युनिक एकेडेमीको तेह्रौँ अभिभावक दिवसमा साँस्कृतिक, कला तथा विज्ञान प्रदर्शनी

भक्तपुर, फागुन १० । लोकन्थलिस्थित युनिक नेपाल एकेडेमीले तेह्रौँ अभिभावक दिवस, साँस्कृतिक, कला तथा विज्ञान प्रदर्शनी कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि केन्द्रिय प्याब्सनका कोषाध्यक्ष सन्तोषमणि न्यौपानेले गरेका थिए । हरेक वर्ष झै यसपालि पनि वर्षभरि शुद्ध र सफा विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो । जसमा प्रि प्राइमरीबाट प्रज्ञाता थापा, प्राइमरीबाट सम्भावी ताम्राकार, कक्षा ६ देखि १० मा युनिसा शिवाकोटी घोषित भएका थिए ।

उक्त कार्यक्रममा अभिभावकहरुबीच भएको स्पुन रेस, डोरी तानका विजयी अभिभवकहरुलाई पनि कार्यक्रममा सम्मान गरिएको थियो । कार्यक्रममा एसईई २०७५ मा उत्कृष्ट नतिजा ल्याउन सफल कृतिका नेयोहाङ तथा वर्षको उत्कृष्ट विद्यार्थी कक्षा ९ की रक्षा दहाललाई कार्यक्रमका प्रमुख अतिथी न्यौपनेले सम्मान गरेका थिए ।

वरिष्ठ कलाकार दमन रुपाखेतीले कार्यक्रमलाई सम्बोधन गर्दै अभिभावकहरुलाई आफ्ना बच्चाहरुलाई मोवाइलबाट टाढा राख्न अनुरोध गरेका थिए । मोवाइलको प्रयोगले अबको १० वर्षभित्र हरेक घरमा एकजना मानसिक रोगी हुने उनले बताए । उनले विभिन्न प्रहसन गरेर अभिभावक, विद्यार्थीहरुलाई मनोरञ्जन गराएका थिए ।

विद्यालयक प्रिन्सिपल सुमन बस्नेतले विद्यालयको उपलब्धी तथा आगामी कार्ययोजनाको बारेमा अभिभावकहरुलाई जानकारी दिएका थिए ।विद्यालय व्यवस्थापन समितिका संस्थापक अध्यक्ष समिर शाहको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्याब्सन जिल्ला कार्यसमिति भक्तपुरका अध्यक्ष चन्द्र अधिकारी, मध्यपुर प्याब्सन नगर कार्यसमितिका अध्यक्ष निलेश आचार्यलगायतका व्यक्तिहरुले आफ्ना भनाइहरु राखेका थिए ।

:482 Views

Leave a Reply