राजस्वि पाठशालाका विद्यार्थी जात्रा अवलोकनमा

भक्तपुर, २८ चैत्र । राजस्वि पाठशालाको मासिक भ्रमणको कार्यतालिका अनुसार चैत्र महिनामा विश्व सम्पदा सुचिकृत भक्तपुरका विविध स्थानमा विद्यार्थीहरुलाई भ्रमण लगिएको छ । भक्तपुर दरवार क्षेत्रबाट सुरु भएको यात्रा पोटरी स्क्वाएर, गःहिटी हुँदै टौमढी पुगि टुंगिएको थियो ।
विद्यार्थीहरुले भक्तपुरको ठूलो चाड विस्का जात्रा (बिस्केट जात्रा) समेत नजिकबाट अवलोकन गरेका थिए । भैरबनाथ, बेताल, भद्रकाली लगायत देवी देवताको दर्शन तथा भैलख (ठूलो रथ) र नकिन्जु ख(सानो रथ) नजिकबाट हेर्दा र छुदै खेल्न पाउँदा विद्यार्थीहरु औधि रमाएका थिए ।

 

:1032 Views

Leave a Reply