विङ्समा यसरी आगो निभाइयो (फोटो फिचर)

भक्तपुर । भक्तपुर चुनदेवीस्थित विङ्स मन्टेश्वरीका २४ जना शिक्षिकाहरुलाई आगो नियन्त्रण गर्ने तालिम दिइएको छ । ८ घण्टाको बाल सुरक्षा तथा प्राथमिक उपचार सम्बन्धी वर्कशपपछि आगो नियन्त्रणको डेमो कार्यक्रम गरिएको विद्यालयका प्रिन्सिपल रन्जना भण्डारीले बताइन् । शिक्षिकाहरुलाई आगो नियन्त्रण र स्कुलमा सुरक्षा सम्बन्धी जानकारी दिन उक्त कार्यक्रम गरिएको उनले बताइन् । कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरुको उपस्थितिमा भएको उक्त कार्यक्रमले शिक्षिकाहरुमा खुसी र महत्वपूर्ण चिज सिकेको अनुभव गरेका थिए । कार्यक्रम अरुण सैजुको नेतृत्वमा भएको थियो ।

:459 Views

Leave a Reply