‘यही भएर मलाई तालिममा आउन मन लाग्दैन ।’

– महेन्द्रगोपाल कर्माचार्य
 ‘नगरेको काम गर्न सुरुमा गाह्रो हुन्छ, गर्दै गएपछि आदत बन्छ । आदत बनी सकेपछि त्यो काम नगरी चुपचाप बस्दा गा¥हो हुन्छ ।’ बाजेले अ¥हाएको कुनै काम गर्न अल्छी मान्दा बाजेले दिने अर्ती । बाल्यकालमा बाजेबाट पटक पटक सुनेको कारण मस्तिस्कको कुनै कुनामा थन्किएको रहेको कुरा ।

अहिले म कल्पना गर्छु — मैले के बुझेँ हुँला र बाजेको कुरा ? भैसीको अगाडि बीन बजाउनु भनेजस्तै बाजेको त्यो कुरा मेरो अगाडि त्यतिखेर कुनै अर्थ राख्ने विषयनै थिएन । सायद त्यतिखेर मेरा लागि खानु, खेल्नु, सुत्नु मात्र सजिलो अरु सबै गा¥हो काम थियो होला ।

यी बाहेक घर परिवारबाट काम÷जिम्मेवारी पूरा गर्न दिइने आदेशहरू जस्तै; विहान सबेरै उठेर पढ, समयमै विद्यालय जाऊ, पसलमा गएर यो किनेर ल्याऊ, त्यो किनेर ल्याऊ, तमाखु भर, टोलको सार्वजनिक धारामा पानी आयो कि आएन हेरेर आऊ, फलानालाई डाकेर ल्याऊ, ढिस्कानाको घरमा यो पु¥याउन जाऊ आदि इत्यादी मेरा लागि सबै गा¥हा काम नै थिए अर्थात् गर्न मन नलाग्ने काम । मनले गर्न नमानेपछि गा¥हो हुने नै भयो । गा¥हो शव्द मेरो मुखबाट निस्कने बितिकै बाजेको अर्ती सुन्नै पर्ने । धेरै पटक सुनेकोले हुनुपर्छ मस्तिस्कमा राम्ररी सेभ भएका विषयहरू मध्ये एक ‘ नगरेको काम गर्न सुरुमा………..।

मैले जतिसुकै आनाकानी गरे पनि परिवारका ठूलाहरूको आदेश पाएपछि नगरी सुखै पाइँदैनथ्यो, कुनै हालतमा गर्ने पर्ने, जसरी भएपनि गर्नै पर्ने त्यसैले त्यतिखेर शायद मैले आत्मसमर्पण गरेँ हुँला, जति आनकानी गरे पनि गर्ने पर्ने भएपछि किन आनाकानी गर्ने ? त्यसपछि केटो ज्ञानी ( ज्ञान बुझेको अर्थमा होइन, आज्ञाकारी भएको अर्थमा) भयो, भनेको काम खुरुखुरु गर्छ, स्याबास जस्ता शव्दावलीहरू प्रयोग हुन थालेको सम्झना छ, त्यतिखेर म फुर्किएँ हुँला । फुर्किएपछि काम गर्न झन उत्साहित बनेँ हुँला, काम गर्ने आदत विकास गरेँ हुँला ।

                              

एउटा तालिम चलाउँदै थिएँ, परियोजना कार्यसम्वन्धी शिक्षकहरूलाई बुझाउनु र परियोजना कार्य गर्न उत्पे्ररित गर्दै सो कार्य सम्पन्न गर्न सहजीकरण गर्नु आजको मेरो दायित्व थियो । त्यसै अनुरुप मैले योजना बनाएको थिएँ । योजना अनुसार परियोजना कार्यको परिचय र महत्व बुझाउन तयार पारेका स्लाइडहरू प्रदर्शन गर्न मैले ल्यापटपमा क्लिक गरेँ, प्रोजेक्टर मार्फत ह्वाइट बोर्डमा बिचार मुद्रामा बसेका दुई बालकको चित्रसहित परियोजना कार्य अङ्कित स्लाइड देखियो । सहभागीहरू बोर्डमा हेर्न र देखिएको कुरा कापीमा सार्न व्यस्त देखेँ । मैले तालिम कक्षमा उपस्थित सहभागी साथीहरूको अनुहार पढ्ने चेष्टा गर्दै एकछिन चुप लागेर बसेँ । तीस जनामा मुस्किलले ४/५ जनामा मात्र जिज्ञासाका भाव देखेँ । अरुको मुहार उत्साहहिन लाग्यो ।

प्रोजेक्टरले देखाएका स्लाइडहरू अझ स्पष्ट होस् भनेर मैले भ्mयालका पर्दा लगाउने प्रयास गर्दै थिएँ, मेरो कानमा एकजना सहभागीको आवाज ठोक्किन आयो–

‘यही भएर मलाई तालिममा आउन मन लाग्दैन ।’

‘हो भन्या, यो बुढेसकालमा के के झण्झट के के झण्झट ।’

बोलीमा लोली मिलेको अर्को आवाज ।

मैले पर्दा लगाउन अझ बढी समय लगाएको अभिनय गरेँ किनभने म यस्ता प्रतिक्रिया सुन्न चाहन्थे । धेरै तालिम सञ्चालन गरी सक्दा पनि अधिकांश शिक्षकले बुझाउनु पर्ने परियोजना कार्यको दायित्व किन पूरा गर्दैनन् भन्ने अनुसन्धान गर्न चाहन्थेँ ।

कानेखुशीकै शैलीमा अर्को आवाज सुनियो– ‘सुनाउनेले सुनाउँछ हामीले सुनेजस्तै गरौँ, गर्ने नगर्ने त छँदै छ नि ।’

केही सहभागीहरू हाँसेको आवाज चाहिँ अलि चर्कै सुनियो । कानेखुशीले मलाई नरमाइलो लाग्यो । मलाई परियोजना कार्य गर्न गा¥हो लाग्नुका कारणहरू पहिल्याउनु पर्ने आवश्यकता बोध भयो ।

निर्धारित योजनालाई थाँति राखेर मैले परियोजना कार्य गर्न अप्ठ्यारा हुनुका कारण सम्बन्धी छलफल चलाएँ । प्रतिक्रिया प्राप्त भयो– ‘परियोजना कार्य त कति गरियो, कति गरियो ? (के के गरियो भन्न चाहिँ सकेनन्), पहिलेका तालिमहरूमा परियोजना कार्यसम्बन्धी जानकारी नै पाइएन त्यसैले गर्नै आउँदैन (यसो भन्नेमा मैले पहिले परियोजना कार्यलाई विशेष जोड दिएर चलाएको तालिमका सहभागीहरू पनि थिए) , गरेर के हुन्छ, नगरेर के हुन्छ ? गर्ने र नगर्नेको मूल्याङ्कन कसले गर्ने ?

लेख्ने बानी नै छुट्यो, बिधि पु¥याएर लामो लेख्नु पर्ने रहेछ, फुर्सदै छैन कसरी लेख्ने ? आदि इत्यादी । कतै सुनेको थिएँ – साँच्चै सुतेकालाई उठाउन सकिन्छ, निदाएको बहाना गर्नेलाई उठाउन सकिन्न । म चिन्तित भएँ, मैले विभिन्न स्रोत सामग्री सङ्कलन गरेर मेहिनेतपूर्वक तयार पारिएका प्रशिक्षण सामग्रीहरू भत्ता पचाउन गरिने कर्मकाण्डका मात्र प्रयोग हुने भए ।

                              

विद्यालय शिक्षाको आधारभूत तहमा निरन्तर मूल्याङ्कन प्रणाली लागू गरिएको छ । यस सम्वन्धमा प्रशस्त तालिमहरू पनि सञ्चालन भइसकेका छन् । निरन्तर मूल्याङ्कनका आधारको रुपमा कक्षा कार्य, परियोजना कार्य, व्यवहार परिवर्तन, सिर्जनात्मक कार्य र विद्यार्थीको हाजिरीलाई लिइएको छ । निरन्तर मूल्याङ्कन निर्माणात्मक मूल्याङ्कनको सर्वाधिक उपयुक्त विधि हो । शिक्षण सिकाई क्रियाकलापमा शिक्षकलाई सजहकर्ताको भूमिकामा सिमित गरी विद्यार्थी केन्द्रीत शिक्षणका लागि अत्यावश्यक कार्यको रुपमा निरन्तर मूल्याङ्कन प्रणालीलाई विकास गर्न खोजिएको छ । सरकारी विद्यालयहरूको विकासमा यसले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने कुरामा दुईमत छैन तर यसको कार्यान्वयनमा……।

आधारभूत तहमा अध्यापन गर्ने एकजना शिक्षक साथीसँग प्रसङ्गबस सोधेँ –‘तपाईँको विद्यालयमा विद्यार्थीको निरन्तर मूल्याङ्कन प्रणाली लागू गरिएको छ ?’ गर्वसाथ जवाफ आयो –‘ किन छैन, सबैले गर्ने गरेका छौं ।’ जवाफ सुनेर खुशी लाग्यो । मैले फेरि जिज्ञासा राखेँ– ‘ विद्यार्थीलाई कस्तो कस्तो परियोजना कार्य दिनु हुन्छ त ?’ ती साथीले जवाफ दिए– ‘ परियोजना कार्य त सामाजिक पढाउने सरले दिनु हुन्छ, म त नेपाली पढाउँछु ।’ जवाफले म अचम्मित बनेँ । ‘ अनि सिर्जनात्मक कार्य नि ?’ मैले फेरि सोधेँ । ‘ सिर्जनात्मक अभिव्यक्ति र कला भन्ने छुट्टै विषय छ होइन र ? त्यो पढाउने शिक्षकले दिइ हाल्नुहुन्छ नि ।’ उहाँसँग अरु बढी जानकारी लिन मैले आवश्यक ठानिन । लागू गरिएका कार्यक्रमले एउटा कुरा सिकाउँछ । हामी अर्को कुरा सिकिरहेका छौं वा आपूm अनुकुलको व्याख्या गरिरहेका छौं वा विषयवस्तु स्पष्ट हुने गरी तालिम दिन सकिरहेका छैनौं वा तालिमलाई मात्र भत्ता प्राप्त हुने कार्यको रुपमा मात्र बुझिरहेका छौं की ?

                              

केही विद्यालयलाई छाडेर भन्ने हो भने यतिखेर हामी सामुदायिक विद्यालयका शिक्षकहरू मानको, मर्यादाको, विद्यार्थी सङ्ख्या अभावकोे, विद्यार्थी सङ्ख्या भए नै पनि अस्थानीयताको बाहुल्यताको हिसावले सङ्कटमा छौं । यस सङ्कटबाट जोगाउने अरुले होइन, शिक्षक स्वयमको प्रयत्नले हो,  देखिएका समस्याहरू समाधानका लागि आपसी गहन छलफल र विचार विमर्सले हो,  एकले जानेको कुरा अर्कालाई पनि सिकाएर हो, नजानेको कुरा अरुबाट सिकेर हो,  एकले गरेको असल अभ्यासबाट उपयुक्त देखिएका प्रयत्नहरू अरुले पनि लागू गरेर हो,  शिक्षा क्षेत्रमा नित्य नवीन विधि/प्रविधिहरू प्रयोगमा आएका छन्, ती विधि÷प्रविधिहरूलाई आफ्नो शिक्षण क्रियाकलापमा समावेश गरेर हो ।

यसो गर्दा केही गा¥हो त होला । ‘ नगरेको काम गर्न सुरुमा गाह्रो हुन्छ, गर्दै गएपछि आदत बन्छ । आदत बनी सकेपछि त्यो काम नगरी चुपचाप बस्दा गाह्रो हुन्छ ।’ मलाई बाजेले सुनाउनु भएको सो भनाईलाई सार्वजनिक लोकार्पण गर्दै तालिमलाई अवसरको रुपमा उपयोग गर्दै तालिममा सिकेका सीपहरूलाई कक्षा कोठामा प्रवेश दिन, आपूmले पनि परियोजना कार्य गर्न र विद्यार्थीलाई पनि परियोजना कार्य गराउन, नवीन विधि÷प्रविधिलाई शिक्षण सिकाइ क्रियाकलापमा प्रयोग गर्ने जस्ता दायित्व निर्वाह गर्न आजैदेखि सुरु गरौं, गर्दै आएकाले अझ व्यवस्थित र परिमार्जित ढङ्गले गर्दै जाऔँ । गा¥हो काम आदत बनेपछि काम नगरी बस्दा गाह्रो हुन्छ ।

(कर्माचार्य, शान्ति निकेतन मा.वि. राम मन्दिर, भक्तपुरका प्रधानाध्यापक हुन् ।)

:701 Views

Leave a Reply