बेबिलोनमा पहिलो पटक नारायण गोपाल स्मृति साँझ

काठमाडौं, २० मंसिर। काठमाडौंको शान्तिनगरस्थित बेबिलोन नेशनल स्कुलले स्वरसम्राट नारायण गोपाल गुरुवाचार्यलाई सम्झिँदै उनको २८ औं स्मृति साँझ मनाएको छ। स्कुलले पहिलो पटक बेबिलोन स्व.नारायण गोपाल साँझ आयोजना गरेको हो ।

कार्यक्रममा विद्यालयका प्रिन्सिपल राजु राई, शिक्षक र विद्यार्थीले स्व.स्वरसम्राटको तस्वीरमा माला लगाइदिएका थिए।

विद्यालयका संगीत शिक्षक तथा गायक प्रकाश आचार्य, सागर गौतम, मोतिकला राई, जानुका सुवेदीका साथै विद्यार्थीहरु प्रज्ज्वल आचार्य, विक्रम कार्की र कृतिका तामाङले स्वर्गीय स्वरसम्राटका २ दर्जनभन्दा बढी गीत गाएका थिए ।

कार्यक्रममा वरिष्ठ गीतकार नारायणकुमार आर्चायको पनि सहभागिता थियो।

:464 Views

Leave a Reply