विज्ञान किन पढ्ने ?

dambar

म डम्बरुप्रसाद पोखरेल । मेरो घर सुनसरीको इटहरी हो । म अहिले आदर्श मावि, भद्रवासमा विज्ञान पढाउँछु । मैले बोट्नी विषयमा एमएस्सी, शिक्षा संकायमा इपिएम विषयमा एमएड गरेको छु । म २३ वर्षदेखि शिक्षण पेशामा छु । विज्ञान पढाउन थालेको २० वर्ष बितिसकेको छ । मैले चारपाँच वर्ष प्लस टुका कक्षामा पनि पढाइसकेको छु ।  म अहिले स्कुल तहमा विज्ञान पढाउने शिक्षकहरुको प्रोफेशनल संस्था, साइन्स टिचर एशोसिएसन अफ नेपाल(स्टान) को केन्द्रीय सदस्य पनि हुँ ।

एसईईको रिजल्ट, जुन ग्रेडिङ सिस्टमबाट आएको छ । यो विद्यार्थीहरुले पाएको उपलब्धिको देखिने नतिजा हो । तर यसको पनि केही कुराहरुको विश्लेषण आवश्यक छ । जस्तो, जुन नतिजा आयो, यसले विद्यार्थीको वास्तविक उपलब्धि के कति मापन गरेको छ ? त्यसबारेमा पनि एउटा मूल्यांकन गर्नुपर्ने हुन्छ । यसैलाई आधार मानेर विद्यार्थीहरुको भविष्य, कुन विषयमा कतातिर जाने भन्ने प्रश्नसँग पनि गाँसिएको छ । अब नेपालमा यसैलाई आधार मानिने हुनाले धेरै विद्यार्थीहरु के पढ्ने, कता पढ्ने भनेर अलमलमा परेको देखिन्छ । समग्रमा यतिधेरै वा भनौं पाँचलाख विद्यार्थीको परीक्षा लिएर, त्यसको मूल्यांकन गरेर नतिजा निकाल्नु पनि चुनौतिपूर्ण काम हो ।

पछिल्लो समयमा यसमा केही त्रुटि पनि देखियो भन्ने कुरा पनि आयो । जस्तो कि पहिलोपल्ट विद्यार्थीले जुन ग्रेडसिट प्रिन्ट गरेर निकाले, त्यसपछि पछिल्लोपल्ट निकाल्दा उसको ग्रेड वृद्धि भएर आएको देखियो । यस्तो त्रुटि हुनुहुन्थेन । किनभने एक्युरेसी हुनुपर्छ । अहिले विभिन्न टेक्नोलोजीले गर्दा त्रुटि हुन सक्ने सम्भावना एकदमै कमै रहन्छ । तर जे देखियो, त्यो नराम्रो पक्ष भयो । समग्रमा यो रिजल्ट राम्रै छ ।

यो रिजल्टलाई आधार मानेर म सन्तुष्ट छैन । मुख्य रुपमा अकिकति भारी विषयहरु, विज्ञान, गणित जस्ता विषयहरु जुन छन्, ती विषयहरुमा अलि बढी उपलब्धिहरु आउनुपर्ने हो । अहिलेको रिजल्टमा के छ भने ६ वटा विषयहरु प्रयोगातनमक विषय छन् । ती प्रयोगात्मक विषयको परीक्षा प्रणाली, त्यसको मूल्यांकन प्रणाली राम्रो छैन, त्यसमा हचुवाकै भरमा नम्बर दिइन्छ । त्यो नम्बरले गर्दा उनीहरुको ग्रेड अगासड गएको देखिन्छ । सैद्धान्तिक रुपमा हेर्दा ती विषयहरु ग्रेड तल नै छ । यसलाई सुधार गर्नुपर्छ । सुधार गर्ने विभिन्न निकाय, संघसंस्थाहरु होलान्, तिनीहरुले ध्यान दिनुपर्छ । समग्रमा सन्तुष्ट हुने ठाउँ छैन, यो रिजल्टबाट ।

प्रयोगात्मकमा बढी, सैद्धान्तिकमा बढीको अवस्थाले हाम्रो शिक्षाको उद्देश्य पूरा नुहने स्थिति छ पनि छ । यसका धेरै कारणहरु छन् । जस्तो कि राष्ट्रिय रुपमा शिक्षा नीति जुन विगतदेखि नै चलिआएको छ । त्यो पनि बढी दोषी छ । त्यसपछि आएर हाम्रो परीक्षा प्रणाली पनि जुन छ । हामी सैद्धान्तिकमा जुन परीक्षा लिन्छौं, एउटा प्रश्नपत्र दिएर, अनि प्रयोगात्मकको जुन मूल्यांकन प्रणाली छ, त्यो बिलकुलै त्रुटिपूर्ण छ । शिक्षकले वा विद्यालयको प्रअले वा एकाउण्टेन्टले पनि आफ्नै स्वार्थमा नम्बरहरु हाल्दै आएको देखिन्छ । कुनै परीक्षा प्रणाली हुँदैन । त्यसले प्रयोगात्मकको नम्बर त शिक्षककै भरमा हो । त्यसको कुनै मूल्यांकनै छैन । अब सैद्धान्तिक रुपमा भन्ने हो भने त्यो चाहिँ अब मुख्य रुपमा राष्ट्रिय नीति नै दोषी हो । त्यसमा पनि तल्लो स्तरमा हेर्दा शिक्षक नै धेरै हदसम्म दोषी छ ।

रिजल्ट आइसकेको अवस्था छ, यो अवस्थामा विद्यार्थीहरु संकाय, विषय छनोटमा पनि अलमलमा छन्, एसईई पास गरिसकेपछि पढ्ने जुन शैक्षिक संस्थाहरु छन् । तिनीहरुले पनि अलमल गराइरहेको जस्तो लाग्छ । तिनीहरुले जुन विज्ञापनहरु गर्छन् । त्यो विज्ञापनमा सरकारी अनुगमन छैन । मापदण्ड छैन । आफ्नै तरिकाले विज्ञापन गर्दा कुन विद्यार्थी कता जाने, कुन कलेज राम्रो नराम्रो, आदि इत्यादि छुट्याउन विद्यार्थीलाई गाह्रो परिरहेको छ । त्यस्तै विद्यार्थीले केको आधारमा पढ्ने त ? विज्ञान के को आधारमा पढ्ने, म्यानेज्मेन्ट के को आधारमा पढ्ने ? एजुकेशन, ह्युमनिटिज् केको आधारमा पढ्ने भनेर विद्यार्थी आफैले पनि सेल्फ इभ्यालुएशन गर्न सकेको छैन । त्यसले गर्दा अलमलमा छ । विशेषत ः विद्यार्थीले पढ्दै जाँदा कुन विषयमा बढी रुचि छ, उसको जतिसुकै अंक आओस् वा जुनसुकै ग्रेड आओस्, तर उसलाई भित्री रुपमा कुन विषयमा रुचि छ, त्यो विषय नै पढ्दा उसले भोलि अब्बल शैक्षिक ज्ञान हासिल गर्न सक्छ । तर जबरजस्ती वा भनौं मेरो त ए प्लस आएको छ, मैले त साइन्स नै पढ्नपर्छ भनेर पढ्यो भने उसले पछि राम्रो ज्ञान हासिल गर्न सक्तैन । त्यसले पनि अलमल गराएको छ ।

हामीले कक्षामा विज्ञान पढाउँदा पनि हामी दुई खालका विद्यार्थीलाई आधार मानेर विज्ञान पढाउँछौं । एक खालको विद्यार्थी, जो पछि गएर विज्ञान पढ्ने नै उद्देश्यका हुन्छन्, तिनीहरुलाई बढी फोकस गरेर पढाउँछौं । दोस्रो खालको विद्यार्थी जो हुन्छन्, तिनीहरुलाई विज्ञानको क्रियसनबारे बताउने हो, विज्ञानले यस्तो गर्छ भनेर पढाउने हो, विज्ञानका सिर्जनात्मक कुराहरु प्रष्ट्याइदिने हो । त्यसले गर्दा जो विद्यार्थीहरुलाई आफ्नो भित्री भावनादेखि नै विज्ञानप्रति रुचि जागेको छ र अकिति अब्बल अंक ल्याएको छ भने त्यस्ता विद्यार्थीले मात्र विज्ञान पढ्नुपर्छ । भित्रदेखि उसलाई विज्ञानमा रुचि छैन, तर अंक चाहिँ ल्यायो, घरमा अभिभावकको दबाब छ , त्यो आधारमा मात्र उसले विज्ञान पढ्यो भने त्यो विद्यार्थीले राम्रो विद्यार्थीले राम्रो उपलब्धि हासिल गर्न सक्तैन । अब्बल अंक पनि आएको हुनुपर्यो र भित्रैदेखि म पढ्छु भनेर रोजेको हुनुपर्यो ।

भित्रदेखि विज्ञान पढ्नुपर्छ भन्ने भावनाका विद्यार्थी चाहिँ कम छन् । धेरै नम्बर ल्यायो, विज्ञान पढ्यो । राष्ट्रिय र सामाजिक रुपमा पनि धेरै नम्बर आउनेले विज्ञान पढ्नुपर्छ भन्ने मान्यता छ, त्यसले गर्दा विज्ञान चाहिँ पढ्यो तर भित्री रुपमा उसको विज्ञानप्रति रुचि छैन, विज्ञान पढ्छु भन्ने भावना छैन भने त्यसले पछि दुर्घटना निम्त्याउन सक्छ ।

विद्यालयस्तरको विज्ञान जुन छ, त्यसलाई फेल पास, सजिलो, गाह्रो भन्दा पनि राष्ट्रिय आवश्यकता के छ ? त्यो सोचेर पढ्नुपर्छ । अबका बच्चाहरुले विज्ञान कि पढ्ने ? भन्दा हाम्रो अतिकम विकसित देश भएकोले भोलि हामीले देश विकास गर्नुपर्छ, समृद्धि गर्नुपर्छ । त्यो सबै गर्ने भनेको विज्ञान र प्रविधिले नै हो । त्यस हिसाबले भोलिको भविष्यको लागि बढीभन्दा बढी विज्ञान र प्रविधिमा आधारित जनशक्ति उत्पादन गर्नुपर्छ । अनिमात्र त्यो जनशक्तिको खपत भएर देशको विकास हुन्छ । कम मात्रामा विज्ञान पढे भने भोलि देश विकास गर्नको लागि पनि विदेशबाट जनशक्ति ल्याउनुपर्छ । विदेशबाट ल्याएको जनशक्ति भन्दा स्वदेशी जनशक्तिले नै बढी मात्रामा विकास गर्ने भएकोले धेरै विद्यार्थीले विज्ञान पढ्नुपर्छ भन्ने मेरो धारणा छ ।

विज्ञान र प्रविधिको क्षेत्रमा निक्कै थोरैमात्र बजेट छुट्याएको छ । विज्ञान र प्रविधिको क्षेत्रमा राज्यले बढी लगानी गर्नुपर्छ र स्कुलदेखि युनिभर्सिटीसम्म विज्ञानको जगलाई रा्रो बनाउनुपर्छ । यसको लागि विज्ञानबाट उत्पादन भएका जनशक्ति खपतको लागि ठाउँठाउँमा रिसर्च इन्ष्टिच्यूटहरु खोल्नुपर्छ, विभिन्न अनुसमन्त्रान केन्द्रहरु खोल्नुपर्छ । त्यस्ता अनुसन्धान केन्द्रहरुमा जनशक्ति खपत हुन्छ । त्यस्तै उनीहरुले कुन कुन विषय पढेका छन्, त्यस्ता विषयहरुमा के कस्ता कुराहरुमा राज्यले राजवजारी सिर्जना गर्न स्क्छ राज्यले ? त्यो कुरामा ध्यान दिनुपर्छ ।

अहिले आइसिटीको क्षेत्रमा विश्वको हाराहारीमा विकास भइएरहेको छ । जसले भोलि आइसिटी पढेर राम्रो गरेको छ ,ती मानिसहरु नेपालमै खपत हुने अवस्था पनि छ। यसमा राज्यकै बढी भूमिका हुन्छ । पछिल्लो अवस्थामा प्रयोगात्मक कुराहरुमा प्रगति भएको त पाइन्छ । तर पनि जति मात्रामा प्रयोगात्मक पढाइ हुनुपथ्र्यो । स्कुल लेवलमा त लगभग शून्य अवस्था छ । कलेज, युपनभर्सिटी तहमा पनि जति मात्रामा प्रयोगात्मक कक्षा हुनुपर्ने हो त्यो भएको छैन । किनभने विद्यार्थीले पढेर जुन विश्वविद्यालयबाट उत्पादन हुन्छन्, नि विदेश जान्छन् । त्यो अवस्थामा प्रयोगात्मक शून्य अवस्थामा भएर फेरि शून्यदेखि नै सुरु गर्नुपर्ने अवस्था छ । त्यसले गर्दा अलि बढी मात्रामा विश्वविद्यालयले, कलेजहरुले बढीभन्दा बढी प्रयोगात्मक कक्षा गराएर विद्यार्थीलाई विश्वको हाराहारीमा पुर्याउनुपर्छ । यो पाटो अलि कमजोरै छ ।

विज्ञानले जम्माजम्मी दुईटा कुरा गर्ने हो । एउटा कुरा विज्ञान पढेर विज्ञानमा दक्षता हासिल गरिसकेपछि उसले देशको आवश्यकताका सन्दर्भमा अध्ययन, अनुसन्धान गर्छ, त्यो अध्ययन, अनुसन्धानबाट निस्केका निचोडहरु देशका लागि लाभदायी हुन्छ र उसले राम्रो रोजगारी पनि पाउँछ । दोस्रो कुरा विज्ञान पढेपछि उसको मस्तिस्क सिर्जनात्मक हुन्छ । भोलि विज्ञान पढ्न छोडेर अन्य फिल्डमा पनि उसले सफलता पाउँछ । त्यसकारणले पनि विज्ञान पढ्नुपर्छ ।

कुराकानीमा आधारित

:675 Views

Leave a Reply