मुकेश र अर्चनालाई मिस्टर एन्ड मिस प्राक्सिसको उपाधि

काठमाडौ, २० फागुन । मिस्टर एन्ड मिस प्राक्सिसको प्रतिस्पर्धामा अर्चना मोक्तानले मिस प्राक्सि र मुकेश पान्डेले मिस्टर प्राक्सिसको उपाधी जित्न सफल भएका छन् ।

काठमाडौँको चुच्चेपाटीस्थित प्राक्सिस इन्टरनेशनल एकेडेमीको २० औ वार्षिकोत्सवको अवसरमा गरिएको सो स्पर्धामा मङ्लक्ष्मी राई र दिपेश श्रेष्ठ फस्ट रनर अप भएका थिए ।

पुर्व सस्कृती, पर्यटन नागरिक तथा उड्डयन मन्त्री आनन्द प्रसाद पोखरेलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न गरिएको थियो ।

कार्यक्रममा पुर्व प्रधानन्यायाधीस केशव प्रसाद उपाध्यय, एन प्याब्सन काठमाडौका अध्यक्ष विष्णु पराजुली र का.म. वडा न ७ का वडा अध्यक्ष शुद्ध कुमार डङ्गोल लगायत सहभागिता थियो।

वार्षिकोत्सवको अवसरमा बिद्यार्थीहरुले नृत्य , गायन,नाटक, योगा,मार्सल आर्ट प्रस्तुति दिएका थिए।

:424 Views

Leave a Reply