‘राज्यलाई निजी विद्यालयले गरेको योगदानलाई बुझाउनेछु’

२ पटक काठमाडौँको जिल्ला अध्यक्ष र केन्द्रिय सचिवालयमा ३ वर्ष काम गरेको छु । निजी विद्यालयको समस्यालाई समाधान गर्नुछ । सबैभन्दा पहिला हामीले मिलेर हाम्रो संगठनका योजनाहरू तयार गर्नुपर्छ । निजी क्षेत्रले यो मुलुकलाई दिगो रूपमा कसरी सहयोग गर्न सक्छ भन्नेमा साझा अवधारणाको निर्माण गर्नेछौँ ।

हामी व्यक्तिगत भन्दा नि सांगठनिक धारणा बनाएर अघि बढ्ने छौँ । अध्यक्षले आफ्ना नीति तथा कार्यक्रमहरू बनाएर प्रस्तुत गर्नुहुन्छ । त्यसमा सहि भएमा हामी समर्थन जनाउँछौँ र केही संशोधन गर्नु परेमा हामी सुझाव दिन्छौँ । सशक्त र शैक्षिक नेतृत्व हामीलाई आवश्यक छ । म यो संगठनलाई बलियो बनाउन र नीति तथा कार्यक्रममा दिगो विकासमा लाग्ने छु । प्याब्सनबारे राज्यलाई बुझाउन मेरो भूमिका रहने छ । प्याब्सनले देशलाई गरेको योगदान बुझाउनेछु । मुख्य गरि निजी क्षेत्रले देशको लागि गरेको योगदान के कस्तो छ भन्ने कुरा सरकार र शिक्षा मन्त्रालयलाई बुझाउने काम मबाट हुन्छ ।

:470 Views

Leave a Reply