बुबा ‘माष्टर’, छोरी शिक्षक

–सुनिता तामाङ/ सुकुमान तामाङ र विष्णुमाया तामाङको जेठी छोरी उनी, बुवा शिक्षक भएका कारणले मात्र भविष्यमा आफू शिक्षिका बन्ने सोच बनाएकी थिइनन्। आफू सरस्वती स्कुल पढ्दाताका एक जनामात्र शिक्षिका, कल्पना के.सी रहेको दृष्यले नै उनलाई पनि शिक्षिका बन्ने प्रेरणा मिलेको थियो । त्यतिमात्र कहाँ हो र ? भक्तपुरको सुर्यविनायक काँक्राबारीस्थित सरस्वती स्कुलबाट कक्षा ५ पूरा गरिसक्दा नै उनले अनुभव गरिसकेकी थिइन् कि ‘यो ठाउँमा मैले केही गर्नुपर्छ’ ।

त्यही भएर उनले त्यो ठाउँमा शिक्षाको अभाव पूर्ति गर्न र त्यसको लागि आफूले नै नपढी हुन नपढाइ हुन्न भन्ने बोध गररेर शिक्षक बन्ने निधो गरिन् । त्यही निधोले २०६१ सालको एसएलसी दिइन्, भक्तपुरको शारदा माविबाट र उत्तीर्ण भइन् दोस्रो श्रेणीमा । अनि पढिन्, ‘शिक्षाशास्त्र’ ।
उनीसगैं कक्षा ५ मा पढेका सबै (५) छात्रामध्ये कोहीले कक्षा ५ बाटै आफ्नो पढाइमा विश्राम लगाएभने कोहीले ८ कक्षामा । ती पाँचमध्ये उनीमात्र भइन् एसएलसी दिने ।

आफूले कखरा सिकैकै स्कुलका नेपाली विषय शिक्षक थिए, उनका बुवा। त्यो बेला विद्यालय टाढा भएकाले पनि, समयको अभाव, जङ्गलको बाटो भएर जानुपर्ने बाध्यताका कारण पनि धेरैको पढाइ बीचैमा छुट्यो तर उनी भने ‘माष्टर’ छोरी भएको भाग्य लिएर जन्मेकी कारणै अरुजस्तै पाँच कक्षाको पढाइपछि उनको पढा छुटेन ।

प्रा.विपछिको शिक्षा लिनका लागि स्कुल जादाँ बाटोमा उनीसगँ कुनै संगिनी हँुदैन थिए, उनी भाइ र दाइसगँ पढ्न जाने गर्थिन्। कहिलेकाहिँ एक्लै परेमा कलेज पढ्न जादाँ बिहान जङ्गलको बाटो भएर जानुपर्दा निकै डर लाग्थ्यो उनलाई ।

डरलाई छिचोलेर उच्च शिक्षा हासिल गरेपछि उनले आफूले कखरा पढेकी स्कुलमा स्वयम्सेवकको रुपमा कखरा सिकाउन थालिन, २०६४ सालमा । शारदा क्याम्पसबाट अँग्रेजी विषयमा बीएड गरेकी सुनिता बालबालिकालाई पढ्नुपर्छ भनेर प्रेरणा दिन्छिन् । शुभकामना बालक्लवमा सहजीकरण गरी प्रत्येक शनिबार पढाइसँगै सम्बन्धित क्रियाकलाप गराई बालबालिकालाई स्कुल जान पे्ररित गरेकी छन् उनले । ‘मैले शिक्षा लिएर पढाउन थालेको देखेर नै यहाँका बस्तीमा छोरी मान्छेले नि पढ्नुपर्छ भन्ने बोध गरेका छन्।’ हाल मासिक रुपमा बस्तीका विभन्न टोलमा गएर सहजीकरण गरिरहेकी उनी भन्छिन् ।

सूर्यविनायकको काँक्राबारीमा २०४५ सालमा जन्मिएकी उनी हाल सिपाडोलमा बस्छिन् । उनले रातो बङगलाबाट प्रा.विशिक्षण तालिम साथै शिक्षक पेशागत विकास तालिम ३ पटक लिइसकेकी छिन् ।

विद्यार्थीलाई उनी अँग्रेजी विषय र भाषामात्र पढाउँदिनन्, उनीहरुको व्यक्तित्व, आत्मविश्वास बढाउन कक्षामै वक्तृत्वकला र छलफल पनि गराउँछिन् । विद्यालय र कक्षाकोठामा केही समस्या आए साथीसँग सल्लाह गर्ने र त्यसबाट समाधान नभएमा प्रशासनलाई अवगत गराउने गर्छिन् ।

सुरुमा एकहजार पाँचसयबाट स्वयम्सेक बनेकी सुनिता २०६८ सालबाट राहत शिक्षक भइ १२ हजार पारिश्रमिक भएकोमा हाल करारमा छिन् । उनको विचारमा ‘शिक्षक भनेको एउटा राम्रो सहजकर्ता हुनुपर्छ । उनले पढ्नको लागि सहज वातावरणको सृजना गर्नुपर्छ । आफू जस्तो छु त्यस्तै बनाउनुभन्दा पनि असल बनाउनमा जोड दिनुपर्छ ।

शिक्षक कै हिसाबले आफूले सोचेको जस्तो विद्यार्थीको नतिजा नआउने, आफूले राम्रो काम गर्दागर्दै वास्तविकता नबुझी संयुक्तमा अरुले औसतमा नकरात्मक मूल्याङ्कन गरिदिदाँ दुःख लाग्ने गुनासो पोख्दै उनी भन्छिन्, ‘शिक्षक पेशा राम्रो हो तर शिक्षकलाई समाजले नराम्रो नजरले हेर्ने, सरकारी पक्षबाट पनि आवश्यक सुविधा दिइएको छैन ।’

नुवागी संवाददाता सविना बानिँयाले शिक्षक सुनितासँग गरेको कुराकानीमा आधारित

:1226 Views

Leave a Reply