विद्यार्थीको सम्झनामा दिब्य ज्योतीमा रक्तदान कार्यक्रम

भक्तपुर । लोकन्थलीस्थित दिब्य दीप ज्योती इंग्लिस स्कुलले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।  ७५ जना सहभगिता रहेको उक्त कार्यक्रममा ४६ जनाले रक्तदान गरेका थिए । स्वर्गीय विद्यार्थीहरु सुप्रिया कार्की, मनिषा पौडेल र सन्जु बरुवालको सम्झनामा रक्तदान कार्यक्रम आयोजना गरिएको विद्यालयका प्रिन्सिपल सिमान्त सुवेदीले बताए ।

कार्यक्रमलाई एसएलसी २०७१ ब्याचका विद्यार्थीहरुले सहयोग गरेका थिए । स्व. सन्जु बरुवाल र स्व. मनिषा पौडेल २०७१ एसएलसी ब्याचका विद्यार्थी थिए भने स्व. सुप्रिम कार्की कक्षा १० का विद्यार्थी थिए ।

 

:317 Views

Leave a Reply