बालिका सम्मेलनको पाठ : दुर्व्यवहार सहन्नौं

भक्तपुर । गाई, भैंसीको गोठ । त्यसको माथिल्लो तलाको भुर्इंमा ओछ्यान राखी कोठामा रोइरहेकी एक बालिका । आफू किन पुरुष भइँन ? भन्दै आफू केटी हुनु परेकोमा धिक्कार गर्दै १२ दिनसम्म त्यही कोठामा बसेर उज्यालो देख्न तड्पिरहेकी उनी । भक्तपुरको गुण्डुमा बस्ने मनिषा खड्का १ वर्ष अगाडिको त्यो क्षण सम्झन्छिन् । उनी सो कोठामा लुक्नुको कारण थियो, उनको पहिलो महिनावारी ।

१२ दिनपछि उनी बाहिर त निस्कन पाइन् तर पनि घरको एउटा कोठाबाट अन्त कतै छिर्न पाइनन् २२ दिनसम्म । उनी भन्छिन्, ‘पहिलो पटक महिनावारी हुँदा दाजु भाइ र बुवालाई मात्र नभई घरको धुरी र सूर्यलाई पनि हेर्नु हुँदैन रे।’ पढेलेखेकी उनले १४ वर्षको उमेरमा लुक्नलाई अस्वीकार नगरेकी भने होइनन् । तर…….

त्यो उनको पहिलो अनुभवले उनलाई दिक्क बनायो तर पनि फेरि एक महिना बिते पछि ७ दिन त्यसै गरी लुक्नुपर्यो, उनलाई त्यही चोटामा ।

‘आज पनि यो महिनावारी मान्न मनपर्दैन मलाई, तर आमाको खुसीको लागि बारिदिन्छु’ उनले दुखेसो पनि पोखिन्, र योजना पनि सुनाइन्, ‘म पछि आफ्नो छोरीलाई बार्न लाउँदिन।’

‘सक्षम बालिकाः समृद्ध नेपाल’ भन्ने नाराका साथ आयोजना गरिएकोे ‘प्रथम नगरस्तरीय बालिका सम्मेलन’बाट उनले महिनावारीलाई किन पहिला बारिएको भन्ने बारेमा थाहा पाइन् र त्यो समयको लागि राम्रो भए पनि अहिले यो आवश्यक नरहेको उनले महसुश गरिन् ।

साथै उनले सम्मेलनबाट अन्य धेरै कुरा सिकिन । पहिला उनलाई कसैले दुव्र्यवहार गरेमा कहाँ गएर रिर्पोट गर्ने थाहा नभएको र यही सम्मेलनमा प्रहरीले रिपोर्ट गर्ने प्रक्रियाको बारेमा बताए । उनले अबदेखि नडराई आफ्नो रक्षा आफै गर्नुपर्ने र यदि कसैले दूर्व्यवहार गर्यो भने त्यसको प्रतिकार गर्ने, आवश्यक परे पुलिसमा रिपोर्ट पनि गर्ने बताइन् । बसमा आफू एक्लै हुँदा कसैले दूर्व्यवहार गरेमा कसरी आफ्नो रक्षा गर्ने जस्ता कुरा सिक्दा उनी यो सम्मेलनमा भाग लिएकोमा खुसी भइन् ।

सम्मेलनबाट उनी मात्र होइन उनकी साथी रुसाली राजथला पनि खुसी छिन् । उनले यो सम्मेलनबाट कसरी अरुले आफूलाई फकाउँदो रहेछ र अब आपूmलाई कसैले तिमी कति राम्री र कतै जाऊ भनेर फकाएमा जान नहुने कुरा सिकेको बताइन् । साथै महिनावारी हुँदा सफा कपडाहरु लगाउनुपर्ने र अन्य सरसफाइमा ध्यान दिनुपर्ने कुरा थाहा पाएकी छिन् ।

प्रकृति थापा ९ वर्षमै महिनावारी भइन् तर उनले पहिलोपटक महिनावारीमा आफ्नै कोठामा बसिन र पछिसम्म महिनावारी नकारेकी उनले २ वर्षदेखि हजुरबुवा आफुसँग बसेकोले गर्दा मात्र बार्ने गरेको बताइन् । ‘कोही महिनावारीमा गोठमा बस्ने भन्दा म छक्क परेँ, म समाजसेवा गरेर यो महिनावारी र अन्य कुरामा मानिसहरुलाई जनचेतना जगाउन चाहन्छु ।’ उनले भनिन् ।

सूर्यविनायक नगरपालिकाको आर्थिक सहयोग र युवाका साथ साथ आवाज नेपाल, युवालय र ओरेक नेपालको सहकार्यमा सुर्यविनायक नगरस्तरिय बालसंरक्षण तथा सम्वद्र्धन समितिले मंगलबार र बुधबार दुईदिने बालिका सम्मेलनको आयोजना गरी बालिकाका विभिन्न पक्षलाई समावेश गरिएको थियो ।

बलात्कार, बालिका हिंसा र दूर्व्यवहारका घटना बढ्दै गएपछि सूर्यविनायक नगरपालिकाले आफ्नो नगर क्षेत्रभित्रका बालिकालाई आत्मरक्षा सीप र अन्य विविध विषयमा जोड दिइएको सूर्यविनायक नगरस्तरीय बालसंरक्षण तथा सम्वद्र्धन समितिका सदस्य सचिव दिपेश विसुन्खेले जानकारी दिए । कार्यक्रममा विभिन्न व्यक्तित्वको अनुभव, आत्मरक्षा सम्बन्धी सीप, नेतृत्व विकास, बालिकालाई के समस्या आउन सक्छ र यसलाई कसरी समाधान गर्ने, नेपालको संविधानले बालिका हकअधिकारसम्बन्धी गरेको व्यवस्थाका बारेमा बालिकालाई जानकारी गराइएको थियो ।

सूर्यविनायक नगरपालिकाले आफ्नो नगरलाई बालमैत्री नगरपालिका बनाउने लक्ष्य लिएर सो सम्मेलन गरेको हो । बालमैत्री बातावरण र बालबालिकाको आवश्यकता अनुसारको भौतिक संरचना बन्नुपर्ने विषयमा नगरलाई सुभाmव सहितको दबाब दिने सचिव विसुन्खे बताउँछन् ।

नगरका १० वडा र सूर्यविनायकका दुई स्रोतकेन्द्रमा पढ्ने विद्यार्थी गरेर १ सय १० बालिका सहभागी सम्मेलनमा बालिकाहरुले आफ्नो सुरक्षाका विषयमा नगरले गर्नुपर्ने कार्यका बारेमा लेखेर घोषणापत्र बुझाएका छन् ।

बालिका सम्मेलनको ९ बुँदे घोषणापत्रमा बालिका त्रसित हुने गरी भइरहेको मानवता विरोधी जघन्य अपराधका घटना रोक्न दोषीलाई कडा कारवाही गर्न र पीडित परिवारलाई राहत र पुर्नस्थापना गर्न, स्थानीय सरकारले बालिका तथा किशोरीमा हुने बालविवाह, लैङ्गिक विभेद, महिनावारीमा हुने छुवाछूत, शारीरिक तथा यौनजन्य दूर्व्यवहार र हिंसा निषेध गर्न माग गरिएको छ ।

बालिकाको चौतर्फी विकासका लागि बालिका तथा किशोरी सम्बन्धमा विशेष नीतिगत कार्यक्रम गरी बालमैत्री नगर बनाउन र नेपालको संविधानले भने बमोजिम बालबालिकाको रुचि अनुरुप रहेर नगरपालिकाले काम गर्न अनुरोध गरिएको छ ।

अहिलेका बालिका पिछडिनु भनेको पछिका बालिका पिछडिनु हो भन्दै विभिन्न क्षेत्रमा छात्रालाई सशक्तिकरण गर्नुपर्ने र नगरपालिकाबाट बालबालिकाका लागि कम्तीमा १० प्रतिशत बजेट विनियोजन गर्नुपर्नेमा घोषणापत्रमा जोड दिइएको छ ।

बाल दूर्व्यवहार, बाल हिंसा, बालश्रम, बालविवाह र अन्य सामाजिक कूरीतिबारेमा विद्यालय पाठ्यक्रममा समावेश गर्नुपर्ने, प्रत्येक विद्यालयमा किशोरी मैत्री शौचालय र निःशुल्क सेनिटरी प्याडको व्यवस्था गरिनुपर्ने घोषणापत्र मार्फत माग गरिएको छ ।

:774 Views

Leave a Reply