राजस्वि पाठशालामा मनाईयो राष्ट्रिय धान दिवस

भक्तपुर, असार १५ । कृषिप्रधान देश नेपालको महत्वपूर्ण खाध्यबालि धानको बारे प्रयोगात्मक शिक्षा दिने र यसको महत्व बारे गर्दै सिकून भन्ने मुल उद्देश्य सहित राष्ट्रिय धान दिवस पाठशालाको विद्यार्थी माझ धान रोपाई कार्यक्रम सम्पन्न भएको छ ।

विद्यालयले प्रयोगात्मक शिक्षाको लागि ब्यवस्था गरेको २ रोपनी जग्गाको केही भागमा विद्यार्थी, शिक्षक तथा कर्माचारीले धान रोपेका थिए । हिलोमा खेल्दै धान रोपेका बालबालिका औधि रमाएका थिए । बाँकी रहेको जग्गामा समेत विविध प्रजातिका बालि तथा बोट बिरुवा लगाउने र बालबलिकामा चौतर्फी विकासमा कुनै सम्झौता नगर्ने प्रिन्सिपल कान्ति के. सी. बताउँछन् ।

:522 Views

Leave a Reply