विद्याथीले लेखे :सूर्यविनायक नगरपालिकाको शिक्षण पद्धति सोह्रौ शताब्दीको

शिक्षा भन्नाले सीप तथा ज्ञान प्रदान ग्रहण गर्ने निरन्तर प्रक्रिया हो भन्ने बुझिन्छ । गुणस्तरीय शिक्षा चाहिँ त्यही शिक्षण पद्धतिमा आवश्यक परिवर्तन ल्याइ परिमार्जन गरेर शिक्षण पद्धातिलाई प्रभावकारी बनाउनु हो । गुणस्तरीय शिक्षा कुनैपनि देश तथा क्षेत्रका विकासको लागि मात्र नभएर सम्पूर्ण नागरिकको समान हकको पनि कुरा हो । सूर्यविनायक नगरपालिकाको शिक्षण व्यवस्था राम्रो भएतापनि त्यति प्रभावकारी र सन्तोषजनक भने देखिँदैन । त्यसैले शैक्षिक गुणस्तरियताको प्रचार र प्रबद्र्धन गर्नको लागि सरकारको मद्धत लिइ सरोकारवालाहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्छन् ।

गुणस्तरीय शिक्षा हरेक नागरिकको हक र अधिकारको कुरा हो । आफ्नो देशका वा आफ्नो नगरपालिकाका हरेक नागरिकलाई उचित शिक्षा प्रदान गर्न व्यवस्था मिलाउनु हरेक सरोकारवालाको कर्तव्य हो । गुणस्तरीय शिक्षाको पहुँच नगरको कुना कुनामा पु¥याउन सके नगर विकासमा ठूलो टेवा पुग्दछ । नगरका अधिकतम मानिसमा उचित शिक्षा, सीप र ज्ञान प्रदान गर्न सकेमा नगरको विकास हुन्छ भन्ने कुरामा म कहिँपनि दुईमत पाउँदिन । नगरको हरेक क्षेत्र र तहको विकासका लागि मुख्यतः गुणस्तरीय शिक्षा नै आवश्यक छ । गुणस्तरीय शिक्षा हरेक मानिसको पहिचान त हो नै साथै उसका भविष्यको एक बलियो आधार पनि हो । सफल राजनीतिज्ञ नेल्सन मण्डेलाका अनुसार ‘शिक्षा एक त्यो शक्ति हो जसले मानिस संसारलाई परिवर्तन गर्ने छ किनकी शिक्षित मानिसमा त्यो क्षमता पर्याप्त मात्रामा हुन्छ ।’ यदि एक शिक्षित मानिसले संसार नै परिवर्तन गर्न सक्छ भने एक नगर त निकै सानो ठाउँ भयो नि । तुलनात्मक रुमा हेर्ने हो भने सूर्यविनायक नगरपालिकाको क्षेत्रफल र संसारको क्षेत्रफलमा आकाश पातालको भिन्नता देखिन्छ । तसर्थ, यहाँका मानिसलाई गुणस्तरीय शिक्षाका पहुँच गराउन सक्ने हो भने यहाँका मानिसले यस नगरपालिकाको मात्र नभएर काठमाण्डौ उपत्यका र विस्तारै देशकै विकासमा मद्धत पु¥याउनेछन् । सरोकारवालाहरुले आफ्नो भूमिका र कर्तव्य कडाइका साथ निर्वाह गरे भने सूर्यविनायक नगरपालिका देशकै लागि नमूना नगरको रुपमा परिचित हुनेछ ।

नेपालको सन्दर्भमा हेर्दाखेरि यहाँको शैक्षिक पद्धति एवं शैक्षिक गुणस्तर त्यति प्रभावकारी देखिँदैन । ग्रामीण क्षेत्रको त कुरै नगरौं, विकसित भनिएको क्षेत्रहरुमा पनि शिक्षाको गुणस्तर देखिँदैन । सूर्यविनायक नगरपालिका पनि नेपालको विकसित क्षेत्रहरुको सूचिमा त पर्ने गर्छ तर यहाँको शिक्षण पद्धति खासै राम्रो र उदाहरणीय भने छैन । विश्वका कयौं देशहरुल नयाँ नयाँ शिक्षण पद्धतिको विकास गरी अध्ययन अध्यापन गरी शिखरमा पु¥याउन थालिसकेका छन् । अमेरिका, जापान क्यानडा, लगायतका देशहरुको शिक्षण पद्धतिसँग तुलना गर्ने हो भने नेपालको अवस्था त लज्जास्पद छ । ती राष्ट्रहरुको र नेपालको पाठ्यक्रम शैक्षिक गुणस्तर र शिक्षण पद्धतिमा विराट भिन्नता पाइन्छ । एक्काइसौं शताब्दीमा प्रवेश गरिसक्दापनि नेपालमा अझै सोह्रौ शताब्दीको शिक्षण प्रक्रिया लागू भइरहेको छ । सूर्यविनायक नगरपालिका पनि त नेपालकै एक क्षेत्र त हो नि, होइन र ? त्यस नजरबाट हेर्ने हो भने सूर्यविनायक नगरपालिकाको शिक्षण पद्धति पनि सोह्रौ शताब्दीको शिक्षण पद्धतिसँग मेल खान पुग्दछ । कस्तो हास्यास्पद कुरा छ है ? देशकै सबैभन्दा राम्रो भनिएको शैक्षिक संस्था अथवा विद्यालयको शैक्षिक गुणस्तर हेर्दा लज्जास्पद हुन्छ । सूर्यविनायक नगरपालिकाको शैक्षिक गुणस्तरीयताको अवस्थापनि त त्यहि नै त छ नि । विद्यार्थीहरुलाइ शिक्षाको उचित अवसर प्रदान गर्न सकिएको छैन । एक महान व्यक्तिले भन्नुभएको थियो,‘एक विद्यार्थीको भविष्य उसको कक्षाकोठामा लेखिएको हुन्छ ।’ तर कक्षाकोठाको अवस्था नै नाजुक र दयनीय भएपछि विद्यार्थीको भविष्य अन्धकारको सागरतर्फ धकेलिँदैन होला त ? त्यसैले सरोकारवाला निकायहरुले शैक्षिक क्षेत्रमा आफ्नो कर्तव्य उचित रुपमा पूरा गरी शिक्षण गुणस्तर पद्धतिका लागि पहल गर्नुपर्दछ ।

एक नगरपालिकाको अवस्था यस्तो नाजुक कसरी हुन सक्दछ त ? या त यस अवस्थाको जिम्मेवार राष्ट्रिय सरकार हुन्छ या स्थानीय सरकार नै । तर हाम्रो देशको सन्दर्भमा कुरा गरिरहँदा मेरो विचारमा त राष्ट्रिय, प्रान्तिय र स्थानीय सबै सरकार र हरेक क्षेत्रका सरोकारवाला निकायहरु जिम्मेवार छन् । पाहिलो कारण त राजनीतिक अस्थायीकरणले गर्दा नेपालको शैक्षिक गुणस्तरमा बृद्धि अथवा सुधार आउन नसकेको हो । सरकारको परिवर्तनसँगै पाठ्यक्रमको परिवर्तन निम्तिन्छ, हाम्रो देशमा । एउटा सरकार अर्को सरकारसँग विश्वस्त छैन । जहिले अविश्वास र सधैंको झैझगडाले गर्दा शिक्षाको गुणस्तरमा ठूलो प्रभाव परेको छ । दोश्रोमा देशमा तालिम प्राप्त व्यक्तिहरुको कमी छ । आधारभूत तथा माध्यमिक तहमा शिक्षा प्रदान गरिरहेका शिक्षकरुलाई प्रयोगात्मक शिक्षाको कमी छ । यसले गर्दा विद्यार्थीहरुले समस्या र जटिलता भोगिरहनु परेको छ ।

सरोकारवाला निकायहरुको उचित पहल र समझदारी नहुँदा पनि देशमा दिगो परिकल्पनाका कमी देखिन्छ । कुनैपनि कदम चाल्दा त्यसको नतिजाको बारेमा उचित अध्ययन गरिएको हुँदैन र यसकै कारण पनि पछुताउनुपर्ने बाध्यता रहेको छ । पाठ्यक्रम र शैक्षिक पद्धतिमा समय–समयमा परिवर्तन आउँदा शैक्षिक गुणस्तरमा आउने समस्याहरुको परिकल्पना गर्न सकिएको छैन । नेपालमा शैक्षिक पद्धतिमा छोटो छोटो समयमा परिवर्तन ल्याइएको पाइन्छ । हालैका दस्तावेज हेर्ने हो भने २०७५ जेठ २० गते मात्र पाठ्यक्रममा परिवर्तन ल्याइएको थियो । पछिल्लो समयमा जेठ २० गते परिवर्तन त ल्याइएको थियो तर त्यो पद्धति त्यति प्रभावकारी नभएकोले फेरि परिवर्तन ल्याउने सोचमा रहेका छन् । या अस्थायीकरणका कारणले पनि सूर्यविनायक नगरपालिकाको शैक्षिण गुणस्तरमा कमी आएको छ । यसका लागि यहाँका सरोकारवालाहरु पनि जिम्मेवार छन् र उनीहरुले पनि दिगो पाठ्यक्रम विकास लागि कदम चाल्न सक्दछन् ।

सरोकारवालाहरु भनेका नगरको विकासमा उचित सहयोग पु¥याउने माध्यमहरु हुन् । ती निकायहरुले आफ्नो कर्तव्य राम्रोसँग निर्वाह गरे भने नगरको शैक्षिक गुणस्तरमा सुधार आउने सम्भावना धेरै देखिन्छ । सरोकारवाला निकायहरुले शिक्षाको गुणस्तर बृद्धिका लागि पहिले यहाँको शिक्षण पद्धतिको उचित अनुसन्धान गर्नुपर्दछ । गहिरो अध्ययन र अनुसन्धान पश्चात शैक्षिण गुणस्तरमा देखा परेका कमीकमजोरीको सूची बनाइ त्यसको सुधारका लागि गरिनु पर्ने कार्यहरुको योजना बनाउनुपर्दछ । कुनैपनि विकास तथा सुधारको काम गर्न सहज त पक्कै हुँदैन । त्यसैले सरोकारवालाहरुले धैर्य धारण गरी कदम चाल्नुपर्दछ ताकि, त्यस कदमका कारण पछि पछुताउन नपरोस् । सरोकारवालाहरुसँग पर्याप्त श्रोत र साधनहरु हुन्छन् । त्यसैले शैक्षिक गुणस्तर बृद्धिका लागि कदम चाल्दा त्यति कठिनाइ देखिँदैन । अध्ययन र परिमार्जन गरिसकेपछि शिक्षण विधिमा परिवर्तन ल्याउन सकिन्छ । भूतकालमा नेपालमा भएका कयौं षडयन्त्र र घटेका घटनाहरुका कारण नेपाली नागरिकहरुमा शिक्षाप्रति त्यति आकर्षित देखिँदैन । चेतनाको कमीका कारण यहाँ नयाँ शिक्षण पद्धति पनि लागू गर्न सकिएको छैन । जसको कारण यहाँ बुझेर भन्दा पनि घोकेर पढ्ने र पढाउने विधि कायम । सरोकारवालाहरुले यस पद्धतिलाई परिमार्जन गरी यसको अन्त्य गर्नुपर्छ ।
सूर्यविनायक नगरपालिकामा प्रयोगात्मक शिक्षाको पनि कमी छ । विद्यालय र अरु शैक्षिक संस्थाहरुलाई सरोकारवाला निकायहरुले सैद्धान्तिक शिक्षाका साथसाथै प्रयोगात्मक र व्यवहारिक शिक्षा पनि प्रदान गर्न गराउन अनिवार्य गरिदिनु पर्दछ । यसका लागि उचित शिक्षकको व्यवस्था पनि सरोकारवाला निकायहरुले गर्न सक्दछन् । नगरपालिकामा समय समयमा तालिम प्राप्त व्यक्तिलाई ल्याएर हरेक शिक्षकलाई तालिम प्रदान गर्नुपर्दछ । सैद्धान्तिक र प्रयोगात्मक शिक्षालाई आपसमा मिलाएर उचित ढंगले शिक्षा प्रदान गर्न सक्ने खालको व्यक्तिलाई नियुक्त गरी शिक्षकहरुलाई तालिम दिनुपर्दछ ।

एक प्रख्यात शिक्षाविद्का अनुसार ‘शिक्षा एक शिक्षकको बुझाइ र बुझाउने तरिकामा भर पर्दछ ।’ तसर्थ, सरोकारवाला निकायहरुले शैक्षिक संस्थाहरुलाई काविल र सक्षम शिक्षकहरु मात्र नियुक्त गर्न अनिवार्य गर्नुपर्दछ । राष्ट्रिय तथा प्रान्तीय सरकारको मद्दतले नगरमा शिक्षाको उचित व्यवस्थापन गर्नुपर्दछ । शिक्षाको व्यवस्थापन भन्नाले शैक्षिक संस्थाहरुको स्थापना मात्र भन्ने बुझिँदैन । हामीलाई थाहै छ कि, सूर्यविनायक नगरपालिकामा शैक्षिक संस्थाहरुको कुनै कमी छैन । तसर्थ सरोकारवाला निकायहरुले स्थापित संस्थाहरुको क्षमता बृद्धितर्फ पहल चाल्नुपर्दछ । शिक्षाको गुणस्तरीयतामा सुधार ल्याउन सरोकारवालाहरुले शैक्षिक अनुसन्धानकर्ताहरुको मद्धत लिएर राष्ट्रिय संस्थाहरुलाई लामो समयदेखि प्रश्रय पाइरहेका खराब शिक्षण पद्धतिहरुको परिमार्जन गर्न प्रस्तावित गर्न सक्दछन् । ती पद्धतिहरुको उचित प्रबद्र्धन र सम्बद्र्धन गरी विकसित देशहरुको जस्तो शिक्षण पद्धति नेपालमा हुँदै सूर्यविनायक नगरपालिकामा पनि भित्र्र्याउनु पर्छ । प्रयोगात्मक तथा प्राविधिक शिक्षालाई जोड दिनुपर्दछ । आधारभूत तथा माध्यमिक शिक्षण पद्धतिमा अतिरिक्त क्रियाकलापहरुको पनि व्यवस्था गरिदिनुपर्दछ ।

विद्यार्थीलाई पाठ्यक्रमको मात्र नभएर बाहिरी दुनियाँको पनि ज्ञान दिन र अतिरिक्त क्रियाकलापहरु जस्तै वक्तृत्वकला, बादबिवाद र खेलकूदको पनि उचित व्यवस्थापन गर्न सरोकारवाला निकायहरुले शैक्षिक संस्थालाई जोड दिनुपर्छ । नगरपालिकाको हरेक ठाउँ र क्षेत्रका जनतालाई उचित शिक्षा प्रदान गर्न र शिक्षा जस्तो अधिकारबाट कोही पनि बन्चित नहोस् भन्ने कुरामा विश्वस्त हुन सरोकारवालाहरुले महत्वपूर्ण भूमिका निर्वाह गरेका हुन्छन् । नगर शिक्षा विकास समिति जस्ता निकायहरुले सरकारसँग छलफल गरी निजी, सरकारी, औपचारिक, सामूहिक जस्ता सबै शिक्षण संस्थाहरुको शैक्षिक गुणस्तर बृद्धिका लागि पहल गर्नुपर्दछ ।

अतः सूर्यविनायक नगरपालिकामा रहेका हरेक सरोकारवाला निकायहरुले नगर विकासका लागि शिक्षाका गुणस्तरमा बृद्धि गर्न पहल गर्नुपर्दछ । गुणस्तरीय शिक्षालाई आधार मान्दै नगर विकासको थालनी गर्नुपर्दछ । गुणस्तरीय शिक्षा प्रदान गर्न खोज्दा देखिने हरेक बाधा र अप्ठ्यारो परिस्थितिलाई पन्छाउँदै अघि बढ्नुपर्दछ र सूर्यविनायक नगरपालिकालाई गुणस्तरीय शिक्षा प्रदान गर्ने एक नमूना नगरको रुपमा प्रस्तुत गर्नुपर्दछ र यी सबै कार्यहरु सम्पादन गर्न सरोकारवाला निकायहरुले महत्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छन् ।

एरिका निरौला, शंखधर मेमोरियल स्कूल, कक्षा १० , ‘सूर्यविनायक नगरपालिकाले आयोजना गरेको निबन्ध प्रतियोगितामा प्रथम निबन्ध ।

:2458 Views

Leave a Reply