राष्ट्रभरिका निजी विद्यालय बचाउन सक्ने प्रतिनिधि चाहिएको छ

निजी विद्यालयहरूको छाता संगठन प्याब्सनले देशको संघीय संरचना अनुरुप आफूलाई परिमार्जन गर्दै आगामी फागुन मसान्तमा देशैभरीका प्याब्सन सदस्य विद्यालय सञ्चालकहरूको महाधिवेशन गर्दैछ। माध्यमिक तहसम्मको शिक्षा स्थानीय तहको मातहतमा गएपछि प्याब्सनलाई कस्तो प्रभाव परेको छ भन्ने जिज्ञासा राख्दा प्याब्सनका केन्द्रीय  उपाध्यक्ष कृष्णप्रसाद अधिकारीले भनेः

अवस्था भद्रगोल छ। केही मान्छेहरूले स्थानीय तहलाई राजनीतिक रूपमा हेरेका छन्। निजी विद्यालयका सेवासुविधा बन्द गर्ने कार्य स्थानीय तह आउनुअघि नि भएका थिए र अहिले पनि छन्।

सम्रग शिक्षालाई हेर्दा अब स्थानीय तहभित्रका विद्यालयहरूले प्रतिस्पर्धा गरि अझ बढी विकास गर्नेछन्। काठमाडौँ नै आएर पढ्नुपर्छ भन्ने प्रवृत्ति बिस्तारै हट्दै जान्छ। स्थानीय विषयवस्तुका बारेमा विद्यार्थीहरूले अध्ययन गर्न पाउँछन्।

प्याब्सनको आउँदो महाधिवेशनबाट स्थानीय, प्रदेश र केन्द्रीय स्तरमा रहेका सानामझौला र ठूला स्कुलहरूको विचारको सम्मीश्रण हुने एउटा बलियो सदस्यीय समिति गठनको अपेक्षा गरेको छु। नियम कानूनभित्र रहेर सरकारसँग आफ्ना मुद्धाहरू बताउन सक्नेअभिभावकविद्यार्थी र शिक्षकको हितका विषयमा सोच्ने र राष्ट्रभरिका निजी विद्यालयलाई बचाउन सक्ने प्रतिनिधि महाधिवेशनबाट बन्छ भन्ने आशा गरेको छु।

:1344 Views

Leave a Reply