भारतका विभिन्न शिक्षार्थीहरूलाई विनायकमा प्रशिक्षण

मध्यपुर ठिमी |“हाम्रो संस्कृति, हाम्रो गौरव, हाम्रा पुरातात्विक सम्पदा, हाम्रा पहिचान” भन्ने राष्ट्रिय मान्यता अनुसार विनायक शिक्षा निकेतन ई.सेकेण्डरी स्कुलमा भारतका विभिन्न प्रदेशहरूबाट भाषा, लिपि र संस्कृति सिक्न आएका २३ जना प्रशिक्षार्थीहरूलाई सो सम्बन्धी १ महिने प्रशिक्षण कार्य शुरू भएको छ । विशेष गरेर नेपाली संस्कृति अन्तर्गतको नेवारी भाषा, कला, परम्परा, लिपि, रितिस्थिति आदि बारे तथा चाडपर्व, बाजागाजा बारे सो कार्यक्रममा जानकारी दिइने कुरा दवुली नेपालका संस्थापक गणेशराम लाछीले जानकारी गराए । स्थानीय संस्था दवुली नेपाल र विनायक शिक्षा निकेतन ई.सेकेण्डरी स्कुलको संयुक्त आयोजनामा शुरू गरिएको सो कार्यक्रम संस्कृतिक संरक्षण, सम्बद्र्धनको ज्ञान अबका पुस्तालाई दिनुपर्ने आवश्यकतालार्ई महसुस गरी सोको शुरूवात गरिएको दवुली नेपालका सचिव तथा विद्यालयका प्रिन्सिपल सुरेन्द्र विक्रम प्रजापतिले जानकारी दिएका थिए । हरेक जातिका कला, भेष–भुषा, परम्परा, त्यस जातिका आत्म–गौरव हुन यिनिहरूको उत्थान, सम्बर्धन र प्रवद्र्धनका लागि जो–जहाँ भएपनि जागरूक भएर उठ्नुपर्ने कुरामा त्यस कार्यक्रमका वक्ताले जोड दिएका थिए । दवुली नेपालका अध्यक्ष सन्तोष प्रजापतिको सभापतित्वमा सम्पन्न सो कार्यक्रमलाई भव्य र सभ्य रूपमा सफल पार्न विभिन्न महानुभावहरूले उदार हृदयले आर्थिक सहयोगसमेत गरेका थिए ।

:1670 Views

Leave a Reply