यूरो किड्स छाउनीको आठौँ वार्षिकोत्सव सम्पन्न, विद्यार्थीको प्रस्तुतीले रमाए अभिभावक

काठमाडौँ । यूरो किड्स छाउनीको आठौँ वार्षिकोत्सव तथा अभिभावक दिवसमा विद्यार्थीले आआफ्नो प्रतिभा प्रदर्शन गरेका छन् । स्कुल पढ्ने स—साना विद्यार्थीले आफ्नो अभिभावकहरुलाई मनोरञ्जनका साथ साथै बाल अधिकार र बालबालिका विरुद्ध हुने हिंसाको बारेमा पनि आफ्ना अभिभावकहरुलाई जनचेतना दिलाएका थिए । कार्यक्रममा विद्यार्थीहरुले गीत, नृत्य प्रदर्शन गरी आफ्ना अभिभावक, शिक्षकलाई मनोरञ्जन प्रदान गरेका थिए ।
कार्यक्रममा प्ले गु्रपदेखि युकेजीसम्म अध्ययनरत विद्यार्थीले विभिन्न गीतमा नृत्य र गीत प्रदर्शन गरेका थिए । साथै उनीहरुले आफूहरुसँंग भएका विभिन्न प्रतिभा पनि प्रदर्शन गरेका थिए ।
कार्यक्रममा विद्यालयका प्रिन्सिपल रोहिणी प्रधान र प्रमुख अतिथि मीनाक्षी दाहालले विद्यार्थीको चौतर्फी विकासमा जोड दिन आग्रह गरेका थिए ।

:738 Views

Leave a Reply