भक्तपुर युरो किड्सका विद्यार्थीले रोपे विरुवा

भक्तपुर । वातावरण संरक्षण गर्न विरुवा रोप्नुपर्छ, त्यसको स्याहारसुसार र संरक्षण गर्नुपर्छ भनेर सानैदेखि बानी बसाल्न भक्तपुर युरो किड्स सल्लाघारीका साना विद्यार्थीलाई विद्यालय परिसरमा सयपत्रीफूलका विरुवा रोप्न लगाईएको छ ।

प्रकृतिको संरक्षण गर, अनिप्रकृतिले पनि तिम्रो संरक्षण गर्छ’ भन्ने नाराका साथविश्वप्रकृति संरक्षण दिवस २०१९ को अवसर पारेर सबै कक्षाका विद्यार्थीलाई सहभागी गराई फूलको विरुवा रोप्नुका साथै प्रकृति संरक्षणका विविध पक्षबारे जानकारी गराइएको थियो ।
विद्यालयकी शैक्षिक संयोजक सुमिता श्रेष्ठ लिम्बुका अनुसार प्लेग्रुपदेखि ३ कक्षासम्म (युरो जुनियरदेखि युरो सिनीयर) का सबै विद्यार्थीलाई अलगअलग समूह बनाई उनीहरुलाई वृक्षारोपणदेखि कागजी कलाबाट प्रकृति संरक्षण गर्ने विषयमा सिकाईएको थियो ।

:512 Views

Leave a Reply