भारतको विस्तारवाद विरुद्ध विद्यार्थीद्वारा बिरोध र्याली

भक्तपुर, २८ कात्तिक । भक्तपुर नेशनल प्याब्सन, भक्तपुरको आयोजनामा भारतको विस्तारवादको विरुद्धमा विद्यार्थीले नाराजुलुस निकालेका छन् ।

राष्ट्रिय निजी तथा आवासिय विद्यालय, नेपाल भक्तपुरका अध्यक्ष जीबि खड्काले भारतीय विस्तारवादका विषयमा विद्यार्थीलाई सचेत गराउने उद्देश्यले यो नाराजुलुश गरिएको बताए ।

भारतद्वारा नेपाली भूमि अतिक्रमणको विरुद्धमा ‘लिम्पियाधुरा, कालापानी, लिपुलेक हाम्रै हो’ भन्ने ब्यानरका साथ विद्यार्थीले भक्तपुरको दत्तात्रयदेखि दुधपाटीसम्म र्याली गरिएको थियो । १६ विद्यालयका कक्षा ७ देखि १० सम्मका बच्चाहरुले गरेको र्यालीमा २५ सय जना विद्यार्थीको सहभागिता रहेको थियो ।

:550 Views

Leave a Reply