यो हुन सक्छ, शिक्षक समस्याको उपाय

शिक्षा बाहेक अन्य भिन्न विषय अध्ययन गरेर रोजगारी नपाएको बेला वा टाईम पास गर्ने उद्देश्यले विभिन्न प्रक्रियामा विद्यालय सेवामा प्रवेश गर्ने अनि संगठन खोलेर सरकारलाई दबाबमा पार्ने काम विश्वमा कतै छैन, तर नेपालमा जस्तोसुकै हुनुपर्ने किन ?

आन्दोलनरत शिक्षकहरूको मागले दिर्घकालिन समाधान दिनै सक्दैनन् तर पनि सरकारले तिनै शिक्षकको मानवीय हितका लागि मात्रै फेरि शिक्षा ऐन संशोधन गर्दैछ । जहाँ विद्यार्थीको लागि उपयुक्त शिक्षक छनोट शिक्षा संकाय वा विषयबाट हुनुपर्ने कुरा उल्लेख हुँदैन वा गरिने छैन।

कहिल्यै दिर्घकालिन समस्या समाधान नहुने अस्थायी, करार, राहत तथा अन्य विभिन्न प्रकारको कोटाका १७ थरिका शिक्षकहरूको संयुक्त आन्दोलनले शुद्ध शिक्षाका व्यक्ति र शिक्षकहरूलाई विद्यालय सेवाबाट निरुत्साहित गरी बन्चित गराउने चलखेल भै रहेको छ ।

हिजो २/३ दशक अघिको समस्या आजसम्म जहाँको त्यहीँ छ, अझ पनि शिक्षा विषय र संकायलाई बेवास्ता गरी अन्य क्षेत्रबाट शिक्षक नियुक्ति गर्ने काम भए यस्ता शिक्षकको समस्या समाधान कहिले पनि हुँदैनन् हुनेछैन पनि ।

यसर्थ शिक्षा संकाय वा विषयमा तपसिल नयाँ तथा पुरानो विषय वा अध्ययन क्षेत्र थप गरी सुधारपर्ने देखिन्छ :
१.विज्ञान
२.राजनीति शास्त्र
३.पत्रकारिता
४.कानुन
५.लेखा तथा तथ्यांक शास्त्र
६.बजार शास्त्र
७.भूगोल
८.इतिहास तथा संस्कृति आदि।

तसर्थ यी विषय शिक्षामा समावेश गरी विद्यालयका लागि आवश्यक शिक्षक जनशक्ति उत्पादन गर्दै शिक्षा नीतिमा रही सम्पूर्ण शिक्षक समस्या समाधान गर्न सकिन्छ ।

:1553 Views

One thought on "यो हुन सक्छ, शिक्षक समस्याको उपाय"

  1. dinesh ghimire says:

    अस्थायी, राहत वा अन्य शिक्षक अयोग्य छन् र आयोग पास भएर आएका मात्र योग्य छन् भन्ने पत्रकार महोदयले एकपटक आजसम्मको अध्ययन अनुसन्धानले नेपालका सामुदायिक विद्यालयमा कुन शिक्षकले
    पढाएका ठाउँमा कस्तो नतिजा आएको छ भन्ने प्रतिवेदन राम्ररी अध्ययन गरेर समाचार बनाएको भए तपाइँको पत्रकारिताको योग्यता माथि पो प्रश्न चिन्ह उठ्दैनथ्यो कि!

Leave a Reply