विद्यार्थीलाई कविता प्रशिक्षण

भक्तपुर । भक्तपुरको रोम्बस सेकेण्डरी स्कुलका विद्यार्थीलाई कविता प्रशिक्षण दिइएको छ ।

विद्यालयको आयोजनामा भएको कविता प्रशिक्षणमा कक्षा ७ का विद्यार्थीलाई सहभागिता गराइएको थियो । प्रशिक्षणमा सञ्चारकर्मी हरिसुन्दर छुकांले कविताबारृे प्रशिक्षण दिएका थिए ।

विद्यार्थीलाई सिर्जनशील बनाउन र विद्यार्थीमा अन्तरनिहित प्रतिभालाई प्रस्फुटन गराउन सहयोग पुर्याउने उद्देश्यका साथ सो प्रशिक्षण राखिएको विद्यालयका प्रिन्सिपल राजेन्द्र कोजूले बताए ।

:655 Views

Leave a Reply