वशन्त बहार – श्रीपञ्चमी

बहार बोकेर आउँछ वशन्त सदा यहाँ । मानौँ जीवन ऋतु सदा बहारै रहन्छन् । जीवन बहारेै बहारका हार हो ; माला हो । हामी सँधै सँधै बहारका छाल तरङ्गहरुमा छलाङिएर बाँच्छौँ, बाँची रहन्छौँ । मानौँ जीवनका बाल्यकाल देखिका अवशान सम्मका अनेकन मोडहरु जीवनका छलाङ् छन् । ती र यी छलाङहरु सबै मौसमी जीवन बृत्त वरपर रुमलिरहन्छन् । एक पछि अर्को गर्दै ठीक ठीक मौसममा ठीक तवरतरिकाले । तीनै बेला हुन कि हामी मानव – प्राणि चाहीनचाही अनुकूल, अननकूल अनुभूमिका अँगालो सँगाल्छौँ । तीता, मीठा ती अनुभूतिका अँगालो –सँगालोलाई हामी सुख – दुःखका भँङालो भन्ने गर्छौ । तिनै सँगालो – भङालोहरु बीच आईलाग्ने वशन्त बहार बनेको छ । वशन्त बहार श्री साथ आउँछ । श्री बोकेर आउँछ – वशन्त बहार हररहरर ।
हरर हरर बहार वशन्त हो । हरर हरर हावाका बहाव वशन्तको आगमनको चाल रहन्छ । सुस्क सुस्क रुख, बिरुवाका जिउडाल फुल्न र पलाउन थाल्दछन् । त्यहाँ, यहाँ जतातता रुख, विरुवा चिचिलाउन थाल्छन् । मुना मुना बनेर मुस्काउँछन् । कोपिला कोपिलामा कोपिलाउँछन् । अनि पालुवा पालुवामा पलाउँछन् । वशन्त बहारको देन यस्तै छन्, हुन्छन् । सुस्क अवस्थाबाट हराभरा जीवन अवस्थाका परिणति वशन्त–श्री । श्री समृद्धि । श्री सकारात्मक सोच र प्रवृत्ति । वशन्त एकलै आउँदैन । यो श्री कै श्रीपञ्चमी काँढमा कुम्ल्याएर आउँछ । वशन्त साथै जुगुल्टिएर श्रीपञ्चमी बहार बहाएर आउँछ । यो यस्तै पर्व– मेलाको अवसर रहेको छ – वशन्त बहार – श्रीपञ्चमी ।
श्री पञ्चमीलाई मैले मनश्री भन्न मनपराएँ । मन इच्छा शक्तिका मोहक केन्द्रबिन्दु । शाश्वत सत्य । मन मनकै केन्द्रबिन्दु बनेर विबेक छर्छ । मन मनकै केन्द्र बिन्दु बनेर ब्रम्ह बासना महकाउँछ । मन चिन्तनको सागर रहनाले नै सवै चिन्तन मनबाट सर्सराउँछ । विबेक – बुद्धि सबै मनकै सरसराई ठान्छु । वशन्त बहार श्री पञ्चमीका अत्यन्तै श्रेयस्कर श्री बन्छ , त्यसै उसैले । मलाई श्रीयुक्त श्रीपञ्चमीका वशन्त बहार र बहार युक्त श्रीका श्रीपञ्चमी उत्तिकै मोहक लाग्छ जति कि यो जीवन !
जीवन भन्नु संचेतना केन्द्र हो, पुञ्ज हो । संचेतना वशन्त हो । वशन्तले नव पल्लव पलाउन हर सम्भव अवस्था जुराउँछ । त्यसैले वशन्त भित्र भित्रै एक चेतना तत्व रहेको हुन्छ । तिनै चेतन तत्व हो ; जसले सुस्क अवस्थालाई हरित अवस्थामा पुनर्जीवन प्रदान गर्छ । श्रीपञ्चमीका वशन्ति श्री भन्नु नै जीवनमा वशन्त पुनर्जागरण गर्नु हो । वशन्ति श्रीको गर्भ भन्नु नै जीवन चेतना जगाउनु हो । वशन्ति श्रीपञ्चमी प्रतिवर्ष पुनराबृत्त भइरहनुपर्छ ; भइरहन्छ पनि ।
पुरनाबृत भइरहनै पर्ने चेतना चिन्तन प्रवृति तत्व सारस्वत रहेको छ । सारस्वत भन्नुको हेतु सरस्वती हुनु हो । सरस भन्नु रसपूर्ण रहनु । सरसवती भन्नु रसवन्ती रहनु । त्यही रसवन्ती गुण तत्वकै कारण प्रकृति परिवर्तनशील रहेकी छिन् । त्यही परिवर्तनशील प्रकृतिलाई हामी सरसवती मातृतत्व मान्छौँ , मानिआएका छौँ । त्यही सरसवती गुण तत्वको कारण सरस + वती संधि भएर सरस्वती बन्न पुग्छ । रसपूर्ण सरस्वती आरधना गर्ने अवसर श्री बन्छ । यो गहन भाव धारणा श्री हो । श्री भावपूर्ण धारणा मानव सम्पदा बन्छ । श्रीलाई भौतिक रुप, गुण र मुल्यका आधारमा मात्र सम्पदा मानिन्न बौद्धिक चिन्तनका मानषिक धरातलमा । यति गहन मानष चिन्तनका संसारमा बोधितत्वको महिमा गान गाउन पूर्खाले श्रीपञ्चमी महिमा संस्कार रोपेथे । त्यसलाई हामीले अहिले पनि, सार्थक ठानी मानी आएका छौँ । अनि त बर्षेनी श्रीपञ्चमी पर्व सरस्वती माताका आराधना साथ मनाई रहन्छौँ ।

जीवन भन्नु संचेतना केन्द्र हो, पुञ्ज हो । संचेतना वशन्त हो । वशन्तले नव पल्लव पलाउन हर सम्भव अवस्था जुराउँछ । त्यसैले वशन्त भित्र भित्रै एक चेतना तत्व रहेको हुन्छ । तिनै चेतन तत्व हो ; जसले सुस्क अवस्थालाई हरित अवस्थामा पुनर्जीवन प्रदान गर्छ । श्रीपञ्चमीका वशन्ति श्री भन्नु नै जीवनमा वशन्त पुनर्जागरण गर्नु हो । वशन्ति श्रीको गर्भ भन्नु नै जीवन चेतना जगाउनु हो । वशन्ति श्रीपञ्चमी प्रतिवर्ष पुनराबृत्त भइरहनुपर्छ ; भइरहन्छ पनि ।

यति गम्भीर रुपमा गहन चेतन–चिन्तन धार बोक्ने श्रीपञ्चमी पर्व नितान्त सार्थक छ । स = सही सलामत । अर्थक = अर्थ बोक्ने । सही अर्थ + बोधक श्री पञ्चमी पाचँ प्रकारका श्री तत्व, १) पानी, २) हावा, ३) आकाश, ४) तेज, ५) पृथ्वी÷ माटो संयुक्त एक जुट भएर नै चेतन तत्व बन्छ, बनेको छ । यिनै भौतिक पञ्चतत्वका समष्टी बीचबाट उद्भव हुने अभौतिक चिन्तन –चेतन तत्व रहेको छ । अभौतिक चिन्तन तत्व यति सारगर्भित रहेर पनि अदृश्य हुन्छ, अस्प्रिश्य रहन्छ, स्वाद रहित रहन्छ, गन्ध रहित भएर सुघ्न नि सकिन्न । यस्तो गहन महिमा राख्ने चेतन चिन्तन ‘श्री’ गुणवति रहेर पनि आफै आकार रुप स्वरुप धारणा गर्दैन । निराकार रहन्छ । यसको आकार रुप स्वरुप मान्छे मान्छे अनुरुप हुन्छ । जसले जसरी जे देख्छ उस्तै रुप लिइदिन्छ निराकार तत्वले । श्री पञ्चमीको बहार यस्तै बन्छ –वशन्त ।
चेतन– चिन्तन ‘श्री’ श्रीपञ्चमीका वशन्त बहार यस्तै रहेर नव पल्लवित मानव– चिचिला– ( बाल बालिका ) हरुमा शैक्षणिक अवसरका सुवास छर्छ । यही दिन आम हिन्दु समाज सरस्वतीको उपासना आराधना गर्न उद्यत रहन्छन् । श्रीपञ्चमी सरसवती सरस्वतीका चेतन– चिन्तनका मुहुर्त बन्छ त्यसैले । सरसवती सरस्वतीका कलकलाउँदो चिन्तन ध्यान यसरी गरिएका छन् । ध्यान भन्नु अन्तर मनका चिन्तन हो । चिन्तन ध्यानले स्वस्थ कल्पनाका आकृति खिँच्छ । बैज्ञानिक तसवीर यन्त्रलाई हामी क्यामरा भन्ने गछौँ । अन्तर मनका चिन्तन साधनालाई हामीले ध्यान भन्ने गरेका छौँ । मनको चिन्तन क्यामेराले चित्रण गर्ने अमूर्त चिन्तन ध्यान बन्छ, बनेको छ ।
प्रतिकात्मक स्वरुप निर्धारण गर्नु चिन्तन –चेतन योग बनेको छ । कुनै बस्तुलाई प्रतिनिधित्व गर्ने कुनै पनि वस्तु प्रतीकको रुपमा प्रयोग गर्नु सर्जकको सार्थक स्वरुप बन्छ । प्रतीक बस्तुको उही नै रुप होइन । त्यो मात्र मूल वस्तुलाई प्रतिनिधित्व गर्ने अर्को वस्तु हो । सरस्वती ‘श्री’ को प्रतिमा मात्र हो । सरस्वतीका प्रतिमा निर्माण गर्न सोच विचार गरिएका धारणा ध्यानमुद्रा हो । ध्यान, त्यसकारण,, धारणाका अन्तर्य हो । अन्तर्य भन्नु विबेक बल र बुद्धि बिनोद दुवै हुन् । विबेक– बल ब्रम्ह् चेतनाबाट निस्कन्छ । बुद्धि बिनोदले बाँच्ने रहर र इच्छा अभिलाषाका आनन्ददायक अवस्था सिर्जना गर्छ । त्यसकारण, भन्न मनपराउँछु कि बुद्धि– बिनोद सदा सकारात्मक हुनु नितान्त जरुरी हुन्छ, छ पनि । सकारात्मक प्रवृतिले जीवनमा सुखद अवस्था सिर्जना गर्छ । नकारात्मक प्रवृतिले दुःखद भविष्यको अवस्था निम्त्याउँछ । ‘श्री’ का सारभूत तत्व यिनै हुन् । अनि पञ्चमीका पाँचौ अंश आकाश, तेज, जल, वायु र माटो जतिकै पञ्चभूत तत्वका आंशिक संमिश्रणबाट सम्भव भए, बनेका जीवनलाई सार्थक पार्ने साधना दिवस रहेको छ । यो धारणा निष्ठावान नेपालीका चेतन चिन्तनका स्वरुप रहेका छन् । यिनै पृष्ठभूमिका परिवेशमा सरसवति सरस्वतीका प्रतिमा, स्वरुप आकृति, मूर्ति जे भनिए पनि तिनको विश्लेषण गर्नु बांछनीय मात्र होइन सार्थक ठान्दछु ।
सुन्दर ज्ञानमूर्ति रुप ‘श्री’ देखिन्छे । चुम्वकीय आकर्षक हंसिली विद्या रुप रुपसी एश्वर्यकी खानी ! ऐश्वर्य विद्याकी! ज्ञानकी ! सिप साधनाकी ! सकारात्मक मनोवल र प्रवृतिकी ! साधारणतः मानिस भौतिक धनधान्यलाई बैभवशाली पूँजी ठान्छन् । परन्तु, वास्तविक बैभवशाली धनधान्यका श्रोत त सकारात्मक प्रवृति मूलक ज्ञान बुद्धि सहितको शिल्प– साधना…! ज्ञानमूर्ती सरस्वतीका खुल्ला निधार तिनकै प्रतिविम्ब नमानौँ किन …? खुल्ला, फराकिलो निधार उज्वल भविष्यका बिम्वबोधक प्रतीक बन्छ…! हँसिला आकर्षक ओँठ ज्ञान सिप प्रतिकै
परमार्थ ठहर्छ । परमार्थ= परम +अर्थ । परम= नितान्त महिमामय अनि विशाल । अर्थ =कार्यशीलता बोधक जानकारी, ज्ञान…. शिप ! निधारले मन मष्टिस्कलाई प्रतिनिधित्व गर्छ अनि प्रतिविम्वित गर्छ साथसाथै । आकृति, अनुवार, चेहराका सबै इन्द्रीयहरु यस्तै अर्थ राख्छन,् बोकछन् । मात्र तिनलाई विवेचना गरे पुग्छ आफै खुल्न थाल्छ गहिरो अर्थ । ध्रान इन्द्रीय नाकले बासनाकोे माध्यमद्रारा ज्ञान हासिल गर्छ, गराउँछ । सुगन्ध, दुर्गन्ध बोध गर्नु ध्रानेन्द्रीय ÷नाकको करामत बन्छ । नाक पनि त ज्ञानका बोधि इन्द्रीय रहेको छ । कान श्रवण गर्ने ÷सुन्ने इन्द्रीय– श्रवणेन्द्रीय ! जिब्रो रसास्वादनका साथै मनभित्रका अन्तरङ्ग भावना, विचार अभिव्यक्त गर्ने वाणि ब्यञ्जना द्वार हो । सरसवती सरस्वतीका चेहरा ÷ आकृतिसित देखिने भएर अझै देख्नुपर्ने अन्तर रुपका विश्लेषण यस्तै छन् ।
सरस्वतीका अन्तर ध्यान / भित्र लेसिएका रहस्य यतिमै सीमाबद्ध रहन्न । अनेक अर्थ बोधि आयामहरु विश्लेषण योग्य छन् । कपोलकल्पना गरिएका झैँ सरस्वतीका चार हात पाखुरी जडित छन् । यो प्रकृति प्रदत्त यथार्थ भन्दा पर– पर छ । तैपनि तिनमा विम्वात्मक अर्थ बोधक सत्य छ । चार पाखुरी दुइजनाले गर्ने काम एकसाथ एकै जनाले गर्न सक्ने क्षमता दक्षता बोधक अर्थ बोक्छ । सरस्वतीका चारै पाखुरीले चार अलग वस्तु बोकेका छन् । एकले पुस्तक । अर्कोले रुद्राक्षमाला । तेश्रोले विणा । चौथोले कमलको फूल । पुस्तक त ज्ञानका प्रतीकात्मक भण्डार । रुद्राक्षमाला एकाग्र चिन्तन साधना साधन । विणा सुमधुर बाणिका संयन्त्र । कमलको फूल प्रस्फुरण भएका र क्रमीक हुँदै गर्ने बोधि ज्ञानका प्रतीक ! आखिर सरस्वतीका आराधना, उपासना गर्नको प्रयोजन ज्ञान हासिल गर्नु हो । अनि हो ; त्यस्तै एकाग्र चित्तबृत्ति संयोजन र समृद्धि गर्नु । ज्ञानको मुखरण विणाका स्वर संगीत झैँ मन्त्रमुग्ध पार्ने वाणि साधना गर्नु । ज्ञानयुक्त, एकाग्र चित्तवृत्ति र मन्त्रमुग्ध पार्ने सक्षम वाणि भएका व्यक्ति कमलको फूल झैँ पूर्ण विकसित बन्छ । सरस्वतीका चार हात र वस्तुका बोधिज्ञान यिनै हुन् । सांस्कृतिक चेतना जागरणले शैक्षिक चिन्तनलाई क्षितिज जस्तै उधारिदिन्छ, भन्ने रहर जाग्छ ।
श्री पञ्चमी बहु आयामिक पर्व रहेको छ । यो एक आध्यात्मिक चिन्तनका केही प्रशङग मात्र हुन् । सरस्वती र श्रीपञ्चमीका अरु अनेक आयामहरु पनि छन् । ती अनेक पक्षका आयामहरु क्रमिक तवरले विश्लेषण विवेचना गर्दै जानु, लानु उपयुक्त हुनेछ । आध्यात्मिक चिन्तन विवेचना र विश्लेषणाले आफैँ चिन्तन चेतन तत्वलाई आफैले शब्दहरुमा अक्षरहरुका माध्यमबाट व्यक्त गरी आफैलाई अभिमुखीकरण गर्नु ठान्छु । अक्षर शब्द वास्तविक रुपमा क्षय नगर्ने अक्षय शक्ति आत्मसात गर्दा मन्त्रका गर्भ धारक रहेको छ ।

तेजेश्वरबाबु ग्वंगः

:527 Views

Leave a Reply