राष्ट्रिय गीत नृत्य प्रतियोगितामा क्वालिटी प्रथम

भक्तपुर, ३ असोज । संविधान दिवस २०७५ को अवसरमा ‘मेरो देश, मेरो गर्व’ नारासहित आयोजित इप्सन अन्तर विद्यालय राष्ट्रिय गीत नृत्य प्रतियोगितामा क्वालिटी इंग्लिश सेकेण्डरी स्कुल प्रथम भएको छ ।
सूर्यविनायकस्थित शुभकामना पार्टी प्यालेसमा भएको कार्यक्रमको प्रमुख अतिथि शिक्षा विकास तथा समन्वय एकाईका प्रमुख हरि प्रसाद दाहालले पुरस्कार वितरण गरेका थिए ।
नेपाल चलचित्र नृत्य संघका कोषाध्यक्ष गोपाल अधिकारी, सोही संघकी सदस्य अनिता श्रेष्ट तथा नेपाल साँस्कृतिक प्रतिष्ठानकी सदस्य अञ्जना ब्यान्जुले कार्यक्रमको मूल्याङ्कन गरेका थिए ।
७ विद्यालय सहभागी भएको प्रतिस्पर्धामा ‘म त नेपाली’ गीतमा नृत्य गरेर मदरल्याण्ड बोडिङ स्कुल दोस्रो र ‘नेपाली भई बाच्न पाऊ’ गीतमा नृत्य गरेर हिमाल एकेडेमी तेस्रो भएको थियो । ‘जागउठ’ नृत्य गरेर सनराइज बोडिङ स्कुल चौथौं भएको थियो । उत्कृष्ट भेषभुषाको उपाधी ग्लोबल एकेडेमीले र उत्कृष्ट कोरियोग्राफर पारीजात विद्या कुञ्जनले हात पार्न सफल भएको थियो । प्रथम हुने क्वालिटी स्कुलले ‘नेपालकी छोरी’ गीतमा नृत्य प्रस्तुत गरेका थिए ।

 

:759 Views

Leave a Reply