विद्यार्थीका लागि विनायक स्कुलमा योग शिविर सुरु

भक्तपुर, जेठ २२ । मध्यपुरथिमीस्थित विनायक शिक्षा निकेतन सेकेन्डरी स्कुलले हिजोदेखि कक्षा १० मा अध्ययनरत छात्रछात्राहरुलाई नव जिवन विज्ञान योग शिविर शुभारम्भ गरेको छ ।

योग शिविरको शुभारम्भ गर्दै योग प्रशिक्षक द्घय ज्योति संगुन र विद्यालयका प्रिन्सिपल सुरेन्द्र विक्रम प्रजापतिले यस प्रकारको योग शिविरले विद्यार्थीहरुमा सकरात्मक सोचको विकास हुनुका साथै पढाईका लागि समेत सहयोगी हुने बताए । शिविरमा ५० जना भन्दा बढी छात्रछात्राहरु सहभागी भएका छन् ।

:454 Views

Leave a Reply