रोयल किन्डर क्याष्टलको अभिभावक दिवस सम्पन्न

काठमाडौं, ३० पुष । काठमाडौंको शङ्खमुलस्थित रोयल किन्डर क्याष्टल प्रि–स्कुलको चौथो ‘अभिभावक दिवस’ सम्पन्न भएको छ ।

अभिभावकलाई नानीबाबुले पढ्ने र लेख्ने बाहेक अरु के के क्रियाकलाप सिकिरहेका छन् भन्ने विषयमा जानकारी दिन यो कार्यक्रम गरेको स्कुलको प्रिन्सिपल रोजिना तन्डुकारले बताएकी छिन् ।

शुक्रबार पाटनको ज्याप्पु प्रज्ञा भवनमा सम्पन्न कार्यक्रममा प्ले गुप्रदेखि कक्षा २ सम्मका विद्यार्थीले गीत गाउने, नाच्ने, टेक्वान्डो र जिम्न्यास्ट्किका साथै उद्घोषण पनि गरेका थिए ।

कार्यक्रममा एक सय ७० अभिभावकको उपस्थिति रहेको थियो ।

:831 Views

Leave a Reply