै थप केही कण्डमूल–सखरखण्ड, पिँडालु, मुलाका ससाना टुक्राटुक्री मिसाएर छर्ने गरेको पनि छ ।

चेतना स्तरको गुणक्षमता अनुरूप मानिसका विचार मत फरकफरक नै हुन्छन् । यसैले सतबिज शब्दले एकदम निश्चित नाम र अङ्क नै किटान गरी दिएको आदि अर्थ बोध त गरिनै दिएको छ सात किसिमका बिजबिजन । तथापि कसैकसैले आफ्नै विवेक बल प्रयोग गरी प्रतिपादन गरिएका थप बिजबिजन छर्ने प्रथा शेषपछि आफ्नो सन्ततिले त्यसैलाई आदिम मानिकन थपथाप गरी छर्ने गरेका छन् पनि । पुस्तान्तरण भएपछि कालान्तरका समयमा त्यही कुलीन बन्न पुग्छन् । संस्कार र संस्कृतिको फड्को यसरी नै हुँदै लिँदै आएको छ । सतबिज संस्कृतिका संस्कार यसरी चलिआएको छँदाछँदै पनि नौवटा अन्नका बिज पनि छर्ने परस अन्तर देखिने गरी नौ विजहरू मिसाई छर्ने प्रति असहमति गरेका छैनन् । यो सामञ्जस, समावेशी सहकार्यमुखी समाजको नेपाली स्वरूप रहे, बनेको मान्नु पर्दछ । पहेँलो तोरीको बिऊ र रायोको बिऊ गेडाहरू थपेर छर्नेहरू पनि अद्यावधिक छन् । त्यस्तै थप केही कण्डमूल–सखरखण्ड, पिँडालु, मुलाका ससाना टुक्राटुक्री मिसाएर छर्ने गरेको पनि छ । अहिलेलाई बालाचतुर्दशीका प्रसंग टुङ्याउनुअघि आफ्नै बालापनको एक अनुभूति पस्काउन चाहन्छु ।

हजुरआमाले मलाई निकै मनपराउनु हुन्थ्यो । ए किसानी ! बालाचतुर्दशी मेला भर्न जाऊँ…! ‘यही भक्तपुरमा कि पशुपतिमा’ मैले जिज्ञासा राखेँ । हजुरमाले पशुपति–गुहेश्वरी जाऊँन हुन्न…? भन्नुभयो । मनलागेको ठाउँमा जान हौसिएँ । हजुरमाले पशुपति आर्यघाटमा स्नान गर्नुभयो । पेटीकोट धोइवरी सकेसम्म पानी निचोरी आफ्नै पटुकामा गुट्मुट्याई बेर्नुभयो । त्यसबेला अचेलझैँ प्लास्टिके झोलाहरू विकास भएको थिएन । बालाचतुर्दशी भ्रमण गर्दागर्दै एउटा अजङ्गे बानरले खानेकुरा ठानी लुछ्नै झम्टे । पटुका धुजाधुजा भयो । तर्सेँ म त सातो झर्ने गरी… । बालापनको बालाचतुर्दशी मेला जाँदाका अनुभवको स्वाद अझै नि झसझसाउने गर्छ मभित्र…।

तेजेश्वरबाबु ग्वंगः

 

:385 Views

Leave a Reply