राजस्वि पाठशालाका विद्यार्थी प्रकृतिसँग

भक्तपुर, फगुण २४ | राजस्वि पाठशलाको नियमित कार्यतालिका अनुसार आज बिद्यार्थीहरु प्राकृतिक स्थलमा पुगेका छन् । गर्दै, खेल्दै, हेदै सिकाउने क्रममा प्रकृतिसंग पाठशालाका बिद्यार्थीले सिकेका छन् । नियमित घरको चार घेरा र बिद्यालयको चार किल्ला छोडी प्रकृतिसँग अंकमाल गर्न पाउँदाको खुसी सम्पूर्ण बालबालिको मुहारमा देखिन्छ । आ—आफ्नो मनपर्ने खाजा साथीहरुसँग मिलेर खाँदा बिद्यार्थीहरु धैरै खुसी र रमायका थिए ।
विद्यार्थीको शारिरीक र मानसिक विकास गर्न विद्यालयले नियमित रुपमा स्वास्थ्य जाँच तथा भ्रमणको ब्यवस्था गरेको र आज यसै अन्तर्गत विद्यार्थीहरु सुवर्णेश्वरमा पुगेमा र यसरी नै नियमित रुपमा धार्मिक, प्राकृतिक, कृषि, कल कारखाना लगायतका स्थानमा भ्रमण गराउँदै बाल बच्चाको पूर्ण विकास गर्ने मन्टेश्वरी इन्चार्ज संगीता गोरा बताउन्छिन् ।

:1096 Views

Leave a Reply