मोडर्न स्कुलको रजत महोत्सवमा सम्मानको ओइरो

काठमाडौं । सूर्यबिनायक नगरपालिका—४, दधिकोट, मोडर्न चोकस्थित मोडर्न बोर्डिङ्ग सेकेण्डरी स्कुलको रजत महोत्सव भव्यताका साथ काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभा हलमा सम्पन्न भएको छ ।
कार्यक्रममा विद्यालयका लागि दुई दशक भन्दा बढी योगदान दिएका ७ शिक्षक/शिक्षिका, एक दशक भन्दा बढी योगदान गर्नेे १८ शिक्षक/शिक्षिका, एक दशक भन्दा बढी योगदान गर्ने ४ कर्मचारी, एक दशक भन्दा बढी योगदान गर्ने ७ पूर्व शिक्षक शिक्षिका र विद्यालयको स्थापनकालमा विशेष योगदान गर्ने ३ शिक्षकलाई नगद राशिका साथ सम्मान गरिएको थियो ।

उक्त कार्यक्रममा विद्यालयले रजत महोत्सवका लागि तयार गरिएको The Pioneer Modern स्मारिकाको पनि विमोचन गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथी एवं पूर्वउद्योगमन्त्री समेत रहनुभएका सांसद महेश बस्नेतले भक्तपुर शैक्षिक क्षेत्रमा नेपालकै एक महत्वपूर्ण जिल्ला रहेको बताएका छन् । उनले आगामी दिनमा भक्तपुरलाई शिक्षाको हवको रुपमा विकास गर्दै अघि बढ्ने बताए ।
उनले विद्यालयले विद्यार्थीलाई सिकाएका कुराहरु व्यवहारिकतामूखी हुनुपर्नेमा जोड दिंदै समय र परिस्थिती अनुसारको पाठ्यक्रम निर्धारण गर्नुपर्ने बताए । उनले देशमा लाखौं प्राविधिकको आवश्यक रहेको बताउँदै वर्तमान समयमा प्राविधिक तथा गुणस्तरीय शिक्षा अनिवार्य रहेको बताएका थिए ।
विद्यालयमा सिकाइएका कुराहरुलाई समाज रुपान्तरणको लागि प्रयोग गर्दै सरकारको समृद्ध नेपाल सुखी नेपालीको अभियानलाई सार्थकतामा पुर्याउन आ–आफ्नो तह र तप्काबाट सवै नेपाली एक ढिक्का भई लाग्नुपर्नेमा जोड दिए ।
उनले शिक्षाले मानिसको भाग्य र भविष्यको बाटो निर्धारण गर्ने बताउँदै उनले देशमा शिक्षाको विकास र विस्तारको लागि सरकारले कुल बजेटको करिव १० प्रतिशत छुट्याएको बताए । उनले नीजि विद्यालयले अंग्रेजी माध्यममा पढाउने नाममा नेपाली तथा मातृभाषालाई कमजोर पार्न नहुनेमा जोड दिए ।
२५ बर्षे यात्राका क्रममा स्कुलले गुण्स्तरीय शिक्षा मार्फत देश निर्माणमा टेवा पुर्याएको उल्लेख गरेका थिए । कार्यक्रममा ३ नम्बर प्रदेश सांसद शशीजंग थापा, गरिवी निवारण कोषका उपाध्यक्ष निर्मल भट्टराई, प्याब्सन केन्द्रीय उपाध्यक्ष दिपीका थापा, प्याब्सन जिल्ला अध्यक्ष चन्द्र अधिकारी, विद्यालयका संस्थापक अध्यक्ष बाबुकाजी कसपाल, प्रिन्सीपल अनिल कसपाल लगायतले बिद्यालयले शिक्षाक्षेत्रमा पुर्याएको योगदानबारे चर्चा गरेका थिए ।
कार्यक्रममा विद्यालयका विद्यार्थीहरुले बिविध सांस्कृतिक प्रस्तुती पस्केका थिए ।

:521 Views

Leave a Reply