विद्याको महत्व बुझाउन कोभिदा किड्समा सरस्वती पूजा

भक्तपुर । भक्तपुरको लोकन्थलीस्थित कोभिदा किड्सले सरस्वती पूजा मनाएको छ ।
विद्यार्थीलाई विद्याको महत्व बुझाउन सरस्वती पूजा गरिएको प्रिन्सिपल सम्झना बस्नेतले बताइन् । सरस्वती पूजाको अवसरमा सरस्वतीको मूर्तिलाई विद्यार्थीहरुले पूजा गरेका थिए भने उनीहरुले विभिन्न अतिरिक्त क्रियाकलाप, नृत्य, संगीतलगायतका प्रस्तृती दिएका थिए ।
बसन्तपञ्चमीको अवसरमा आयोजित अक्षराम्भ कार्यक्रममा प्ले ग्रुप र नर्सरीमा भर्ना छुट गर्दै नयाँ विद्यार्थीलाई भर्ना लिएको स्कुलले जानकारी दियो ।
कार्यक्रममा पूर्वमन्त्री लोकेन्द्र बहादुर चन्द, स्कुल शिक्षकशिक्षिका, विद्यार्थी, अभिभावक र स्कुल नजिकका समुदायको सहभागिता थियो ।

:581 Views

Leave a Reply