‘महिलाको हकहितको लागि काम गर्छु ‘

महिला सचिव भएर महिलाको हकहितको लागि काम गर्नेछु । कतिपय सक्षम महिलाहरू पनि घर भित्र चुलोचौको गरेर बसेका छन् । तिनिहरूलाई बाहिर ल्याउने काममा अग्रसर हुनेछु । त्यस्तै प्याब्सनमा पनि महिलाको सहभागिता कम छ । महिलाहरूलाई नयाँ विषयको बारेमा जानकारी दिने र उनीहरूलाई कसरी परिचालन गर्ने भन्ने कुरामा मेरो जोड हुनेछ ।

त्यसको साथै नीतिगत कार्यक्रममा पनि पुरुष सरह अगाडि बढेर काम गर्नेछु । प्याब्सनमा महिला सहभागीता बढाउने, तालिम दिने र उनीहरूको बौद्धिक विकासको काममा म लाग्नेछु ।

:827 Views

Leave a Reply