बिए पास गर्ने बनेपाको पहिलो व्यक्ति ज्ञानकाजी मानन्धर

मोहनलाल खिङ मानन्धर मेरो बुवा ‘द म्यान अफ कल्चर’ भनेर चिनिनुहुन्थ्यो । मेरो बुवाले एकदम मेहेनत गरेर मलाई शिक्षित बनाउनु भएको हो । मलाई मेरो बुवाले भाषा विद्यालय, आधार विद्यालयमा पढ्न पठाउनु भयो । वि.स २००७ सालमा प्रजातन्त्र आएपछि आजाद हाइ स्कुल स्थापना भयो र त्यहाँ भर्ना भएँ । हामीलाई कक्षा ४ मा भर्ना गरियो । ६ महिनामा कक्षा चढाएर ५ मा भर्ना गरि यो र फेरी ६ महिनापछि नै कक्षा ६ मा भर्ना गरियो । त्यसपछि शिक्षकहरूले कक्षा ७ मा भर्ना हुन काठमाडौँ जान पर्ने भन्नुभयो र त्यहाँ कक्षा ७ मा होइन कक्षा ८ मा भर्ना हुनु भन्नु भयो । शान्ति निकुञ्ज विद्यालयका हेडमास्टर त्यतिखेर भक्तपुरका गजसुन्दर प्रधानले कक्षा टप गर्न चाहना भएकाले दरखास्त दिनु भनेर भन्नुभयो । मैले पनि दरखास्त दिएँ र पास पनि भइयो । कक्षा ८ र कक्षा ९ मा पनि ६ महिनामात्र पढियो र कक्षा १० मात्र त्यस्तो कक्षा हो जहाँ एक वर्ष पूरा पढियो ।

आइए र बिए नै त्रिचन्द्र क्याम्पसबाट गरेँ । भक्तपुरका साथी (स्वर्गीय) ध्रुवनारायण कायस्थ र लक्ष्मणदास बैद्य हामीसँगै पढेका थियौँ । त्यतिबेला पैसा थिएन, एसएलसी पढ्दा बुवाले मासिक नगद रु १० दिनुहुन्थ्यो । ५ रुपैयाँ विद्यालयमा बुझाउथेँ र ५ रुपैयाँले महिनाभरिको खर्च पुर्याउँथे । काठमाडौँको झोछेँमा बसेर विद्यालयको पढाइ पूरा गरेँ । बत्ति भएको कोठा भाडामा लिनलाई आफूसँग पैसा थिएन । विद्युत नभएको कोठामा टुकी बत्तिलाई बाकसभित्र राखेर त्यसकै उज्यालोमा कालो धुवाँ पचाउँदै पढ्ने गर्थेँ । पैसाको अभावकै कारण एसएलसी सकिएपछि आफू पढ्दै ट्युशन पनि पढाउन थालेँ । थोरै जनालाई पढाउन सुरु गरेको ट्युशनमा मैले पढाएको राम्रो लाग्यो भन्दै थप मान्छेहरू आउन थाले ।

म बनेपाको बिए पास गर्ने पहिलो व्यक्ति हुँ । वि.स २०१७ सालमा बिए पास भएपछि यसै ठाउँका प्रतिष्ठित व्यक्ति मानिने आशकाजी बैद्यले मलाई आजाद विद्यालयमा पढाउनको लागि आग्रह गर्नुभयो । पहिला त नगर्ने सोच थियो तर पछि उहाँको प्रोत्साहनले बनेपामै बसेर काम गर्ने सोच बनाएँ । मैले अंग्रेजी विषय पढाउन सुरु गरेँ । पहिलादेखि नै ट्युसन पढाएकोले सो विद्यालयमा मैले पढाउँदा विद्यार्थीहरू छक्क पर्थे । उनीहरू भन्थे ‘यो मास्टरले त पुस्तक नै नहेरी राम्रोसँग पढाउने’ ।

बत्ति भएको कोठा भाडामा लिनलाई आफूसँग पैसा थिएन । विद्युत नभएको कोठामा टुकी बत्तिलाई बाकसभित्र राखेर त्यसकै उज्यालोमा कालो धुवाँ पचाउँदै पढ्ने गर्थेँ । पैसाको अभावकै कारण एसएलसी सकिएपछि आफू पढ्दै ट्युशन पनि पढाउन थालेँ ।

प्रौढहरूले पनि शिक्षा पाउनुपर्छ भन्ने हेतुले वि.स २०१८ सालमा प्रौढ शिक्षा निकेतन विद्यालय खोलियो र त्यहाँ बिहानी कक्षा सञ्चालन हुन्थ्यो । त्यस विद्यालयमा मैले पनि पढाउन थालेको थिएँ । केही समयपश्चात म सो विद्यालयको हेडमास्टर पनि बनेँ । वि.स २०२८ सालमा नयाँ शिक्षा योजना लागु भएपछि वि.स २०२९ मा दोलालघाटको फलातेमा हेडमास्टरका रुपमा मलाई सरुवा गरियो । महिनाको चार सय रुपैयाँ तलब पाउँथे । एक सय रुपैयाँ हेडमास्टर भत्ता थियो ।

६ महिनापश्चात अर्को विद्यालय बनेपामा धेरै व्यक्तिहरूले मलाई शिक्षकको रुपमा सम्मान गर्नुहुन्छ । अहिले पनि मेरो विद्यार्थी जुन पदमा गएको भएपनि मलाई भेट्दा श्रद्धापूर्वक सम्मान गर्छन् । किनकि मलाई थाहा छ म आफ्नो काम इमान्दारीपूर्वक गर्थेँ । प्रत्येक व्यक्तिको कापी समय लगाएर हेरेर त्यसमा सच्याउनुपर्ने कुराहरू सच्याइदिन्थेँ । म सबैलाई सहयोग गर्थेँ । त्यतिबेला बनेपाका मानन्धरहरु निकै पछाडि थिए । पढेलेखेका मानन्धरहरु खोज्न पथ्र्यो । मानन्धर समुदायको उत्थान गर्न पर्छ भन्ने मलाई लागिरह्यो । त्यसको लागि शिक्षा पहिलो र उत्कृष्ट माध्यम हो भन्ने मलाई लाग्यो । मैले उनीहरुको लागि एउटा विद्यालय स्थापना गर्न सोचेँ र त्यो समयमा जिल्ला शिक्षा कार्यालयदेखि लिएर हेडक्वाटर नै यहि बनेपामा भएकोले सहज पनि भयो । चैतन्य विद्यालय नामकरण गरी एउटा विद्यालय दर्ता गरेँ । विद्यालय दर्ता त भयो तर अब समस्या थियो, विद्यार्थीलाई पढाउने ठाउँको । मैले आफ्नो घर को छिँडीमा राखेर पढाउन थालेँ ।

शिक्षकहरूले ठाउँ पुगेन, पढाउन असहज भयो भनेर गुनासो गर्दै सल्लाह दिनुभयो, ‘पढाउन ठाउँको समस्या छ । पर्तिजग्गा धेरै छ, त्यहाँ भवन बनाऔँ । त्यसको लागि लगानी गर्नुपर्यो ।’ त्यस्तो सल्लाह पाएपछि मैले विद्यालयको लागि भवन बनाउने योजना बनाएँ । सरकारले आधा र आधा पैसा टोलबाट उठाउन सके त भवन बन्थ्यो भन्ने लाग्यो । त्यतिबेला विद्यालय भवन बनाउन टोलबाट उठेको पैसा भनेको जम्मा तीन मोहर थियो । पैसा नदिएपनि टोलका मान्छेले भवन बनाउन ढुङ्गा ओसार्ने काम गरिदिए । उनीहरुले श्रमदान गरे जसको मुल्य कति पर्छ थाहा छैन ।

रामप्रसाद मानन्धर ( उहिलेका ५ मुलुकका राजदूत) काकासँग यस विषयमा कुरा गरेँ । उहाँले उहाँसँग पढेका साथी भारतका चन्द्रशेखरलाई फोन गरेर सहयोगको कुरा गरिदिनुभयो र म उहाँले भनेझैँ दरखास्त लेखेर त्यहाँ गएँ । भार तीय दूतावासको पनि सहयोग लिएर विद्यालय भवन बनाउने काम सम्पन्न गरि यो । चैतन्य क्याम्पस पनि दर्ता गरेँ । क्याम्पस भवन बनाउन मैले आफ्नै जग्गा पायक पर्छ भन्ने लागेर केही रकम लिएर आफ्नै जमीन दिइ त्यसमा क्याम्पस भवन निर्माण गर्न दिएँ । यसरी विद्यालय, क्याम्पस, प्रौढ कक्षालगायत शिक्षणका विभिन्न काम गर्दै मैले मेरो जीवनको ३ दशक शिक्षण पेशामा समर्पित गरेँ ।

म यो जिल्लाको प्रख्यात शिक्षकमा गनिन्थेँ । म शिक्षा आयोग र जिल्ला शिक्षा समितिको सदस्य पनि भएँ । म केही कुराको लोभ नगरी इमान्दारीपूर्वक काम गर्छु । मेरोमा अंग्रेजी ट्युशन पढ्न आउनेको भीड हुन्थ्यो र ट्युशनको पैसा तिर्न नसक्ने केही व्यक्तिलाई मैले निशुल्क पनि पढाइ दिने गर्थेँ ।

मेरो बुवाले आफ्नो जीवनकालमा धेरै पटक नाटक देखाउनु भयो । म उहाँको विलक्षण प्रतिभाबाट ज्यादै प्रभावित थिएँ । उहाँकै सिको गरेर म पनि नाटक प्रस्तुत गर्ने गर्थेँ । मैले अरनिको चण्डेश्वरी र कुमारी नाटकहरू देखाएको थिएँ ।

म यो जिल्लाको प्रख्यात शिक्षकमा गनिन्थेँ । म शिक्षा आयोग र जिल्ला शिक्षा समितिको सदस्य पनि भएँ । म केही कुराको लोभ नगरी इमान्दारीपूर्वक काम गर्छु । मेरोमा अंग्रेजी ट्युशन पढ्न आउनेको भीड हुन्थ्यो र ट्युशनको पैसा तिर्न नसक्ने केही व्यक्तिलाई मैले निशुल्क पनि पढाइ दिने गर्थेँ । पनौतीदेखि म भएको ठाउँ बनेपासम्म ट्युशन पढ्न आउने विद्यार्थी थिए । पढ्न चाहने तर विविध कारणले पढ्न नसक्ने कतिपय व्यक्तिलाई मैले घरमा नै गएर निशुल्क ट्युशन पढ्नको लागि बोलाएको पनि थिएँ ।

मेरा छोरा बुहारी अमेरिकामा बस्छन् । उनीहरुले मलाई त्यतै आउन धेरैपटक भनिसके । तर मलाई यो देश छोडेर बाहिर जानुभन्दा पनि आफ्नै देशमा बसेर लेख्ने र पढ्ने रहर छ । मैले संस्कृतिसम्बन्धि १४ वटा पुस्तक लेखेको छु । मेरो बुवाले नाटक देखाउनु मात्र भएन लेख्नु पनि हुन्थ्यो । उहाँकै प्रेरणाले मैले पनि अर निको, कपिलवस्तुमा भगवान जस्ता ८ वटा नाटकका पुस्तक लेखेको छु । अंग्रेजीको ३ वटा पुस्तक लेखेको छु ।

:516 Views

Leave a Reply