र्याली र सरसफाईमा ग्रामर स्कुल

काठमाडौं । यसवर्षको विश्व वातावरण दिवसमा राजधानीका विभिन्न विद्यालयले आफ्ना विद्यार्थीलाई सहभागी गराई वातावरणवारे जनचेतना फैलाउने खालका सन्देशसहितको र्यालीमा सहभागी गराएजस्तै कोटेश्वरस्थित ग्रामर पब्लिक स्कुलका विद्यार्थी पनि बुधबार र्याली र सरसफाईमा जुटे ।

विद्यालयको अतिरिक्त कृयाकलाप विभाग प्रमुख पासाङ्ग नामग्याल घिसिङ्ग र स्काउट गुरु शिवकुमार त्वायनाको नेतृत्वमा ग्रामरका विद्यार्थी सरसफाई र र्यालीमा जुटेका थिए ।

विभिन्न जनचेतनामूलक प्लेकार्ड, व्यानर र पर्चासहित कक्षा ६, ७ र ८ का विद्यार्थी तथा स्काउटहरु सम्मिलित र्याली विद्यालय हाता हुँदै कोटेश्वर सेतीओपी मार्ग, कोटेश्वर महादेवस्थान, बागमती किनार हुँदै विभिन्न ठाउँको परिक्रमा गरि विद्यालयमै आएर समापन भएको थियो ।
उता ग्रामरकै कक्षा ९ र १० का विद्यार्थी भने ग्रामर स्कुल हातादेखि कोटेश्वर महादेव मन्दीरलगायत विभिन्न ठाउँको सरसफाइ गर्दै फोहोर संकलन गरेर गाडीमा हाल्दै थिए ।

ग्रामरकै अरु विद्यार्थी भने वातावरण संरक्षणबारेको विभिन्न आयोजना बनाएर अन्य विद्यार्थी र शिक्षकमाझ प्रदर्शन गर्दै थिए । उनीहरुले वातावरणसम्वन्धी बनाएका आयोजनाहरु निकै नै आर्कषक थिए ।

“स्वच्छ वायु, स्वस्थ जीवन” भन्ने नाराका साथ मनाईएको यसपालीको विश्व वातावरण दिवसले विश्वव्यापी रुपमै वायु प्रदुषणबाट वातावरणमा पारेको असरलाई कम गर्दै वातावरण संरक्षणमा सहयोग पुरयाउने विश्वास गरिएको छ ।

:308 Views

Leave a Reply