लिटल वल्र्ड स्कुलको वार्षिकोत्सवमा कलाकारले थपे रौनक

भक्तपुर, १९ फागुन । भक्तपुरको दुधपाटीस्थित लिटिल वल्र्ड इङ्लिस स्कुलको १८ औँ वार्षिकोत्सव शनिबार सम्पन्न भएको छ ।
कार्यक्रममा प्याब्सन भक्तपुर नगर समितिका अध्यक्ष रमेशचन्द्र श्रेष्ठले प्रत्येक विद्यालयले विद्यार्थीहरूको सर्वाङ्गीण विकासको लागि पढाइका साथ अनुशासन र अतिरिक्त क्रियाकलाप पनि सँगसँगै लानु पर्ने बताएका थिए ।
त्यस्तै विद्यालयका अध्यक्ष पदमध्वज कार्कीले विद्यालय, अभिभावक र विद्यार्थीको सामूहिक प्रयासबाट मात्र शिक्षण सिकाइ प्रभावकारी हुने बताएका थिए । प्रिन्सिपल रूपेन्द्र पोख्रेलले विद्यालयले व्यवहारिक शिक्षालाई जोड दिदै विद्यार्थीहरूलाई संस्कारयुक्त शिक्षा प्रदान गर्दै आइरहेको जानकारी दिएका थिए ।
वार्षिकोत्सवको अवसरमा विद्यार्थीहरुले आफ्नो विविध सास्ँकृतिक प्रस्तृती दिएका थिए । कार्यक्रममा हास्य टेलिचलचित्र ‘रिसानी माफ’ का कलाकारहरु राजकुमार देवकोटा, घ्याम्पे सुब्बा (विनोद राई), भटभटे माइला (बेगम नेपाली) र सुकुमाया (आशा खड्का) ले हास्य प्रस्तुतीद्वारा कार्यक्रमलाई थप रोचकपूर्ण बनाएका थिए ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा भक्तपुर नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष श्यामकृष्ण खत्री, भक्तपुर नगरपालिका शिक्षा शाखा प्रमुख मेघनाथ रिमाल लगायतको सहभागिता रहेको थियो ।

:411 Views

Leave a Reply