राजस्वि पाठशालामा स्वास्थ्य जाँच

भक्तपुर । राजस्वि पाठशालाले आफ्नो विद्यार्थी, स्टाफ तथा अभिभावकको स्वास्थ्यमा विशेष ध्यान राख्दै नागरिक सामुदायिक अस्पताल, गठ्ठाघरसँग समन्वय गरेको छ । सम्पूर्ण विद्यार्थीलाई मासिक रुपमा नियमित स्वास्थ्य जाँचको सुरुवात गरेको प्रिन्सिपल कान्ति के.सी. ले बताए ।

नियमीत स्वास्थ्य जाँचले बालबच्चामा आएका निरन्तर परिवर्तन बारे समयमै जानकार हुने केसी बताउँछन् । कुनै पनि कुरा सानोबाटै बढ्ने हुदाँ सानै बेला ध्यान पुर्याउन सके ठूलो क्षतिबाट बच्न सकिने भएका कारण विद्यालयले सम्पूर्ण विद्यार्थीको मासिक रुपमा स्वास्थ्य जाँचको तालिका राखेको बताए । दैनिक रुपमा घर तथा विद्यालयको खानपान समेतको डायरीले विद्यार्थीको स्वास्थ्यमा आएको परिवर्तन तथा रोगको कारण थाहाँ पाउन सहयोग पुर्याउने र विद्यार्थीको सन्तुलित विकासमा नियमित स्वास्थ्य जाँचको ठुलो स्थान रहने विद्यालयले बताएको छ ।
पाठशाला तथा अस्पताल बिच विद्यार्थी, स्टाफ तथा अभिभावक समेतलाई अस्पतालमा उपलब्ध सम्पूर्ण सेवामा निश्चित प्रतिशत छुट दिने सम्झौता गरेको छ ।

:588 Views

Leave a Reply