युरो किड्सका विद्यार्थीले गरे रक्तसञ्चार केन्द्रको भ्रमण

भक्तपुर, ९ असार । भक्तपुरको सल्लाघारीस्थित युरो किड्सका विद्यार्थीले भक्तपुरकै दुधपाटीस्थित रक्तसञ्चार केन्द्रको अवलोकन गरेका छन् ।

रगत कसरी बन्छ, हाम्रो शरीरमा रगतको महत्व के छ, रगत आवश्यक पर्दा कसरी शरीरमा हालिन्छ र रगत कसरी दान गरिन्छ जस्ता विषयको बारेमा विद्यार्थीलाई जानकारी दिन सो भ्रमणमा लगिएको विद्यालयको शैक्षिक संयोजक सुमिता श्रेष्ठ बताउँछिन् ।

भ्रमणमा कक्षा १ देखि ३ सम्मका विद्यार्थीलाई सहभागि गराइएको थियो । भक्तपुर रक्तसञ्चार केन्द्रका कर्मचारी तथा प्राविधिकहरुले रगतको विविध पक्षकाबारे जानकारी गराएका थिए ।

:360 Views

Leave a Reply