वर्णमालाको दोस्रो अभिभावक दिवस सम्पन्न

काठमाडौँ, २७ चैत्र । काठमाडौँको काटेश्वरस्थित वर्णमाला मन्टेश्वरीको दोस्रो वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ । वार्षिकोत्सवको अवसरमा अभिभावक अनुपमा श्रेष्ठ र बिनिता शर्माले बच्चाले स्कुलमा सिकेको कुराहरु घरमा पनि बताउने र गर्ने गर्दा बच्चाले केही सिकेकोमा खुसी लागेको बताए । विद्यालयले बालअधिकार, मनोविज्ञान र सफाईको विषयमा सिकाइदिदाँ बच्चामा परिवर्तन आएको उनीहरुको अनुभव साटे । शनिबार भएको कार्यक्रममा विद्यार्थीहरुले नृत्य, गीत र नाटक प्रस्तृत गरेका थिए । कार्यक्रममा करिब १ सय अभिभावकको सहभागीता रहेको विद्यालय प्रिन्सिपल सूजना भण्डारी पौडेलले जानकारी दिएकी छिन् ।

:528 Views

Leave a Reply