महेन्द्र शान्तिका ३० विद्यार्थीलाई छात्रवृत्ति

भक्तपुर । सुर्यविनायक नगरपालिका २ बालकोटस्थित महेन्द्र शान्ति माविको ६६ औं वार्षिकोत्सव, अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भयो । भक्तपुर प्रदेश नं ३ का सांसद शशिजंग थापाको प्रमुख आतिथ्यतामा आयोजित सो कार्यक्रममा विद्यालयको कक्षागत उत्कृष्ट, विविध अतिरिक्त कृयाकलापका विजयी विद्यार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरियो ।

सोही समारोहमा विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष हेमन्त कार्कीद्वारा उहाँको स्वर्गवासी पिता कृष्णबहादुर कार्की, स्व.माता हिराकुमारी र स्व. दाजु अर्जुन कार्कीको स्मृतिमा स्थापना गरिएको कोषबाट कक्षा १ देखि १० सम्मका ३० जना जेहेन्दार विद्यार्थीलाई ३० हजार रुपैयाँ बराबरको छात्रवृत्ति प्रदान गरियो ।

छात्रवृत्ति कोषका संस्थापक अध्यक्ष हेमन्त कार्कीले ती विद्यार्थीहरुलाई सो छात्रवृत्ति रकम प्रदान गर्नुभएको थियो । निवर्तमान अध्यक्ष कार्कीले ५ लाख रुपैयाँको अक्षयकोषबाट सो छात्रवृत्ति कोष खडा गर्नुभएको थियो ।

त्यस अवसरमा विद्यालयको हीतमा योगदान पुर्याउने विद्यालय व्यवस्थापन समितिका निर्वतमान अध्यक्ष एवम् छात्रवृत्ति कोषका संस्थापक अध्यक्ष हेमन्त कार्की, शिक्षासेवी रोहितबहादुर राना क्षेत्री, मोहन रानाभाट, सानोभाई पण्डीत, सरीता कार्की पण्डीत तथा विद्यालयका पुर्वप्रधानाध्यापकहरु ध्रुवबहादुर ठकुरी, तारमान जोशी र परशुराम खत्रीलाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक गोपाल विक्रम थापाले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभयो भने कालिकोटबाट प्रतिनिधिसभा सदस्य दुर्गाबहादुर राउत, शिक्षा विकास तथा समन्वय इकाई भक्तपुरका प्रमुख हरिप्रसाद दाहाल, शिक्षा मन्त्रालयकी उपसचिव सविता दंगाल, डएलपिआईयुका प्रमुख डिल्लीश्वर प्रधान, सुर्यविनायक नगरपालिकाका उपप्रमुख जुना बस्नेत, विद्यालय व्यवस्थापन समितिका वर्तमान अध्यक्ष एवम् २ नं वडाका वडाध्यक्ष कमलनाथ आचार्य र सहायक प्रधानाध्यापक रामचन्द्र भट्टराईले बोल्नुभएको थियो ।

कार्यक्रममा विदार्थीहरुले सांगितिक कार्यक्रम प्रस्तुत गरेका थिए।

:1262 Views

Leave a Reply