मन्टेश्वरीका समस्या मन्टेश्वरी नै

सुजना भण्डारी पौडेल
प्रिन्सिपल, वर्णमाला मन्टेश्वरी,
कोटेश्वर, काठमाडौं

प्रिस्कुल सञ्चालनमा दर्तादेखि नै समस्या । सुरुमा मापदण्ड अनुसार नै दर्ताका लागि गएपनि, कहिले के पुगेन भन्ने, कहिले के । कर तिर्न र नवीकरण गर्न जाँदा पनि एक दिनको काममा विना कारण भोलि आउनुस् भन्ने । म वडाबाट २–३ पटक फर्केर आएको थिएँ ।

मैले मन्टेश्वरी तालिम लिएर राम्रै मन्टेश्वरीमा पढाएँ, त्यहाँ पढाउँदै गरेको तरिकाले पढाउँछु भनेर आफ्नो मन्टेश्वरी खोलेँ । त्यहाँ प्ले गुप्रभरिमा कहिले पनि किताब पढाउँदैनथ्यौँ, बोर्ड पढ्न पनि अन्तिममा मात्र लगाउँथ्यौँ, पेन्सिल समाउने काम त्यो कक्षामा हुँदैनथ्यो । अहिले यता १८ महिनाका बच्चालाई भर्ना लिने बित्तिकै लेख्न लगाऊ भन्ने, त्यो नै हाम्रो लागि समस्या हो ।

कसले मन्टेश्वरीलाई निगरानी गर्ने, कसले मापदण्ड दिने, कसले कति पाठ्यक्रम पढाउने? शिक्षा विभागले कि वडाले कि अरु कसले हेर्ने भन्ने नै किटान गरिएको छैन । हेर्नेले पनि कति मापदण्ड पूरा गर्यो भने मन्टेश्वरी दिने या नदिने, मन्टेश्वरी तालिमप्राप्तले नै मन्टेश्वरी खोलेका हो कि होइन भन्ने हेर्ने केही मापदण्ड रहेनछ । त्यसले गर्दा पनि गार्हो भयो । नजिकै भएका प्रतिस्पर्धी मन्टेश्वरी जसले नाम मात्र मन्टेश्वरी राखेर चलाउँदा हामीलाई गार्हो भइरहेको छ ।

अहिले सबै मन्टेश्वरीमा फरक फरक पाठ्यक्रम छ । एउटाले भन्नुहुन्छ, अर्को मन्टेश्वरीले भन्दा तपाईहरूले थोरै पढाउनु भयो, अर्कोले भन्नुहुन्छ तपाईले अर्को मन्टेश्वरी भन्दा धेरै पढाउनुभयो । कति वर्षको बच्चालाई कति पढाउने भनेर तोकिएको छैन । कसैले भन्नुहुन्छ, मन्टेश्वरीमा किताब राख्न पाइदैन, कसैले मेरो बच्चालाई गृहकार्य नदिनुस् र कसैले मेरो बच्चालाई दिनदिनै गृहकार्य दिनुस् भन्नुहुन्छ । डेढ वर्ष र अठार महिनाको बच्चा लिएर आउनु हुन्छ मन्टेश्वरीमा प्ले गुप्र, नर्सरी राखिदिनुस्, साथै १ महिनाभित्र लेख्न सिकाइदिनु, बच्चाले ए पनि लेखेको छैन जस्ता कुरामा उजुरी गर्नुहुन्छ । जब १८ महिनामा बच्चालाई लेखाउने पाठ्यक्रम नै छैन ।

विदेशमा पाठ्यक्रम हुन्छ । यो उमेरका बच्चाका लागि यति मात्र पढाऊ, यति मात्र लेखाऊ, यति उमेरकाले यो भन्दा बढि गर्न सक्दैन भनेर निश्चित गरिएको हुन्छ । हाम्रो दशमा त्यो छैन । मन्टेश्वरी भनेपछि त्यही पद्धति अनुसार र ल्याब बनाएर त्यसमा सिकाउदै खेलाउदै पढाउनुपर्ने हो ।

हिरण्यराज उप्रेती
ज्ञान सरोवर मन्टेश्वरी,
दधिकोट, भक्तपुर

विकासन्मुख देशका नागरिकहरू हामीले जीवनमा नभई परीक्षामा विशिष्ट हुने भएकोले गर्दा सायद मन्टेश्वरी तरिकाबाट गयौँ भने आउने पुस्ताले हाम्रो जस्तो गरी समस्या झेल्नु नपर्ला कि भन्ने आशयले ५ वर्ष अघि मन्टेश्वरी सञ्चालन गरेको हुँ ।

राज्यले जसले मन्टेश्वरी खोल्छु भन्छ, त्यो सबैलाई मन्टेश्वरी खोल्न दिँदा पनि मन्टेश्वरीमा चुनौती थप भएको छ । जसले गर्दा जसले मन्टेश्वरी सञ्चालन गर्न खोजिरहेका छन्, तिनले पनि राम्रो गर्न सकेका छैनन् र भइरहेका मन्टेश्वरी स्कुललाई पनि गार्हो भइरहेको छ ।

अभिभावकले बोडिङ स्कुल र मन्टेश्वरीबीचको भिन्नतालाई बुझ्नु हुन्न । हामीले दिएको सुविधाका कारण हाम्रो शुल्क अलिकति माथि हुन्छ, तर त्यो शुल्क किन माथि भयो भन्ने कुराको उत्तर अभिभावकले खोजिदिनु हुन्न ।

राज्यले जसले मन्टेश्वरी खोल्छु भन्छ, त्यो सबैलाई मन्टेश्वरी खोल्न दिँदा पनि मन्टेश्वरीमा चुनौती थप भएको छ । जसले गर्दा जसले मन्टेश्वरी सञ्चालन गर्न खोजिरहेका छन्, तिनले पनि राम्रो गर्न सकेका छैनन् र भइरहेका मन्टेश्वरी स्कुललाई पनि गार्हो भइरहेको छ । मन्टेश्वरी सञ्चालन गर्नेले पनि आफू राम्रो तालिम लिएर, यसको भाव बुझेर मात्र लागेको भए हुन्थ्यो । मन्टेश्वरीको दर्ता वडाबाटै हुने भएको र थोरै लगानीले पनि हुने भएकाले जसले १२ र स्नातक पढेका छन् तिनले आफू घरमा यतिकै बस्नु भन्दा मन्टेश्वरी खोल्दिऊँ भनेर पनि लागेका छन् ।

मन्टेश्वरी सुरु गर्दा मन्टेश्वरीका लागि ठूलो ठाउँ चाहिने भएकोले पहिला ठाउँ पाउन गार्हो भयो । हामीलाई राम्रो शिक्षक पाउन गा¥हो छ । सबै हिजोको दिनमा जाँचमा विशिष्ट तर जीवनमा फेल भएका साथीहरू छन्, त्यही व्यक्तिहरू शिक्षक भएका छन् । त्यो उनीहरूको गल्ती या समस्या होइन । त्यो राज्यको शिक्षाको नै समस्या हो ।

मन्टेश्वरी स्कुलहरूले अभिभावकले बुझिदिँदैनन् भन्छन्, तर मन्टेश्वरी खोल्ने तर अभिभावक शिक्षा त दिनुपर्यो नि । हामीले कम्तिमा वर्षको ३–४ पटक विशेषज्ञ अथवा हामी आफैले मन्टेश्वरी शिक्षाको विषयमा बुझाउन सक्छौँ । राज्यले मन्टेश्वरी तहलाई निगरानी गर्न पनि आवश्यक छ र हामी आफैले पनि आफ्नो तवरबाट इमान्दारीपूर्वक काम गर्नुपर्छ ।

संगिता श्रेष्ठ
प्रिन्सिपल, काठमाडौं भ्याली स्कुल,
छाउनी, काठमाडौं ।

मन्टेश्वरी स्कुलहरू भन्ने स्कुलहरू त धेरै छन्, तर मन्टेश्वरी भनेको के हो भन्ने थाहा नभएका मानिसहरू पनि हुनुहुन्छ । हामी प्रिस्कुललाई नै मन्टेश्वरी स्कुल भन्छौँ । मन्टेश्वरीका विभिन्न अभ्यासहरू गराएर, यसको दृष्टीकोणबाट चलाएका प्रिस्कुललाई मन्टेश्वरी स्कुल भन्ने गर्छौँ ।

१० वर्ष भयो हाम्रो प्रिस्कुल सञ्चालन भएको । यसको सञ्चालनमा विभिन्न चुनौतीहरू पाएका छौँ । कति अभिभावकले मन्टेश्वरी भनेको बुझ्नुहुन्न । कतिले मन्टेश्वरीमा राखेको बच्चाहरू स्वनिर्भर हुँदैनन् र डल (पुतलीजस्तै हुन्छ भन्ने सोच्नुहुन्छ । तर त्यसो नभई मन्टेश्वरीमा धेरै कुरा व्यवहारिक रूपमा सिकाउने हुँदा बच्चाको विकासमा सहयोग पुग्छ । अभिभावकलाई बुझाइरहेका हुन्छौँ । हामी बच्चाहरूलाई सिकाउँदै, पढाउछौँ र अन्य स्कुलसँग तुलना गरेर यहाँको पढाई ढिला भयो भनेर गुनासो गर्नुहुन्छ ।

हामीले शिक्षकहरूलाई तालिम दिन्छौँ तर एक वर्षपछि त्यो तालिम लिएर उहाँहरू अर्को स्कुलमा गइदिनुहुन्छ । यो पनि मन्टेश्वरीको चुनौती हो । मन्टेश्वरी आधार भनेको अहिलेको बच्चाहरूलाई एकदम जरुरी छ । शिक्षकले मात्र नभई अभिभावकले पनि मन्टेश्वरीको ज्ञान लिएमा बच्चालाई घरमा व्यवहार गर्न सजिलो हुन्छ । मन्टेश्वरी बुझेका अभिभावकले बच्चालाई गर्ने व्यवहार र मन्टेश्वरी नबुझेकाले बच्चालाई गर्ने व्यवहार नै फरक हुन्छ । अभिभावकको सहभागिता हाम्रो लागि जरुरी छ । हामी पूर्ण मन्टेश्वरी पनि होइनौँ ।

:640 Views

Leave a Reply