वागीश्वरीको हीरक जयन्तीमा विद्यार्थीलाई छात्रवृत्ति

भक्तपुर, २३ फागुन । भक्तपुरस्थित वागीश्वरी माध्यमिक विद्यालयको ६० औँ र कलेजको ११ औं वार्षिकोत्सवमा विद्यालयले विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ ।
शिक्षक विद्यार्थी सहयोग कोष, सिद्धिबहादुर, नारायणी, दलित, जेहेन्दार र छात्रा छात्रवृत्तिको शिर्षकमा विद्यालयले छात्रवृत्ति प्रदान गरेको हो । ३८४ जना विद्यार्थीलाई जम्मा नगद रु तीन लाख ६७ हजारको छात्रवृत्ति दिइएको विद्यालयले जानकारी दिएको छ ।
कार्यक्रममा नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेंले विद्यालयका शिक्षकले आफ्ना विद्यार्थीलाई भुगोलका बारेमा पढाउनुपर्ने बताउँदै उनले भने, ‘विद्यालयस्तरका पाठ्यपुस्तकमा भुगोल, नक्साका विषय नसमेटिएको भएता पनि विद्यार्थीलाई यस्ता विषयमा ज्ञान दिदाँ उनीहरु भुगोलमा ज्ञान पाएका विद्यार्थी अन्यभन्दा अगाडि हुन्छन् ।’
त्यस्तै भक्तपुर नगर प्रमुख सुनिल प्रजापतिले वर्षमा ६० हजारभन्दा बढि विद्यार्थी पढ्नका लागि विदेशीएकोमा दुःखी भए । नेपालको शिक्षा प्रमाणपत्रले बजारमा ठाउँ नपाउने सोच जनमानसमा रहेकोले शिक्षामा अझ सुद्धिढ गर्दै लानुपर्नेमा उनले जोड दिएका थिए ।
विद्यालयको हीरक वर्षको अवसरमा प्रत्येक तहबाट उत्कृष्ट शिक्षकको छनोट गरी नगद रु ५ हजारसहित सम्मान गरिएको छ । विद्यालयले प्रावि तहबाट मीना प्रजापति, निमाविबाट कृष्णमान मलेपति, माविबाट ज्ञानसागर प्रजापति, कक्षा ११÷१२ बाट विश्वेश्वर मानन्धर र स्नातकबाट विकल प्रजापतिलाई पुरस्कृत गरेको छ ।
कार्यक्रममा विद्यालयले एस.ई.ई, कक्षा ११, कक्षा १२, ओभरसिएल, स्नातक र स्नातकोत्तरमा उत्कृष्ठ नतिजा ल्याउने विद्यार्थीलाई पुरस्कृत गरिएको छ । कार्यक्रममा विद्यार्थीले विभिन्न साँस्कृतिक प्रस्तुती दिएका थिए ।

:544 Views

Leave a Reply