वर्गीकरण : विद्यार्थी कुट्ने र नकुट्ने शिक्षकको

केही वर्षअघि धरानकै नाम चलेको एक विद्यालयका प्रिन्सिपलले मेरै आँखाअगाडि विद्यार्थीलाई पिटे । मुखैमुखमा पिट्दा मलाई पनि नराम्रो लाग्यो । उनले पिट्न थालेपछि ती बालक खुब डराए । उनले पिटिसकेपछि विद्यार्थीको दाँतमा लागेको हुनाले रगत नै आयो । त्यसपछि विद्यालयका गार्डलाई डाकेर भने, ‘बाहिर औषधि पसलमा लगेर उनको ट्रिटमेन्ट गर्नू ।’ विद्यार्थी रूँदै बाहिरिए । मैले उनीसँग पनि सजाय बन्द गर्न अनुरोध गरेँ । तर उनी मान्न तयार भएनन् । त्यसपछि उनले मलाई पनि अर्ती दिँदै भने, ‘के गर्नु नपिटी त नहुने ’ निन्याउरो अनुहार पार्दै म पनि बाहिरिएँ ।

अहिले पनि धेरै सञ्चारमाध्यममा समाचार आइरहेका छन् । शिक्षकको पिटाइबाट विद्यार्थी बेहोस, कानको जाली नै फुट्यो, गाला र जीउमा नीलडाम, विद्यार्थी निर्घात पिटिए, कुटपिटबाट गाला सुन्निएको र टाउकोमा चोट देखिएको, हातखुट्टा भाँच्चिए, नीलडाम हुने गरी कुटिएका समाचार बाहिर आइरहेका छन् । यस्तै, शिक्षकबाटै गालामा पिट्ने, लट्ठीले पिट्ने, उठबस गर्न लगाउने, कुखुरा बनाई अप्ठ्यारो अवस्थामा धेरै बेरसम्म राखिरहने, कान निमोठ्ने, कपाल भुत्ल्याउने, टाउको भित्तामा बजार्ने, डस्टरले पिट्ने आदि काम पनि नभएका होइनन् । यस्ता दुव्र्यवहार आजकालका बालबालिकाले खपिरहनु दुःखद् पक्ष हो । यस्तै, शिक्षकबाटै तँ मूर्ख, तँ केही जान्दैनस्, तँ काम नलाग्ने, अल्छी, तैँले त पछि आलु खान्छस् आदि वाक्यद्वारा पनि विद्यार्थी पीडित बन्दै गइरहेका छन् । कतिपय शिक्षकले चाहिँ गृहकार्य नबुझाउँदा, समयमा विद्यालय नपुग्दा, पोशाक सफा नहुँदा, विनाकारण विद्यालयमा अनुपस्थित हुँदा, साथीभाइसँग जिस्कँदा, चकचक गर्दा, अक्षर नराम्रो हुँदा, विद्यार्थीलाई कुट्ने गरेका छन् । हाम्रा बालबालिका कहिले कुखुरा बन्छन्, कसैको कान निमोठिन्छ, कसैको हत्केला र शरीरमा स्केल, डस्टर वा छडीको डाम बस्छ त कसैको कन्सिरी उखेलिन्छन् । उठबस गराउने, घुँडा टेकाउने, चिमोट्ने, औँलाको बीचमा पेन्सिल घुसारेर थिचिदिने, दिनभरि घाममा उभ्याइने, स्कूल ब्यागलाई टाउकामा राख्न लगाइने, घुँडा टेकाएर काम गराइने, बेञ्चमा उभ्याइने, हातमाथि उठाएर उभिन लगाउने आदि सजाय दिइन्छ । बालबालिकाले यस्ता शारीरिक एवम् मानसिक दण्ड र सजायको भागिदार कहिलेसम्म बनिरहनुपर्ने रु यो सोचनीय विषय हो । अनुशासनका नाममा पाठशालालाई दण्डशाला र विद्यालयलाई यातनालय बन्नबाट जोगाउन सम्बन्धित सबैको ध्यान जानु आजको आवश्यकता हो ।

विद्यार्थीलाई नपिटी पनि पढाउन सकिन्छ भन्ने हेक्का कोही शिक्षक, प्रिन्सिपल वा डाइरेक्टरसँग नै छैन भन्दा फरक नपर्ला । बालबालिकालाई पिटेपछि डराउँछ, हामीले भनेको मान्छ भन्ने भ्रम सबैमा छ । अनुशासनका बहानामा पिटिन्छन् बालबालिका । अभिभावकले पनि पिट्न त पिट्छन् तर पढोस्, अघि बढोस् भनेर पिट्छन् । अभिभावक र शिक्षालयको पिटाइले बालबालिकाले दुवैका लागि पढिदिनुपरेको अवस्था छ । कतिपय अभिभावक आपैmँ विद्यालय गएर आप्mनो बच्चालाई पिटेर भए पनि तह लगाउन आग्रह गर्छन् । बालबालिकालाई पिट्न भनेर विद्यालय पठाइएको होइन, सिकाउन पठाइएको हो भनेर भन्ने अभिभावक नै आप्mना बालबालिकाले पढोस् भनेर नै पिटिदिन्छन् र बालबालिकाले पनि पढिदिनुपरेको छ । बालबालिकाले बदमासी ग¥यो भनेर सम्झाइबुझाइ गर्नुपर्नेमा पिट्न थालियो भने पढ्नुपर्ने त हो नि भन्ने भावनाको विकास हुन जान्छ । यसरी अभिभावक र शिक्षकका लागि पढेको भनेर बालबालिकाले मानसिकता बदलिए भने कहिले बालबालिका प्रतिभावान् भएर निस्कने रु सोचनीय विषय नै यही हो । अब पिटेर होइन, माया गरेर पढाउने समय आएको छ । पढाउने प्रक्रियाहरू परिवर्तन गरौँ । शिक्षक र अभिभावकले यसको कारण खोज्नुपर्ने बेला आएको छ । एउटा स्कूलका शिक्षकले गुनासो गरे–अहिलेका बालबालिका पढ्दै पढ्दैनन्, मोबाइलमा झुण्डिएको छ आदि इत्यादि । अभिभावकको गुनासो पनि यही छ । तर कुन माध्यमबाट विद्यार्थीले किताब पढ्न सक्छ भन्ने दुवैले बुभ्mन सकेका छैनन् । विद्यार्थीलाई पठनमा सहयोग गर्न अनेकौँ उपाय खोज्न सक्नु आजको आवश्यकता हो । बालबालिकामा उत्सुकता जगाउने खालको शिक्षा दिने हो र त्यहीअनुसार पढाउन थाल्ने हो भने दण्ड–सजाय किन चाहियो ?

प्रविधि भित्रिनुअघिका बालबालिका पनि पढ्थे, खेल्थे, बाख्रा चराउन जान्थे, पछि पढेर डाक्टर, पाइलट, इन्जिनियर, नर्स, शिक्षक आदि बनेकै हुन् त भन्ने कुरा सोच्न सक्नुपर्छ । शहरको मात्रै कुरा गर्ने हो भने अहिलेका बालबालिकाले मोबाइल नचलाएर के चलाऊन् रु स्कूल जाँदा बसमा कोचिएर पुग्नुपर्छ, कोचिएर पुगिसकेपछि कतिपय विद्यालय पुग्न पूरै शहरको चक्कर लगाउनुपर्ने बाध्यता छ । त्यो चक्करमा घुमिसकेपछि विद्यार्थीहरू निदाएर स्कूल पुग्छन्, कोही खलखली पसिना चुहाउँदै । भनौँ, त्यति बेला विद्यार्थी थाकिसकेका, गलिसकेका, अभिभावक र शिक्षकका लागि ‘पढिदिन’ पनि सकिरहेका हुँदैनन् भन्दा हुन्छ । घर आयो, बाहिर निस्कने ठाउँ नै हुँदैन । उनीहरूले बाहिरी ज्ञान पनि पाउँदैनन् ।

विद्यालयमा विद्यार्थीलाई शारीरिक यातना दिँदा सिकाइमा असर परिरहेको शिक्षाविद्हरू बताउँछन् । यसलाई न्यूनीकरण गर्न नीतिनियम वा ऐनमात्रै बनाएर नपुग्ने उनीहरूको भनाइ छ । बालबालिकालाई पिटेर होइन, माया गरेर, बुझाएर पढाउनुपर्छ भन्ने चेतनाको विकास गर्न जरुरी छ । सजायबाट बालबालिकाले आपूmलाई असुरक्षित, अपहेलित र असहाय ठान्ने गर्छन् । त्यसैगरी उनीहरूमा बदलाको भावना पलाउने, आत्मविश्वासमा कमी आउने, पढाइमा अरुचि पैदा हुने, निद्रा नलाग्ने, एकाग्रतामा कमी आउने, सपनामा बर्बराउनेजस्ता समस्या देखिने विशेषज्ञहरू बताउँछन् । सरकारले ‘भयरहित शिक्षा’ को अवधारणा अगाडि सारिसकेको छ । अवधारणाअनुसार कुनै पनि बहानामा विद्यार्थीलाई सजाय दिन मिल्दैन । तर अभैm पनि विभिन्न दोष देखाउँदै विद्यार्थी पिटिएका खबर आइरहेका छन् ।

त्यसो भए के त रु दण्ड दिनु नै हुँदैन रु अवश्य होइन, सकारात्मक दण्डको आवश्यकता जहाँसुकै पनि हुन्छ । शिक्षकहरूमा विद्यार्थीको भलो होस् र उनीहरू अनुशासित र सभ्य होऊन् भन्ने नै चाहना हुन्छ भन्ने कुरा पनि धेरै हदसम्म सत्य हो । बालबालिका किन दण्डित हुँदैछ, उसलाई बुझायो भने उसले पनि बुभ्mनेछ मैले नराम्रो काम गरेछु । त्यसैले विद्यार्थीको आन्तरिक प्रतिभाको प्रष्फुटनमा अवरोध गर्नुभन्दा उत्साहवद्र्धक क्रियाकलाप, स्नेहपूर्ण व्यवहार र प्रतिस्पर्धात्मकताको सिर्जना गरेर शिक्षण गर्दा प्रतिभाको उचित र सरल प्रयोग हुन आउँछ । माध्यमिक तहसम्मको शिक्षा सञ्चालनको अधिकार स्थानीय सरकारले लिन्छु मात्रै भनेको छ, लिइसकेको अवस्था छैन । त्यसैले अब स्थानीय सरकारका बीचमा पनि यी कुरा उठ्नुपर्छ, छलफल र बहसको विषय बनाइनुपर्छ– बालबालिकालाई दण्ड नदिएरै पढाएर सक्षम नागरिक बनाउन सकिन्छ भनेर । अब स्थानीय सरकारले कुट्ने र नकुट्ने शिक्षकको वर्गीकरण गर्नुप¥यो । नपिट्नेलाई सम्मान गर्ने हो भने पनि यो समस्या केही हदसम्म समाधान होला कि ?

– शेखरनाथ

:613 Views

Leave a Reply