राजस्वि पाठशालामा आँखा शिविर सम्पन्न

भक्तपुर, श्रावण १८ । राजस्वि पाठशालाले आफ्ना विद्यार्थीहरूको स्वास्थ्यमा मात्र नभइ अभिभावक, शुभचिन्तक लगायतका व्यक्तिहरूको स्वास्थ्यको निरन्तर ख्याल राख्दै बृहत आँखा शिविर सम्पन्न ग¥यो ।

१५० भन्दा बढी सेवाग्राहीहरूको आँखा जाँच गर्दा ५ जनामा आँखाको मोतियाबिन्दु देखियो भने १६ जनाले चस्मा लगाउनु पर्ने देखियो । तिलगँगा आँखा प्रतिष्ठानको भक्तपुर शाखाले निःशुल्क औषधी सहित प्रविधिक सहयोग गरेको थियो । सन् २००६ बाट भक्तपुरमा स्थापना गर्दै सेवारत भक्तपुर शाखाले हालसम्म १९००० सेवाग्राहाीहरूको आँखा उपचार गरेको, शिविरबाट आएका सेवाग्राहीलाई चश्मा समेटमा २०% छुट, मेसिनद्वारा गर्ने अपरेशन(ठेगो)मा ३३% छुट तथा हातले गर्ने अपरेशन समेत छुटमा गरिने आह्वान भएको थियो । पहिले शिविरका विरामीको अपरेशन गर्न तिलगंगा पुगी समय लिएर कुर्नुपर्नेमा हाल च्याम्हासिँहमा २/३ दिनमै वरिष्ठ डाक्टरहरूले मोतियाविन्दुको अपरेशन गर्न सक्षम भएको शाखा प्रमुख धिरज अधिकारीले बताए । अपेक्षाभन्दा धेरै सेवाग्राहीहरूको उपस्थिति रहेको शिविर सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्ण महानुभावहरूमा प्रिन्सिपल कान्ति के.सी.द्वारा धन्यवादज्ञापन गर्दै एक दिने आँखा शिविर समापन गरियो ।

:605 Views

Leave a Reply