भक्तपुर निस्टमा गाईजात्राको झाँकी प्रदर्शन

भक्तपुर, भाद्र २८ । बेलायत सरकारको ब्रिटिस काउन्सिल इन्टरनेशनल स्कुल अवार्ड (क्ष्क्ब्) कार्यक्रम अन्तर्गत भक्तपुरको लोकन्थली स्थित भक्तपुर निस्ट स्कुलको कक्षा ४ र ५ का ११० जना विद्यार्थीहरुले २०% स्थानीय पाठ्क्रम परियोजनमा रहेको “गाईजात्रा, ताहामाचाको रथ (गाईको पर्व)” नामक सम्पन्न गर्ने कम्रममा ‘गाईजात्राको झाँकी प्रदर्शन कार्यक्रम’ आयोजना गरे ।

बाल दिवसको अवसरमा २०७६÷०५÷२७ गते १ बजे उद्घाटन गरी सुरु भएको उक्त प्रदर्शनमा स्थानिय बासिन्दा, अभिभावक, पत्रकार लगायतको बाक्लो उपस्थिति रहेको थियो । प्रदर्शनीमा नेवारी पोशाकमा सजिएका विद्यार्थीहरुको घिन्ताङ घिसी नृत्य, बाजागाजा र ताहामाचाको रथ सहितको झाँकीले टोल परिक्रमा गरेको थियो र वाद्यवादन टोली सहितको बालबालिकाको नृत्यले स्थानीयको मन जित्नुका साथै आफ्नो भेषभुषा र सँस्कृतिको संरक्षणमा योगदान पुर्याउन सहयोग गर्ने कदम प्रशंसनीय रहेको प्रतिक्रिया स्थानिय प्रतिनिधिहरुले दिएका थिए भने प्रमुख अतिथि सुरज खड्का, लोकन्थली वडा नं. १ का वडाध्यक्षले परम्परागत सँस्कृति र चाडपर्वको महत्व दर्शाउँदै कला र सीपको विकास गरी आपसी सद्भाव कायम गर्न मार्गदर्शन गर्ने यस्तो कार्यक्रमले व्यवहारिक शिक्षा सिकाउने भन्दै उक्त कार्यक्रमको खुलेर प्रशंसा गरेका थिए ।

यस परियोजना अन्तर्गत विद्यार्थीहरुले गाईजात्रा पर्वमा चाहिने आवश्यक सामाग्री, स्रोत साधन, नृत्यकला, बाजागाजा आदि इत्यादिको तयारीका लागि जात्रा अवलोकन गरी प्रश्नावली समेत तयार गरेका थिए । एक आपसमा भावनात्मक सम्बन्ध कायम गर्ने नृत्य सिक्नुका साथै नेवारी भोजनका विविध परिकारका बारेमा जान्ने मौका पाए र एकसाथ बसेर भोज खाने शैलीका बारेमा पनि सिकेका थिए । यस परियोजना अन्तर्गत विद्यार्थीहरुले अन्य देशमा मनाइने यस्ता कुनै चाडपर्वको तुलनात्मक अध्ययन गरी सिकाइमा (अन्तर्राष्ट्रिय आयाम) को प्रयोग गर्नेछन् ।

यस परियोजनाले भाषा र संस्कृतिको संरक्षणमा सहयोग गर्नुका साथै सामाजिक अध्ययन तथा सिर्जनात्मक अभिव्यक्ति कलाको विकास गरी सिकाइमा व्यवहारिकता भियाउने लक्ष्य राखिएको छ ।

:216 Views

Leave a Reply