यसक्युसिको हब कन्भेसन सम्पन्न

ललितपुरको यसक्युसिको डेमिङ हबले आफ्नो पाँचौ हब कन्भेन्सन सम्पन्न गरेको छ । किर्तिपुरको क्रियटिभ स्कुलमा सम्पन्न उक्त कार्यक्रममा १२ विद्यालयका १५० विद्यार्थी, शिक्षक, मास्टर ट्रेनर, क्वेस्ट नेपालका प्रतिनिधी सम्मिलित उक्त कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका प्रोफेसर डाक्टर राम कृष्ण महर्जनको विशेष आथित्यता रहेको थियो । उक्त सम्मेलनमा प्यानल डिस्कसन, कोलज स्टोरी लेखन, केस स्टडी प्रस्तुतीकरण लगायत बिधामा विद्यार्थीले छलफल र सहकार्य गर्ने मौका पाएका थिए । उक्त कार्यक्रमको संयोजन हब कोअर्डिनेटर नारायण सापकोटले गरेका थिए ।
आगामी बर्षको कार्यक्रम सुदेशा स्कुलमा हुने आयोजकले बताएको छ ।

:983 Views

Leave a Reply