राजस्वि पाठशालामा शिवरात्री

भक्तपुर फागुण–२० | बालबालिकामा सम्पूर्ण धर्म र संस्कृतिको ज्ञान तथा त्यसको बिधी बारे जानकार होस् भन्ने अभिप्रायका साथ राजस्वि पाठशालामा हिन्दु धर्मावलम्बिको महान चाँड शिवरात्री मनाइएको छ । पाठशालाका बालबालिकामा शिवरात्रीको महत्वबारे बुझाइएको उक्त कार्यक्रममा परम्परागत बिधिबाटै आगो बालि सम्हेबजि, मकै भट्मास खाँदै पाठशालाका बिद्यार्थीहरु रमाएका थिए । विद्यार्थीले शिवको चित्र बनाउँदै त्यसमा रंग भरेका थिए । यसरी विभिन्न धर्म परम्पराको ज्ञानको निम्ति यस्तो कार्यक्रमले बालबच्चामा सानै उमेरदेखि धार्मिक संहिस्नुता बारे अभ्यस्त हुने प्रस्ताबित प्रिन्सिपल कान्ति के.सी.ले बताएका थिए ।

:1149 Views

Leave a Reply