भुटानमा स्वर्णपदक जित्ने अनुज्ञालाई काव्य स्कुलको सम्मान

काठमाडौं, २३ जेठ । भुटानको राजधानी थिम्पुमा आयोजना भएको पाचौं अन्तर्र्रािष्ट्रय तेक्वान्दो च्याम्पियनसिपमा स्वर्णपदक जित्ने काव्य स्कुल नयाँबानेश्वरकी १० कक्षाकी छात्रा अनुज्ञा सापकोटालाई काव्य स्कुलले बिहीबार सम्मान गरेको छ । महिला ४२ केजी जुनियर तौल समुहमा काव्यकी अनुज्ञाले स्वर्णपदक जितेकी थिइन ।

काव्य स्कुलका संस्थापक प्रिन्सिपल नवराज बास्कोटाले स्वर्णपदक जितेर काव्य स्कुलको नाम अन्तर्राष्ट्रिय क्षेत्रमा राख्न सफल अनुज्ञालाई विद्यालयको प्रार्थनासभामा आयोजित सम्मान समारोहमा विद्यालयको तर्फबाट टिका र खादा लगाई सम्मानपत्र प्रदान गर्दै वधाई र शुभकामना दिएका थिए ।

यसका साथै विद्यालयका संस्थापक निर्देशकद्वय धर्मेन्द्र प्रकाश राजभण्डारी र सुनिलकुमार घर्ती, माद्यमिक तहका इन्चार्ज चक्रप्रसाद दवाडी, सामाजिक विज्ञान शिक्षक गणेशकुमार दाहाल, नेपाली विषयका गुरु ठमनाथ लम्साल लगायतका शिक्षक÷शिक्षिकाले स्वर्णपदक विजेता अनुज्ञालाई वधाई तथा शुभकामना दिएका थिए ।

पढाईको साथसाथै खेलकूद, संगीत लगायतको क्षेत्रमा काव्य स्कुलका विद्यार्थी उत्तिकै अव्वल रहेको कुराको अनुज्ञाले अन्तर्राष्ट्रिय क्षेत्रमै प्रमाणित गरेको संस्थापक प्रिन्सिपल बास्कोटाले बताए ।  वरिष्ठ तेक्वान्दो प्रशिक्षक नवीनकुमार श्रेष्ठका अनुसार उक्त अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनशिपमा काव्यकी अनुज्ञाको सहित नेपालले चार स्वर्ण एक रजत र दुई कास्य जितेको थियो ।

जसअनुसार महिला ४२ केजी जुनियरमा अनुज्ञा सापकोटा, पुरुष २४ केजी जुनियरमा इमोन राना, पुरुषकै ४२ केजी जुनियरमा अरुण तिवारी र पुरुषकै ७२ केजी सिनियरमा अर्जुनबहादुर सार्कीले स्वर्ण जितेका थिए । यसैगरी महिला ४६ केजी तौल समूहको सिनियरतर्फसर्मिला खड्काले रजतपदक, ५५ केजी महिला सिनियरमा सुस्मिता मोक्तान र ४५ केजी जुनियर पुरुषमा सागर सिंहले कांस्य पदक जितेका थिए । च्याम्पियनसिपमा पदक विजेतासबै खेलाडी कोटेश्वर तेक्वान्दो डोजाङका हुन ।

:383 Views

Leave a Reply