‘यही हिसाबले सार्वजनिक विद्यालय गइरहने हो भने विद्यालय बन्द गर्ने योजना ल्याउनुपर्छ’

हामी अलिकति मिश्रित अवस्थामा छौं। केही सकारात्मक पक्षहरु पनि छन् । पहिलाको भन्दा धेरै ठूलो भएर आएको पनि छ, गुणस्तर र पहुँचका हिसाबले । गुणस्तरमा केही समस्याहरु छन् । गुणस्तरमै पनि पहिलाभन्दा धेरै नै राम्रो भएको अवस्था भएको पाउँछु म ।

सर्वसाधारणको पहुँचमा नभएको अवस्थाबाट हामी धेरैजसो अत्यन्तै गरिब र पिछडिएको अवस्थालाई छोडेर अन्य निम्न मध्यम वर्गसम्म शिक्षाको पहुँच पुगेको पाइन्छ । तर गुणस्तरमा भने पछिल्लो समयमा मानिसकको ध्यान अनि र समस्याहरु पनि देखिएको छ । यदि तपाइँले हाम्रो पहिलाको शिक्षा निति हेुर्नभयो भने हाम्रो ध्यान गुणस्तरमा थिएन भन्दा पनि हुन्छ, वा अत्यन्तै कम जान्थ्यो । परीक्षाहरु हुन्थे, परीक्षामा अत्यन्तै कममात्र विद्यार्थीहरु पास हुन्थे, अत्यन्तै कममात्र विद्यार्थीले मात्र परीक्षा दिन्थे । त्यो अवस्थाबाट अहिले हामी परीक्षा प्रणालीमाथि नै प्रश्नचिह्न उठाउने अवस्थामा पुगेका छौं । हामीकहाँ दुईखाले विद्यालयहरु, प्राइभेट र पब्लिकको प्रतिस्पर्धाले पनि केही हदसम्म गुणस्तरको कुरा बाहिर ल्याएको छ । जबकि गुणस्तर वास्तवमै कुन राम्रो हो वा होइन भन्ने अर्को छलफलको विषय होला । अहिले समग्रमा स्थिति नराम्रो पनि छैन, त्यति राम्रो अवस्था पनि छैन ।

जीवनराज लोहनी, शैक्षिक अनुसन्धानकर्ता ।

शिक्षाको जेनेरेशन चेन्ज भइरहेको छ । त्यसले गर्दा शिक्षाको गुणस्तर कहाँ छ भनेर खोज्न गएका हुन् । नत्र धेरै मान्छेहरु देखासिकी गरेर प्राइभेट स्कुलमा पढाइरहेका छन् भन्ने तर्क गर्छन् तर म त त्यसलाई मान्दिनँ किनभने मान्छेहरुले बुझेर नै त्यो स्कुलले राम्रो क्वालिटी दिइरहेको छ होला भनेर नै निजीलाई रोजिरहेका छन्, खोजिरहेका छन् ।

चुनौतिको हिसाबले यो भएन भने कुरा गर्नु भन्दा म तपाइँलाई फरक कोणबाट भन्छु, कुन कुन विषयहरुमा हामीले ध्यान दिएनौं होला ? भन्ने कोणबाट भन्छु । सर्वप्रथम त सबैभन्दा ठूलो चुनौति सरकारले लगानी गरेन भन्नेलाई नै केलाउँछौं । हो, नेपालमा सरकारले शिक्षामा जति लगानी गर्नुपर्ने हो, त्यो गर्न सकेको छैन । तर त्यसको लागि राजनीतिक पार्टीहरुको एजेण्डामा शिक्षा अटाउन सकेको छैन । जनताको मागमा पनि शिक्षा अटाउन सकेको छैन । पहिलाको तुलनामा शिक्षामा लगानी गर्नुपर्यो भनेर धेरै ठूलो बहस र चर्चा हुने गर्छ । तर मुर्तता पाउन सकेको छैन ।

के मा लगानी गर्ने भन्ने नै स्पष्टता छैन । शिक्षामा लगानी गर्ने भनेको चाहिँ विद्यालयमा लगानी गर्ने भन्ने बुझिरहेको छ । बिल्डिङमा लगानी गर्ने होला, शिक्षक थप्नमा लगानी गर्ने होला, अथावा विद्यालयमा शौचालय बनाउन लगानी गर्ने होला । धेरैजसो हामीमा शिक्षामा लगानी गर्ने भनेको के भनेर बुझ्न नसक्दा नै धेरै समस्या विद्यमान छ । तपाइँले शिक्षालाई खाली विद्यालयसँग मात्र जोडेर हेर्नुभयो भने यस्ता विषयहरु आउँछन् । हामीले अभिभावक लक्षित र विद्यार्थी लक्षित कार्यक्रमहरु कम सञ्चालन गरिरहेको अवस्था हो । विद्यालय जान नसक्ने बालबालिका हाम्रा लागि चुनौतिको विषय नि हो । विद्यालय गएपछि दिवा खाजा, अलिकति विद्यार्थी केन्द्रीत फण्डिङ चाहिँ हाम्रो छैन । समग्र शिक्षा क्षेत्र नै केमा फण्डिङ गर्ने भन्नेमा नै अलमलमा छ ।

अनि विद्यालय आउनुभन्दा अघिको प्रिस्कुलमा हाम्रो लगानी एकदमै कमजोर छ । त्यहाँ त सरकारले झारा टार्ने काम मात्र गरिरहेको छ । इसीडी र प्रिस्कुलिङले स्कुल एजुकेशनको क्वालिटी डिटरमाइन गर्छ भन्ने कुरा प्रमाणितै गरिसकेको कुरा हो । तर हामी त्यहीँ कम लगानी गरिरहेका छौं । बालबालिकाको पोषणमा, पेरेन्टिङमा, तिनिहरुको रेजिङ गर्ने क्रममा पनि हाम्रो लगानी कम छ ।

हामी जति पैसा आए पनि विद्यालयमा भवन बनाउने, शिक्षक थप्ने र तह थप्ने काममात्र बढी भएको देखिन्छ । अहिले नै हेुर्नहुन्छ भने पनि हाम्रो लगानीको जम्मा २०/२५ प्रतिशत मात्र सरकारले लगानी गरिरहेको अवस्था छ । बाँकी ६०÷७० प्रतिशत लगानी त मान्छेहरु आफैले गरिरहेको छ । तर त्यो सबै विद्यार्थीकै पढाइमा नभएर त्यसको वरिपरि वातावरण बनाउने र भवन बनाउनेमै खर्च भइरहेको छ । समग्रमा अभिभावक र राज्यको रकमलाई कसरी व्यवस्थित गर्ने भन्ने चुनौति पनि छ ।

अहिले विस्तारै सरकारले अडिस्नल कक्षाकोठा निर्माणको कुरा गर्न थालेको छ । जबकि धेरै अगाडिदेखि हाम्रा स्कुलहरुमा ट्युशन पढ्ने चलन थियो । किनभने हामीले त्यो सप्लिमेन्टरी क्लासलाई सँधैभर गलत हिसाबले लियौं । जो कमजोर छ, उसको लािग सप्लिमेन्ट्री क्लास आवश्यक हो कि अनिवार्य ? सरकारले कहिले पनि सप्लिमेन्ट्री क्लासको लागि मैले फण्डिङ गर्नुपर्छ होला भन्ने सोचेन । हामी धेरै क्वालिटीमा खेल्न चाह्यौं । तर बच्चा किन स्कूल आउँदैन, किन आउन सकेन, उसलाई कसरी स्कुल ल्याउने, बच्चाले वास्ततमै राम्ररी सिक्न सक्यो या सकेन ? भन्ने मिनी स्केलमा के गर्नुपर्छ भन्ने खोज्ने प्रयास गरेन । त्यो ठूलो समस्या हो ।

कस्ता बालबालिका प्राइभेटमा गइरहेका छन् र कस्ता बालबालिका पब्लिकमा गइरहेका छन् भन्ने अध्ययन गर्नुपर्छ होला । किनभने प्राइभेट स्कुलहरुमा जाने बालबालिकाहरुमा अभिभावको लगानी एकदमै धेरै हुन्छ र उनीहरु जुन अर्थसामाजिक पृष्ठभूमिबाट आएका हुन्छन्, उनीहरुको लागि सानै उमेरदेखि लर्निङ टुल्सहरु प्रशस्तै उपलब्ध हुन्छ । अपवादका निजी स्कुलहरुलाई छोडेर भन्ने हो भने उनीहरु हाइली रिसोर्स पृष्ठभूमिबाट आएका हुन्छन् । त्यो कुरा गरिब परिवारबाट आएको बालबालिकासँग दाँज्न मिल्दैन । किनभने उनीहरुको लगानी निजीमा पढाउने अभिभावकमा जस्तो हुँदैन ।

त्यसका साथै निजी स्कुलको व्यवस्थापन धेरै हिसाबले राम्रो छ । त्यसले गर्दा अहिलेको परीक्षाका लागि उनीहरु तयार हुन्छन् र उनीहरुले राम्रो गरिरहेका छन् । रिजल्ट राम्रो आइरहेको छ । तर मोडालिटी चेन्ज गरेको खण्डमा त्यसमा फरकपन चाहिँ आउँछ ।

दुईटा एजुकेशन सिस्टममा कुन बेटर अथवा कुन विक भन्ने भनेर भन्नुभन्दा पनि हामीले चाहिँ कसरी एउटा गरिब बालबालिकाले पनि एउटा रिसोर्सफूल अभिभावकले दिएको सुविधा पाउनु सक्छ भन्ने कुरामा राज्यलाई घच्घच्याउनुपर्छ । यदि त्यो अवस्था आयो भने अहिलेकै स्कुलहरुले पनि राम्रो नतिजा ल्याउन सक्छन् । हाम्रामा धेरै राम्रा पब्लिक स्कुलहरु छन्, जसले प्राइभेट स्कुलहरुभन्दा पनि राम्रो नतिजा ल्याउन सकेका छन् । अहिले देखिएको उदाहरणहरुले पनि पब्लिक स्कुललाई राम्रो बनाउन सकिन्छ भन्ने देखिन्छ । तर मेरो एउटै बुझाइ चाहिँ शिक्षाको क्षेत्र स्कुलभन्दा बाहिर जानुपर्यो भन्ने हो ।

हामीले लगभग २००९ देखि २०१२ सम्ममा लगभग ७ हजार विद्यार्थीमा गरेको अध्ययनमा हामीले लगातार तीन वर्षसम्म एउटा विद्यार्थीलाई ट्रयाक गर्यौं । त्यसले के देखायो भने बालबालिकाहरु विद्यालय नआउने एउटा मुख्य कारण बिरामी भएर नआउने देखियो । मान्छेले साधारणतया के लिँदा रहेछन् भने बिरामी भनेको उसले बहाना बनायो होला, ढाँट्यो होला भन्ने हिसाबबाट लिन्छन् । तर बालबालिकाहरु साँच्चिकै बिरामी हुँदा रहेछन् भन्ने कुरा हामीले गरेको अध्ययनले देखायो । अब उनीहरुलाई सामान्य उपचार गर्न सक्यौं भने त्यसले फाइदा गर्दो रहेछ । अहिले स्कुलमा हुने ह्यारास्मेन्ट र पनिस्मेन्ट त छँदैछ । स्कुललाई अलिकति सेफ बनाउन सकियो भने पनि त्यसले काम गर्छ । स्कुललाई कसरी वेलकमिङ बनाउने ? चाइल्ड फ्रेण्डली कसरी बनाउने ?तर धेरै काम चाहिँ बालबालिकालाई स्कुलमा आएर सिक्न कसरी प्रेरित गर्ने भन्ने हो । त्यसको लागि अहिले शिक्षा मन्त्रालयको म्यानेज्मेन्टले गर्न सक्दैन ।

मैले पाँचसात वर्षअघि एकजनाले भनेको सुनेको थिएँ, कि यही हिसाबले सार्वजनिक विद्यालय गइरहने हो भने नेपाल सरकारले विद्यालय बन्द गर्ने योजना ल्याउनुपर्छ ।’ अहिले देखिएको त्यही छ । कति स्कुलहरु बन्द भइसके, कति बन्द हुने क्रममा छन् । यसलाई दुईटा कुरामा जोड्नुपर्छ, एउटा त सार्वजनिक विद्यालयक पहिलाको भन्दा अहिले कमजोर हुन्छ भनेर प्रश्न गर्नुपर्छ । त्यो चाहिँ पक्कै पनि होइन । पहिला मान्छेसँग त्यो लेवलको इकोनोमिक एबिलिटी र त्यो लेबलको रिसोर्स उपलब्धि थिएन । अहिले मान्छेहरुको पर क्यापिटा इन्कम पनि बढेको छ । उनीहरुको शिक्षामा खर्च गर्ने लगानी पनि बढेको छ । शिक्षाको जेनेरेशन चेन्ज भइरहेको छ । त्यसले गर्दा शिक्षाको गुणस्तर कहाँ छ भनेर खोज्न गएका हुन् । नत्र धेरै मान्छेहरु देखासिकी गरेर प्राइभेट स्कुलमा पढाइरहेका छन् भन्ने तर्क गर्छन् तर म त त्यसलाई मान्दिनँ किनभने मान्छेहरुले बुझेर नै त्यो स्कुलले राम्रो क्वालिटी दिइरहेको छ होला भनेर नै निजीलाई रोजिरहेका छन्, खोजिरहेका छन् ।

त्यसलाई ठीक उल्टाएर सार्वजनिक स्कुलमा ल्याउनुपर्छ भन्ने धारणा होइन, तर के हो भने मैले तीनचार वर्ष अगाडि प्राइभेट स्कुलसँगै लिंक भएको एउटा तालिम गरेको थिएँ । वास्तवमा भन्नुपर्दा निजी विद्यालयका शिक्षकहरु सरकारीका शिक्षकहरुभन्दा कम तालिमप्राप्त छन् । त्यहाँ पनिस्मेन्ट, ह्यारास्मेन्ट, भ्वाइलेन्स, पब्लिकको भन्दा एकदमै डरलाग्दो छ । त्यहाँ पढाउने शिक्षकहरुले आफूलाई सरकारीमा जसरी पढाइरहेका छन्, त्यसरी नै पढाइरहेका छन् । ९० प्रतिशत निजी स्कुलमा शिक्षक कहाँका छन् भने सरकारी स्कुलकै छन् । यो सबै पृष्ठभूमिले के देखाउँछ भने प्राइभेट स्कुललाई गाली गरेर पब्लिक स्कुलले बच्ने ठाउँ छैन । सरकारले पनि प्राइभेट स्कुल बेइज्जत होऊन् भन्ने आफ्नो मान्यताबाट पनि एककदम अगाडि बढ्नुपर्ने देखिन्छ । प्राइभेट स्कुललाई कसरी सेन्सेटाइज गर्छ, कसरी कन्सिडर गर्छ ? कसरी त्यहाँ चाइल्ड राइट र चाइल्ड फ्रेण्डली स्कुलको इन्स्योर गर्छ भन्ने कुरा सरकारले खोज्नुपर्छ । तर जति धेरै प्राइभेट स्कुल ग्रोथ हुँदै गर्छ, उति पब्लिक स्कुललाई इम्प्रुभ गर्ने च्यालेन्ज पनि बढ्छ ।

 

:3342 Views

Leave a Reply